17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यात्रा स्वदेश र विदेशको अनूभूति शिक्षा र संस्कृतिको संक्षिप्त विवेचना

कृति/समीक्षा सदानन्द अभागी February 8, 2012, 6:33 pm
सदानन्द अभागी
सदानन्द अभागी

यो नियात्रा/निबन्ध सङ्ग्रहको कृतिकार उद्योगबहादुर श्रेष्ठ हुनुहुन्छ। कृति प्रकाशन नारी साहित्य समाज, नवलपरासीले गरेको छ। किताबको मूल्य २४५/–रु छ भने किताबको अाकार १७४ पृष्ठको छ। प्रकाशकीयको कलमबाट नारी साहित्य समाज नवलपरासीकी अध्यक्ष कृष्णादेबी शर्मा श्रेष्ठ लेख्नु हुन्छ –

“नथाकोस लेखनी कैल्यै सामर्थी रहँदा कर

निरन्तर चलोस् यात्रा उँचो होस् वाङ्मयी घर”

'भावना, बिचार र अनुभवको त्रिवेणी ' शीर्षक दिएर गोविन्द राज विनोदी लेख्नु हुन्छ –“.....यो लामो शीर्षकको यात्रा संस्मरणात्मक निवबन्धसङ्ग्रहको रचना र प्रकाशनले उद्योग बहादुरजीको शब्दशिल्प र लेखन–श्रृजन प्रतिभालाई उजागर गरेको छ।” यसरी नै 'यो यात्रा अविरल चलोस्' शीर्षक दिएर त्रिवेणी साहित्यपरिषदका अध्यक्ष नारायण प्रसाद खनाल लेख्नु हुन्छ –“लेखकले पुरानो अनुभूति र अतितका घटनालार्ई मात्र समेटेको यो सङ्ग्रह होइन परन्तु बर्तमान नेपाली संस्कृतिको एक सिङ्गो पाटाका रूपमा रहेको चाडपर्व र त्यसको महत्वमाथी हुन थालेको कुठराघाततर्फ दृष्टि दिंदै लेखिएको हरितालिका र लोप हुँदै गएको संस्कृति नामक लेख समसामायिक युगव्यवस्थासँगको घोर त्रान्तिकारी धारण हो।” डा नारायण प्रसाद खनालले गरेको यो मूल्याङ्कनले यस कृतिको राम्रो मूल्याङ्कन गरेको मेरो ठम्याइ छ किनकि आज आएर हाम्रो चाडपर्व हाम्रो संस्कृति माथी हुन थालेको विविधखाले प्रहार तथा बिकृति बिसङ्गति आदिलार्ई के हुन पर्ने के भै रहेको छ लाई लेखहरूले समेटन सकेका छन्। 'मेरो लेखनीबाट' शीर्षक दिएर स्वयं कृतिकार लेख्नु हुन्छ –“व्याक्तिको एउटा दृष्टिकोण हुन्छ, लगाव हुन्छ, एउटा सिद्धान्त हुन्छ, सिद्धान्त विहिन मानिस सायद हुन्छ होला? सायिहत्य फाँटमा लागेका व्याँितहरूको एउटा साझा चौतारी भइदिए भलो हुन्थ्यो। हामी प्रगतिशीलवादी उनीहरू यथास्थितिवादी हाम्रो यो संस्था, त्यो उनीहरूको भनी भागबण्डा लगाउनु कित्ता छुट्याउनु कति उपयुक्त कति अनुपयुक्त?”

आज देशमा देखिएको हरेक क्षेत्रको भागबण्डा र खीचातानीले देशको भविष्य देशका युवायुवतीको भविष्य, तथा राष्ट्रको भविष्य कतातिर मोडिने हो र देशमा द्वन्दको समाप्ति र श्रृजनशील समाजको निमार्ण कहिले हुने हो ती कुराहरू प्रकाशिलो बन्न सकेका छैनन्। आज सबै भन्दा ठूलो मार जनताले भोग्न परेको छ र साहित्य क्षेत्रमा लागेका व्याक्तिहरूले निश्चय पनि सहीमार्ग प्रदान गर्न सक्नु पर्दछ । त्यो पनि निष्पक्षरूपमा हुन सकेको छैन । यी विविधतालाई आफ्नो यात्रा र निवन्धको तर्फबाट लेखकले प्रष्ट्याउन कोशिस गर्नु भएको छ।

