अरुलाई धोका दिने तिम्रो आफ्नैे रहर राम्रो
मेरा लागि भन्छ्यौ भने दन्त्य कथाको सहर राम्रो
मान्छे पनि थरी थरी आफ्नो आफ्नो स्वार्थ हेर्ने
बाँझो खेतझैँ मेरो मनलाई खोलाको नहर राम्रो
धनले मात्र किन्न सक्ने तिम्रो माया कस्तो कस्तो
तिमीसँग रम्नुभन्दा मेरा लागि कहर राम्रो
एकपछि अर्को गर्दै फसाउँने तिम्रो रै’छ बानी
नौनी जस्तो यो मनलाई खोलीको लहर राम्रो
तिम्रो प्राणघाती मुस्कानले छुन्छ कहीँ दिलमा ?
तिमीसँग नाता जोड्नुभन्दा मेरालागि जहर राम्रो
बुधबारे झापा, हाल तनहँु