सुमित्रा पौडेल (वास्तोला) इजरायल हुनुहुन्छकी भरतपुर नगर पालिका–५ चितवन नेपाल , त्यो मलाई थाहा भएन तर उहाँको ममताको आँचल गीति कवितासङ्ग्रह भने मैले पढीरहेको छु। यो किताप मौका भनौ या संयोग भनौं म कताकता साहित्यकार पुस्प अधिकारी 'अञ्जलि'को घरमा पुगेको थियो। उहाँले सरलाई यो किताप उपहारस्वरूप भन्दै यो कृतिका प्रकाशक रामजीप्रसाद पौडेल ज्यूबाटप्राप्त भएको पनि विदित गाराउन चाहान्छु। यस कितापको बाहिरी आवरणको पछिल्लो पन्नालाई अध्ययन गर्दा उहाँ स्वास्थ सेवा, समाज सेवा, प्रशिक्षण, महिला तथा मानवअधिकार, महिला उद्यमीविकास र महिला सहकारी अभियानको कार्यकारिणी आदिमा अनुभवी भएको जानकारी हुन्छ। विश्वशान्ति महिला संघ र साहित्य संञ्जाल नेपालको आजीवन सदस्य र आनेसास इजरायल च्याप्टरको कार्यकारी सदस्य पनि हुनुहुन्छ। वैदेशिक भूमिमा रहेर पनि उहाँले साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरेर पुर्यािएको योगदानलाई धन्यवाद दिनै पर्दछ।
कृति प्रकाशन
हालसम्म उनका कृतिहरू अध्यात्मिक ,िचन्तनका प्रथम पाइला (छन्दोबद्ध कविता २०६२), इजरायली भूमिमा नेपाली कलमहरू (संयुक्तसङ्ग्रह, २०६८) र ममताको आँचल (गीति कवितासङ्ग्रह, २०६८) बजारमा आइसकेका छन् भने विभिन्न विधामा उहाँका कलमले बिश्राम पाएको छैन।
पुरस्कार तथा सम्मान
उहाँ उत्कृष्ट महिला उद्यमी पुरस्कार २०५८बाट सम्मानित भैसक्नु भएको छ।सुन्दछु धेरै पुरस्कार प्राप्त गर्नु भएको अरे तर आधिकारिकरूपमा जानकारी प्राप्त गर्न सकेको छैन , त्यसो हुँदा यहाँ प्रस्तुत गर्न पनि सकिन।
कृतिको संरचना
'ममताको आँचल'को निमार्ण ममता र आँचल दुई शब्दको संयोजनबाट भएको छ। नेपाली बृहत शब्दकोशमा ममता भन्ने शब्दको अर्थ खोज्यो भने मम मेरो भन्ने भाव, विशेषता वा समझ, स्नेह, अनुराग, माया, मनमा हुने कुनै प्रकारको मोह वा लोभ, म ठूलो हूँ भन्ने अभिमान, घमNड भन्ने अर्थ्याएको पाइन्छ, यसरी नै आँचलको अर्थ सारी, दोपट्टा, छेउको भाग, सप्को, पछयौरा, विवाहमा लग्ने गाँठो पार्ने कपडा भनेर लेखेको पाइन्छ। साधारणतय आँफूआफूले बुझ्ने क्रममा कवियित्रीले जुनभावमा कविताको नामाकरण गरे पनि मेरो बुझाईमा र कविताको अध्यन गर्दा कविताले पोखेका भावलाई केलाउँदा उनले रचेका कविताले देशप्रतिको माया ममताले विशाल क्षेत्र ओगटेको छ त्यसो हुँदा मैले यसको अर्थ मायाको सप्को या मायाको लग्ने गाँठो भन्ने लगाएँ। यस कविता सङ्ग्रहमा ४५वटा गीतिकविता समायोजन गरिएका छन्। प्रकाशक रामजीप्रसाद पौडेल हुनुहुन्छ। किताप वि.सं. २०६८ कार्र्तिक १ गतेमा प्रकाशन भएको र मूल्य दक्षिण पूर्ब एसियामा ने.रु.१२५/– युएस् डलर १५, सेकेल २५ राखिएको छ। समर्पण पनि गद्यकविताबाटै रचिएको छ। कवियित्रीले 'स्मृतिमा' शीर्षक दिएर विद्वान आचार्य गुरुवर स्वामी श्री जगन्नाथ शर्मा कँडेल र हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश श्री १०८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको स्मरण गर्नु भएको छ र “अध्यात्मिक चिन्तनको प्रथम पाइला” मा जगन्नाथद्वारा लिखित दुई पंक्ति पनि यसमा समावेश गर्नु भएको छ –
सुमत्रिा झै सुमित्रा हुन,सुमित्रा पुत्र ल73मण!
