18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत योगेन पौडेल February 1, 2012, 3:54 am

भनेँ बाबा हारीसकेँ, अझ कत्ति हराउँछौ,

मुटु जल्यो, खरानि भो, अझ कत्ति जलाउँछौ

भाग्यमाथी कालो बादल मडारियो धेरै पटक,

निरासाको दर्के झरी चुट्नु चुट्यो पटक-पटक

तीखो सियो मुट घोच्ने, अझ कति चलाउँछौ

मुटु जल्यो, खरानि भो, अझ कत्ति जलाउँछौ

बिहानीको पहिलो प्रहर प्रहारबाट शुरू हुन्छ

आफु भन्दा दुई कदम हार अघि-अघि हुन्छ

थाकेको छु जीवनदेखी, अझ कत्ति गलाँउछौ

मुटु जल्यो, खरानि भो, अझ कत्ति जलाउँछौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।