18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी January 11, 2012, 3:59 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

उता फूलको यता कसैको सुगन्ध छ

जहाँ सम्म देखिन्छ त्यहाँ रंग नै रंग छ

मुहारमा उमंग छ मनमा तरङ्ग छ

बसरे आँखा भरि कोही मेरो सँग छ

पल पल हर पल रुपमा निखार छ

हरदम हेरौ झै लाग्ने रुप त्यो अपार छ

वशन्त बहार छ सृष्टिको सार छ

मुहारमा उसको कोटी सूर्यको प्रकाश छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।