बनुन् गर्दछु यो भक्ति श्रीरामा प्रभुमा मन!!
प्रकाशकीयमा रामजीप्रसाद पौडेल लेख्नु हुन्छ –'उनीले भन्ने गर्थिन संघर्ष नै जिउनको सार्थकता र सफलता हो।' हुन पनि मैले अध्ययन गर्दा उनका कवितामा संघर्ष शब्द व्यापकरूपमा प्रयोग गरेको पाइन्छ जस्तै–
असल गर्दा परेनी विध्न लडेर मर्ने छु
संघर्षित जीवन उत्रेको भाव यात्राले भर्ने छु
(पृष्ठ ८८ ,जीवनको यात्रा)
दुख र सुख अमूल्य पथ जीवन ज्योति हो
संघर्ष गरी खुसीले बाँच्नु त्यही नै जाती हो
(पृष्ठ ३९, समर्पण)
ममताको आँचल नियाल्दा शीर्षक दिएर डा. बमबहादुर थापा जितालीले राम्रो विवेचना सहितको भूमिका लेख्नु भएको छ उहाँले लेख्नु भएको भूमिकाको उपशीर्षक परिचयका केही शब्द हेर्यौंय–“कवियित्री सुमित्रा पौडेलको वास्तविक परिचय लोकछान्दिक, शिल्पसाधना, समसामयिक भावधार, स्वच्छन्दवादी भाववाहमा विदेशिन बाध्य नारीको मनोदशा झल्किएको पाइन्छ भने यही ममताको आँचल भित्र उनको सासामयिक काव्य चेतना मूल्य र मान्यताका विशेषता पाइन्छन्।”ममताकी खानी सुमित्रा शीर्षक दिएर अनेसास च्याप्टरका अध्यक्ष कथाकार साहित्यकार कृष्णपक्ष थापालेख्नु हुन्छ –
'बादल उठी आकाश ढाक्यो मेघ पनि गर्जियो।
थिएन ओत ढाकियो देश असिना बर्षियो ।।
सुन्दर अभिव्यक्ति सहित प्रेम, सौन्दर्य, मातृत्व वियोग, विवशता, राष्ट्रप्रेम विद्रोह जस्ता सबै खाले विषयहरू समेटिएका छन्।' हरि मानन्धर विवश सचिव अनेशानn] लेख्नु हुन्छ –'हजार सलाम छ एउटी नेपाली नारी जो इजरायलमा बसेर परिवारको लालनपोषणसँगै नेपाली साहित्यलाई उजागर गर्नु भएको छ।' 'शुभ कामनाको' शीर्षकमा साहित्यकार दिप्स शाहले लेख्नु हुन्छ–'विशेष दिदीको लेखाईमा सार भनेको आध्यात्मिक चिन्तन र देश प्रेम नै भेटेको छु मैले।' 'मेरो अन्दाजको सार्थकता' शीर्षक दिएर इराकबाट देवबहादुर थापा लेख्नु हुन्छ –'परदेशी जीवनमा व्यस्तताको वावजुद पनि एक्लोपनमा अधैर्य मनबाट उब्जिएका अनगिन्ती भावना र अनुभूतिहरूको सँगालो हो ममताको आँचल।' 'संघर्षको अर्को नाम सुमित्रा' शीर्षक दिएर यु. एन. मिसन, लिवियाबाट केशव बाँसतोला लेख्नु हुन्छ – 'उनको यो दोस्रो कृतिको रूपमा रहेको ममताको आँचल उनको साहित्यप्रतिको अनुराग र निरन्तर लगावको एउटा प्रकाश हो। 'ममतामयीको ममतामा रमाउँदा' शीर्षक दिएर भगवती वस्नेतले लेख्नु हुन्छ –'आमा मानव जीवनकी स्रष्टा हुन्, आमा धर्ती हुन्, जसले निजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्, दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन्। यिनै गहनाले सुसज्जित सुमित्रा दिदी.......एक सकृय लेखिका हुनुहुन्छ।'
