किनारामा थिँए म, तिमीलेनै घाट तारी दियौ,
घाट तरि कहाँ जाने दोधारमा पारी दियौ ।
हिँडिरहने यात्री म, सँगै उड्ने चरी पा¥यौ,
उडाएर आकाश पु¥याई बिचबाट झारी दियौ ।
मनको घाउ दुखि रहयो, साथ दिने कोहि भएन,
तिमी आयौ–दुख्यो भने, नहेरेरै टारि दियौ ।
ओत खोज्थ्यो मनले कतै, भरी पर्दा लुक्न पाउँ,
दिलको ढोका खुल्दै देख्थेँ, काँडा हाली बारि दियौ ।
मर्दा पनि माया हाम्रो, मुना–मदन पारौं भन्थँे,
माया आखिर कहाँ दियौ, बरु जिउँदै मारि दियौ ।
झापा