हजार चोटी आँखा जुध्यो भेउ पाईन
इशाराले डाक्दा पनि छेउ आईन
नक्कल झक्कल पार्ने मोरी साह्रै हँसीली
जति हेरुँ उति राम्री कस्ती रसीली
हजार चोटी आँखा जुध्यो भेउ पाईन
कति चोटी धाई सकेँ छेउ आईन
फक्रीएका ति ओठ प्रकाश छर्ने दाँत
जति पल्ट सम्झे पनि मर्दैन आँत
हजार चोटी आँखा जुध्यो भेउ पाईन
मन भित्र धोकै रह्यो छेउ आईन
लस् एन्जेलस्