आफ्नै मनको कुनाबाट शीर्षक दिएर स्वयम् कवियित्री लेख्नु हुन्छ –'जीवनलाई अहिलेसम्म हेर्न नसकेको कोणबाट मज्जाले हेर्दै छु यतिखेर।' सुमित्राजीले मुनामदनबाट प्रभावित भएर साहित्यिक पथमा लम्केको भावना प्रकट गर्नु हुन्छ र साहित्य अनुरागी भने सानैबाट भएको अनुभूति हुन्छ उनमा । यसकृतिमा ३८पृष्ठको स्थान भूमिका शुभकामना र आफ्नै मनको कुराबाट भरिएका छन्। गहन अध्ययनमा जाँदा उनको बारेमा लेखिएका बाक्यहरूलाई विश्लेषण गर्योट भने पनि एउटा किताप नै तयार हुन सक्छ।
कवितासङ्ग्रहको विवेचना
माथी भनि सकिएको छ कि यस सङ्ग्रहमा ४६वटा कविताहरू समायोजन गरिएका छन्। कविता एकसे एक भावना संवेदना र राष्ट्रिय चिन्तले भरिएका छन्। यी सबैको प्रस्तृत चित्रण कविताहरू लोकलयमा रचिएका छन्। गीति कविता भएकोले सबै गाउन सकिने छन्। कविता विविधताले भरिएका छन्। सबै कविताका शीर्षकहरू अभिधात्मक, विचारको संकेत उद्घाटक र परिसूचक, कवितामा राष्ट्रप्रतिको दृष्टिकोण प्रवल, विदेशको पीडाले छटपटी, देशप्रतिको मायाप्रेम, छोराछोरी र परिवारतिरको चिन्ता, देशले भोग्न परेको द्वन्द्व,आदि विषयलाई समेटेर, विविध भावनाहरूलाई सलल बग्नेगरी रचिएका छन् कविताहरू। साहित्यमा प्राकृतिक छटाको बर्णन पनि कम छैन जस्तै–
एकान्त वनमा फुलेर फूल सिंगार्छु समाज
पोषिलो बन्यो खसेको आँसु काँडाको यो माझ
पृष्ठ ४२
हुनत इजरायल एकान्त वन हैन, विकसित देश हो तर कवियित्रीको मनमा परदेशमा बसेर,तथा फुलेर पनि नेपालको समाजलाई सिङ्गारने धारणा राख्नुहुन्छ। मातृत्वको सम्झनाले पोखेका अभिव्यक्तिले उनको कृतिको उच्चाइ राम्रैसँग उठाएको छ। विदेशी भूमिमा बसेर भोग्न परेका पीडालाई केलाउँदा अति मार्मिकरूपमा हामीले मनन गर्न सक्छौ। विदेशीनु वाध्यता हो, विवशिता हो, घर फर्कर्ने असीम धारणा छ तर केगर्नु गरिबीको भेल यति भयानक छ त्यो भेल तर्न सकिदैन, यदि तर्न सफल भए पनि गास बास कपासको कुनै आधार छैन b]zdf । जसको कारणले भित्र बलेको आगाको ज्वालालाई वन डढेको सबैले देख्छन् भने मन डढेको कसैले देख्दैनन् भन्ने उखानलाई चरितार्थ पारेको छ। मनको वह कतै न कह भने जस्तै यहाँ पोखिएका शब्द यति मार्मिक छन् त्यसलाई कमलो मनवाला व्यक्तिले पोख्न सक्दैन कवियित्रीका मार्मिक अभिव्याक्तिलाई कवियित्रीले यसरी पोखेकी छन् –
