त्यो कालो रातमा छायाले पनि छोडेको मेरो साथ थियो
एक्लो थिएँ म साथमा तर तिम्रो सम्झनाको बारात थियो
म थिएँ तिम्रा यादहरु थिए मन लठ्ठिएको मात थियो
सुनाउन बाँकी तिमीलाई मसँग तर धेरै धेरै बात थियो
फूलमा त के पात पातमा भरिएको तिम्रो मोहक सुबास थियो
केवल तिम्रो मात्र सुगन्ध बोकेको कस्तो तर अनौठो बतास थियो
पाइलाहरु थिए धरतिमा मेरा तर बादल माथिको आभाष थियो
सपनीको गाउँमा थिएँ म तर बसाई एकदम खास थियो
घरि घरि मनमा तर एक्लोपनको मलाई आभाष थियो
कसरी भनौ म थिएँ एक्लो जब हरपल कोइ मेरो साथ थियो