अव म यस किताव भित्रका शीर्षकको सारसंक्षेपतिर लाग्ने अनुमति चाहान्छु– यस किताबमा १४वटा शीर्षकमा निवन्ध/नियात्रालार्ई समावेश गरिएको छ। पहिलो शीर्षक छ 'द रेयुकाई नेपाल र शहीद स्मारक हेटौडा।' यसलेखमा कृतिकारले द रेयुकाई (नेपालीमा आध्यात्मिक बन्धुत्वको समाज) विशुद्ध लोककल्याणकारी विश्वमानै शान्ति अमनचयन कामना राख्ने उद्देश्य लिएको संस्था भएको र यसंस्थामा विडस्(माला) जप्नु र नीलशूत्र पाठ गर्नेजस्ता कर्म, बुद्ध नेपालमा जन्मे र विश्वमा शान्तिको पाठ छर्दै हिडेकाले विश्वको झन्डै आधा जनसंख्या बौद्धमार्गी भएको, थाइल्याण्डमा बौद्धको पूर्णकदको मूर्ति प्राय सबै स्थानमा पाइने, बुद्धको जन्म नेपालमा भएको होइन भन्नेहरू पनि भेटिने तर सरकारको निरिहपनाले गर्दा छापामा आएका झुटा प्रचारप्रसारमा पनि कार्वाही भएको नपाइने आदिको साथै यो संस्थामा विविधखाले कार्यक्रमको आयोजना गरिने भएकोले शैक्षिक भ्रमणमाको आयोजनामा लेखक र उहाँकी सहयात्री पनि साथै सहभागी भएर प्राकृतिक सौन्दर्यलाई अवलोकन गर्दै हेटौडातिर लाग्दा बाटोमा तीनवोटा कुकुरको लास देखिनु, लोथरमा फूलबारी नामक बस र ट्रक ठोकिएको र बसका ड्राइभरको दुईवटै खुट्टा भाँचिएकोलाई उद्धार गरेर अस्पताल पठाउनु, बसाहामाडीमा खानाखाई शहीद स्मारकमा प्रवेशगर्नु, प्रवेशमा मदनभण्डारीको पूर्णकदको सालिक देख्नु तर दास ढुङ्गाका घटनामा सँगै मरेका जीवराज याश्रितको सालिक नभएकोमा दासढुङ्गाको स्मरण गर्दै कृतिकारले आश्रीत माथी अन्याय भएको महसूस गर्नु, शहीदस्मारकमा अवस्थित शहीद स्तम्भमा १२जना शहीदहरूको टाउको अवलोकन गर्न पाउनु , दुई थोप्ले बाघ, ठूलो मोटो जरायो, कलिला ४वटा जरायो, मयुर अदिको अवलोकन गरेपछि शहीद स्मारकको सवल पक्षको प्रशंसा र सुझावहरू प्रस्तुत गर्दै हेटौडा नगरपालिका, सौराहाको वन्यजन्तु आरक्षणको अवलोकन गर्दै शैक्षिक भ्रमण समाप्त हुन्छ।