फर्कन्थे घर बढ्दै छ भेल कसरी तरु म
आधार छैन गास र बासको के वयान गरुँ म
बल्दैछ भित्र आगाको ज्वाला देखाउँ कसरी
छैटौं र दिन यै लेख्यो भाग्य मेटाउँ कसरी
पृष्ठ ४४
माथीका पंक्तिहरूलाई केलाउँदा कवियित्री कर्मवादीमात्र नभएर भाग्यवादी पनि देखिएकी छन् तर भाग्य छ भनेर डोकामा दूध दुहेर कहाँ अडिन्छ र। कर्मगर्दामात्र भाग्यले साथदिन्छ। आमा र छोरी बीचको सँवादमा कवियित्रीले मार्मिक व्यथालाई समायोजन गर्नु भएको छ। उहाँका प्रस्तुति आत्मपरक शैलीमा प्रस्तुत भएको पाइन्छ। छोरीको विलापलाई आत्मसाथ गर्दै आमा विदेशीन बाध्य भएको छोराछोरी को भविष्य सुधार्न नै भन्ने कवियित्रीको धारणा यसरी प्रस्तुत भएको छ –
हे प्यारी छोरी नभन त्यसो निष्ठुरी छैन मन
भविष्य तिम्रै सोचेर आएँ सुखलाई हैन धन
विषयबस्तु तथा भाव विधान : –
बास्तवमा कुनै कुरा सुन्नमा आयो भने जानकारी हुन्छ। त्यो बस्तुलाई देख्न पाइयो भने विश्वास गरिन्छ र प्रयोगमा ल्याइयो भने व्यवहारमा उतार्न सकिन्छ। सुमित्राजीका कवितालाई मनन् चिन्तन् गर्दा व्यवहारिक छन् भोग्य छन् समाजपरक छन्। उनका कवितामा प्रबृतिलाई समाएर, प्रकृतिमा सजाएर, संस्कृतिलाई भावनामा बगाएर, राष्ट्र, राष्ट्रियभावनालाई फुराएर, राष्ट्रिय अखणडतालाई ध्यान दिएर, मानव स्वाधिनतालाई सुदृढ पार्ने धारणा राखेर बर्तमान आर्थिक, राजनीतिक र सामाजिक यथार्थतालाई केलाएर विकृति विसङ्गति, अन्याय अत्याचार दुराचार, भ्रष्टचार र द्वन्द्वलाई समेटेर आफ्नो आवाज बुलन्द पारिएका छन्।
कवियित्रीको राष्ट्रवादी चिन्तनका केही उदाहरण हरूः–
विश्वको सामु त्यो सगरमाथा हसाउँ विहानै
बुद्धको देश एकादेश कतै नबनोस् विरानै
लाग्दैन विरानो, पृष्ठ १०३
पुर्खाकोे त्योे इतिहास जोेगाउनुपर्छ
संसारको सामु त्यसले हाम्रो गौरव बढ्छ
मेरो देश, पृष्ठ १११
मुटुमा छ नि देशकोे माया कहिल्यै मर्दैन
प्यारा मारेर मर्दैन
श्रीमती, मायाले भन्छिन् पृष्ठ १२६,
कवियित्रीको प्रेमप्रणयका चिन्तनका केही उदाहरण : –
श्रृङ्गाररसेकोे महत्व गहन हुन्छ। श्रृङ्गार विनाकोर् साहित्य खल्लो लाग्दछ। सुमित्राजीको कवितामा पनि प्रेमप्रणयका कुृराहरू पाइन्छन् तर उच्छृङ्खल नभएर सुललित, मर्यादित खाले पाइन्छन् जस्तै
