खै कुन्नी यो कस्तो पराई सहर हो ?
मन खोली ज्यून ‘नि रहर भो
कष्टले खाएँ नि जागिर ए हजुर
मलाई त जागिर ‘नि जहर भो
कसरी ठडिन्छन सुनका महल यी ?
आफुलाई त ज्यून नि कहर भो
मान्छेले मान्छेको व्यापार गरेकी ?
ईमान-जमानले बसाई सरेकी ?
'आफु' लाई लुकाउने नक्कली सहर भो
मन खोली ज्यून ‘नि रहर भो
ब्युझिन्छ राति अन्धेर नगरी
खेल हुन्छ रात मै बुझुं म कसरी
दाई-भाई नचिन्ने बेइमान सहर भो
मन खोली ज्युन ‘नि रहर भो
आत्तिएका चेहरा रुप रंग छैन
मनमा एक रत्ति छैन नि चैन
आशैमा दौडने यो कस्तो सहर भो
मन खोली ज्युन ‘नि रहर भो
रहरै रहरमा कपाल फुले'सी
ढिलो भएर आँखा खुले'सी
एउटा जीवन 'नि बेथिति सहर भो
मन खोली ज्युन नि रहरै रहर भो
खै कुन्नी यो कस्तो पराई सहर हो
मन खोली ज्यून ‘नि रहर भो
अमेरिका