दोस्रो निबन्ध /यात्रा 'गलेश्वर बाबासँग मेरो साक्षत्कार' हो। यो निवन्धमा गलेश्वर बाबा १२० बर्षको भएको देवघाटमा बस्नुहुने र त्यहाँ एक शिलाको दिन प्रतिदिन आकार बृद्धि हुने कुराको श्रवण कृतिकारले गर्नु र यी दुबैलार्ई दर्शन गर्न आतुर भएकोले २०२७ सालको अषाढमा पर्बतबाट कृतिकार नवलपरासीका आफन्त समेतलार्ई भेट्नेक्रममा चितवनतिर पैदलयात्रा सुरु गर्नुहुन्छ। देवघाटमा पुगेर सर्बप्रथम गलेश्वर बाबालार्ई दर्शन गर्ने इच्याात हुँदाहुँदै पनि बाबाको शारीरिक संरचनाले बुढौली अवस्था नदेखाएको र कृतिकारको सोचाइमा मेल नखाएकोले कृतिकारले बाबालार्ई देखेर पनि चिन्न नसकी, सर्बप्रथम शिलाको दर्शन गरे पछिमात्र बाबाको दर्शन हुनपुग्यो। शिलाको बारेमा १०बर्ष देखि पूजामा लागेका पुजारीको कथनमा शिला कहिले कता कहिले कता फर्केको सुन्दा कृतिकारलाई पत्यार नलाग्नु किनकि मन्न्दिर लिपपोत र देवताहरूको स्नान गराई राख्दा यस्तो हुनसक्ने सम्भावनालाई अवधारणामा लिएको देखिन्छ। कृतिकार बाबासँग दर्शनको लागि पुन जानु र प्रश्न राख्ने अनुमति लिएर प्रश्नहरू राख्नु, प्रश्नमा उमेर कति, बाबा जान्नेसुन्ने हुँदा राजा को थिए, गलेश्वरमा बस्दा उमेर कति थियो, गलेस्वर बाहेकको तिर्थस्थलमा राज भयोकी आदि प्रश्न राख्दा कृतिकारलार्ई सन्तोषजनक जवाफ प्राप्तहुन नसक्नु तर अर्को प्रश्न “देवघाट यति महान छ, यसको धार्मिक, ऐतिहासिक, पौराणिक र प्रकाकृतिक महत्व झन् धेरै देखियो तर सरकारले यसको विकास र संरचनाप्रति त्यति चासो लिएको देखिएन किन होला?” यसको भने बाबाले छोटो उत्तरमा “राजा जोगी भन्दा पनि गरिब छ र राजाले के गर्न सक्छ बरु मैले एउटा संस्कृत पाठशाला र पुल बनाउने योजना बनाएको छु” जवाफ दिनु हुन्छ र कृतिकारले त्यो कसरी सम्भव छ भन्ने जिज्ञाशा राख्दा – तिर्थालुहरूले स्वेच्छयाले प्रदान गरेको फलफूल प्रसादी दान–दक्षिणाबाट बचत गरि पुल र विद्यालय निर्माण गर्ने लक्ष रहेको कृतिकारले जवाफ पाउँछन्। नारायणी नदी पार गर्दा मगरमच्छ देखा परेको र त्यसलाई हेर्ने र इच्छया हुँदा हुँदै डराएको र गन्तव्यस्थलतिर लागेको कुराहरूको साथै म्याग्दी जिल्लाको राखु खोला र काली गण्डकीको दोभानमा रहेको पार्वतीको गलापतन भएको स्थान गलेस्वर, त्यही नामले प्रशिद्ध गलेश्वर एउटा पाटो हुन् भने देवघाट अर्को पाटो हुन र देबघाट र गलेश्वरसँग बाबाको अन्योन्याश्रित सम्बन्ध भएको, देवघाट आँफै प्रज्वलित ज्योति थियो भने कहिलै ननिभ्नेगरी तेल थप्ने काम बाबाले गरेको र बाबा र देबघाट एक अर्काको प्रर्याय भएको ठहर लेखकको छ।