सुन्दर लाग्छ सृष्टिको लाली जगत सुहाउने
नारी र पुरुष भमरा फूल संसार भुलाउने
पृष्ठ ८०, प्रेम गाथा
आँखामा आँसु लिएर चिनो मर्दलेे नबसेे
प्रेमको हीरा यो टुट्ने छैन अवश्य फर्कन्छे
पृष्ठ ८१, प्रेम गाथा
प्रेेमको परिभाषा व्यापक छ। प्रेम भनेको रतिरङ्गमात्र हैन। राष्ट्र–प्रेम भातृ–प्रेम, मातृ–प्रेम मानवले मानवप्रति गरिन माया ममता आदि सबै कुनै न कुनैरूपको प्रेम हामीले पाउँछम्। भनिन्छ घृणामा पनि मानिसको एक छेउमा प्रेमले स्थान लिएको हुन्छ भने सुमित्राका कवितामा हामीले, प्रेममा विविधता देख्न पाउँछौं। मातृत्वप्रेम, राष्ट्रप्रेम इष्टमित्र दिदीबहिनीप्रतिको प्रेम, पतिप्रेम साहित्य कलासंस्कृतिप्रतिको प्रेम, मातृभूमिप्रतिको प्रेम, प्राकृतिक सम्पदाप्रतिको प्रेम आदि प्रेमको भावनाले ओतप्रोत भएका कविताहरू पाउँदछौं जस्तै
बाबाको साथ तारा र जून छन् तिम्रा साहारा।
सकिन दिन मातृत्व छाया माया छ अपार।।
पृष्ठ ६४, ममताको आँचल
सुनौलो ठाउँ रमाइलो गाउँ छाडेर म आएँ।
शिरको फूल त्यो झर्न नदिई त्यसैमा रमाए।।
पृष्ठ १०४, म हाँसिरहेछु
रोपेका फूल फुल्ने छ भोली,लिने छौं सुवास।
झरेनी पात पलाउँछ मुना नमान उराठ।।
फाट्दै छ बादल उज्यालो दिन जुनेली रातको।
मीठो छ खाली पेटमा सिता राखेनी पातको।।
तिम्रो सम्झनामा पृष्ठ ७६
कवियित्री र नारीवादी चिन्तनः– सुमित्रा कवियित्री भएर होला भनौ या आजको जमनामा समता मुलक समाजको निर्माणको महसूस गरेर हो, उनका किवतामा नारीवादी चिन्तनको गहिरो छाप छ। 'नारी तिमी को हौ?' भन्ने कविताले नारी धर्ती, आकाश, कालो बादल, आभास, समुद्र, पहाड, सुन्दरता, उजाड, छहरा, फूल, संसारको मूलखम्वा, आमा,आदि सबै नै नारी हुन् भन्ने अभिव्यक्ति पोखेको छ जस्तै –
आकाशको तारा तिमी
धरतीकी पानी,
समुद्रझै दिल तिम्रो
मायाकी हौ खानी
देश निमार्णको लागि नेपाली नारी र नेपाली आमाको गौरव बढाउनुप्रने धारणा उनका कवितामा हामीले पढ्न पाउँछौं।
स्व. रीनाको सम्झनामा, परदेशिएकी आमासँग छोरीको गुनासो, आमाको सम्झनामा , रुदैछिन् आमा, नारी तिमी को हौ?, नेपाली आमा कविता मा नारीप्रति पोखिएका नारी आवाजहरूमा नारीको जीवन्त चित्रण देख्न पाइन्छ।
देश द्वन्द्व र कविता सङ्ग्रह –
