16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नन्दलाल आचार्य January 29, 2012, 5:03 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

बगिरहने खोला भइछ्यौ सानु

सामुमा भने भोला भइछ्यौ सानु ।

गर्नै के सक्छु तिम्रो इच्छाका अघि

हार मान्नुपर्ने लोला भइछ्यौ सानु ।

निहु¥याउँछ्यौ कति जित्यौ भनेँ त

अचम्भ सुनकै तोला भइछ्यौ सानु ।

साइनो न हो मान्यौ म पनि मान्छु

पिरलो पार्ने सोला भइछ्यौ सानु ।

आँखाको धूलो हुनु उत्तम छैन

माथि अड्केको झोला भइछ्यौ सानु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।