उसको मेरो थियो एउटा सम्झौता
तर बीचमै टुट्यो, कस्तो बिबसता
झन् झन् सम्झिनाले,
यो के गरायो हाम्रो सम्झौताले !
फूल लिने दिने भन्दै कांढाको भो प्रहार
खोई कसले जित्यो कसको भयो हार
झन् झन् बिझाउनाले,
यो के गरायो हाम्रो सम्झौताले !
बिपनीको योजनाहरू भो सपना जस्तै
भाको छकी छैन तिमीलाई पनि उस्तै
झन् झन् छाति पोल्दिनाले,
यो के गरायो हाम्रो सम्झौताले !