आज देशले भोग्न परेको द्वन्द, अर्थिक संकट, बेरोजगारी नेतृत्वकोे उदाशिनता शान्ति सुरक्षाका राजनीतिक अस्थिरता नेताहरुको दुई जिब्रे बोली बारेमा साहित्यकारहरूले मार्मिकरूपमा आफ्ना भावनाहरूलाई पोखेको पाइन्छ। यहाँ सुमित्रा पनि यस प्रकारको चित्रणलाई समेट्न सफल देखिनु भएको छः –
बुद्धको देश नेपाल हाम्रो के भयो आज यो
अहिंसा बढी शान्तिको दीयो त्यो किन निभिगो
पृष्ठ ५० बुद्धको देश नेपाल
मैले भन्ने गरेको छु कि जुनदेशका युवायुवतीको पलायन हुन्छन् बृद्धहरूले आँगन कुर्छन् भने त्यो देश अपाङ्ग बन्नजान्छ। खेतीयोग्य भूमि बाँझो बन्न जान्छ। यसमा कवियित्रीको धारणा पनि यस प्रकार छ –
गुमायो सारा देेशले आज युवाको पसिना।
ती पाखा बारी उराठ होलान् श्रमको खाँचोमा।।
छन्द र लय विधानः–
छन्द र लय विधानमा सुमित्राको आफ्नै धारणा अनुसार लोकलय(मुनामदनको लय) बाट प्रभावित भएको त्यसै अनुसरण गरेको भन्ने यथार्थतामा पनि लोकलयले पूर्ण स्थान ओगटेको देखिन्छ। कवितालाई जीवन्त बनाउनको लागि बिम्ब, प्रतिक, अलंकार, भाषाशैलीको पनि अहम् भूमिका हुन्छ। उनका कवितामा घाम, जून, झरी बादल, नदी, बाटो, पहाड, सुन,चाँदी, हीरा, मोती, माटो, अँध्यारो, उज्यालो आदि विविधखालेे बिम्ब र प्रतिकको प्रयोग गरेको पाइन्छ। भाषशैली अति सरल सरस, लयात्मक र अर्थपूर्णरूपमा प्रस्तुति गरिएको पाइन्छ।
अन्तिममा कवियित्री सुमित्रा पौडेेलको यो गीति कविता सङ्ग्रहले नेपाली साहित्यमा एउटा दर्बिलो इटा थपेको छ। कविता सङ्ग्रह पठनीय छ, गीतकारहरूको लागि अनुकरणीय छ। सुन्दर कृतिको लागि सुमित्राजी धन्यवादकी पात्र हुनु हुन्छ। मेरो तर्फबाट कवियित्री प्रति केही भावना कविताबाटै पोख्ने अनुमति चाहान्छु –
धन्य हौ तिमी सुरिलो स्वर विदेशी भूमिमा
गुञ्जायमान गदैछौ आज बिगुलको ध्वनिमा
नेपाली मन जहाँकहीं हुन्छ नेपाल झल्किन्छ
त्यो श्रमशक्ति लगानी गर्दा ढुङ्गा नै पग्लिन्छ
अन्तर्मनका चित्कारहरू हिमालमा ठोकिन्छन्
वेदनाभाव जे जति हुन्छन् मनैमा बोकिन्छन्
लेखनी तिम्रो दर्बिलो रैछ ती वेदना पोखन
मातृत्वभाव झल्कदो रैछ वोधगम्य जोखन
श्रमले रेत हरियो पार्ने खुबी त्यही नै पाइन्छ
त्यै खुबी सिके दायित्व बुझे यहीं काम पाइन्छ
कविता पढे अत्यन्तै गढे करुणा रसैमा
संसारिक जीवन यस्तै नै रैछ कोही छैन बसैमा
कविता लेख्दा मार्मिक भाव पोखेर लेखिछ्यौ
शीर्षक छान्दा संसारै अट्ने शब्द नै देखिछ्यौ
प्रगाढ बन्छ साहित्यिक यात्रा साधनारतमा
अर्को कृति पाउने छु पढ्न आनन्द साथमा
कावासोती शान्तिचोक