तेस्रो निबन्धमा – 'शिक्षामा गुणस्तर एक विहङ्गम दृष्टि' पर्दछ। यस निबन्धमा लेखकले २१वटा उपशीर्षक दिएर शिक्षा कस्तो हुनुपर्दछ शिक्षाले आम नागरिकमा कस्तो प्रभाव पार्न सक्दछ / पार्दछ। त्यस सम्बन्धमा कृतिकारले आफ्नो धारणाबाट एउटा मार्गदर्शन प्रस्तुत गर्ने प्रयास गर्नु भएको छ। शिक्षा र राज्यव्यवस्था उपशीर्षकमा मा लेखकले उत्तरदायित्वपूर्ण राज्य व्यवस्थालेमात्र स्वावलम्वी नागरिक उत्पादन गर्न सक्छ भन्ने ठोकुवा छ। एउटा स्थायी शिक्षासेवा आयोगको गठन, स्वच्छ प्रतिस्प्रधा, दक्षव्याक्तिको छनोट, शिक्षकलाई राम्रो सेवा सुविधा दिनु पर्ने तर सो नहुने गरेको, राजनीति र शिक्षक उपशीर्षकमा अधिकाँश दलका कार्यकर्ताहरू शिक्षक भएकाले शिक्षाको गुणस्तरमा नकरात्मक असर परेको र शिक्षकलाई राजनीतिक गर्ने छुट दिन नहुने सम्बन्धमा प्रकाश पारिएको छ। नक्साङ्कन र विद्यालय खोल्ने अनुमति उपशीर्षकमा जुन अवधाराण राखिएर नक्शाङ्कन गरिएको सोही बमोजिम अनुमति दिने, सोही बमोजिम कक्षा संचालन गरिनु पर्ने, सेवासर्त पूर्ण भए पछिमात्र अपग्रेड गरिनु पर्ने अनुत्तरदायी पूर्ब अनुमति दिन नहुनेजस्ता कुरामा जोड र गैरजिम्मेवारी काममा कारबाही गरिनु पर्ने जस्ता धारणा पोखिएका छन्। शिक्षक नियुक्ति र घटिघटाउका कुरा शीर्षकमा शिक्षकलाई आयोगद्वारा प्रतिस्प्रधाको आधारमा पूर्णतलब सुविधा दिएर राखिनु पर्ने र तलब भत्ता घटिघटाउ गरी राखिने प्रथाको अन्त्य हुनु पर्नेमा प्रकाश पारिएको छ। विद्यार्थी र शिक्षक दरबन्दि उपशीर्षमा शिक्षक दरबन्दि हिमालमा ४०जना विद्यार्थीमा एक दरबन्दि पहाडमा ४५ जना विद्यार्थीमा १ दरबन्दि र तराईमा ५० जना विद्यार्थीमा एक दरबन्दि हुनुपर्ने, गुणस्तर शिक्षाको लागि २०–२५ विद्यार्थीमा एक शिक्षक हुनु पर्ने जस्ता अभिव्यक्ति पोखिएका छन्। प्रश्नपत्र तयार पार्दा निश्चित मापदण्ड, निश्चित स्वरूप, /आकार र क्षेत्रलाई ओगट्ने खालको हुनुपर्ने, उत्तरपुस्तिका जाँच गर्दा बढ्ता जाँचगर्ने होडबाजी भन्दा, गुणस्तर जाँच गर्नु पर्ने र नियम विपरित जाने परीक्षकलार्ई हदैसम्मको जरिवाना तोकिनु पर्ने, शिक्षकले सिङ्गो राष्ट्रको निर्माण बोकेको हुँदा, शिक्षकलार्ई सबै प्रकारका सुविधा प्रदान गर्ने र प्रभावकारी शिक्षण शिक्षकले दिनुपर्ने शिक्षकहरूको सेवामा स्थायित्व हचुवाको भरमा नगरीकन एउटा निश्चित प्रकृया पुर्याषएर गरिनु पर्ने, सिफारिस र भनसुनको अन्त्य गरिनुपर्ने, अर्थ र शिक्षामा सन्तुलन हुनुपर्ने, निरिक्षक र स्रोत व्याक्तिको प्रभावकारी भूमिका, बहुकक्षा शिक्षण प्रणालीको आवश्यक्ता, परीक्षाको महत्व र स्थान साथै समन्वय समितिलाई दायित्को बोध हुनुपर्ने, शिक्षकले पूर्णसमय शिक्षणमा दिनुपर्ने, शिक्षासेवालार्ई प्रतिक्षालयको रूपमा राखिन नहुने, पाठ्यपुस्तक प्रभावकारी हुनुपर्ने कक्षा एकमा ४बर्ष पारगरेको बच्चाले प्रवेश पाउनुपर्ने गुणस्तरशिक्षा प्रदान गरिनुपर्ने, बालबालिका शान्तिक्षेत्र हुन् भन्ने अवधारणालाई द्वन्दबाट मुक्त पारिनुपर्ने, सङ्घ सङ्गठन र विद्यार्थी सम्बन्धमा विद्यार्थी उमेरसम्म कुनै पनि तहको विद्यार्थी सङ्घ–सङ्गठनमा आवद्ध हुन नहुनेजस्ता सारगर्भित पक्षलाई उठान गरिएको छ। हरेक लेखमा किन, कसरी र केको लागि आदिमा उदाहरण सहित विविध पक्षलाई प्रष्टपारी शिक्षाक्षेत्रमा हुनुपर्ने र गर्नुपर्ने पक्षलार्ई सफल प्रस्तुती गरिएको पाइन्छ।

चौथो निबन्ध यात्रा गया श्रद्धमा लेखिएको छ । यस लेखमा स्वर्ग र नर्क भनेको केवल अनुभूति हो र मरे पछि नभै जिउँदै स्वर्ग जाने कर्म गर्नु पर्ने धारण राख्दै कृतिकारले पितृलाई माघे औंसीमा पिण्डदिनको लागि चतुदर्शीका दिन पुनपुनमा मुण्डन गरी पिण्ड दिने कर्ममा गरिदै गएका कर्ममा पण्डाहरूले सताएको, धर्मशाला पनि सोझासाझालाई बल्झ्याउने रूपमा कृतिकारले देख्नु र श्राद्ध फल्गुनदीमा दिनु पर्ने आदिलाई लेखमा समेटिएको छ। फल्गुनदीमा बालुवाले भरिएको पाउनु, नदीमा पानी नदेखिनु र बालुवा खोजले पछि पानी पाउनु, फल्गुनदीमा माथी पानी नदेखिनुको कारणमा तेत्रायुगमा रामचन्द्र भगवानले पिण्ड दिन पण्डित लिन जाँदा श्राद्धको लागि तयार गरी राखिएका सामानहरू हराएको र सीताले रामचन्द्रलाई सामग्री हराएकोमा दशरथ आएर श्राद्धसमाग्री ग्रहण गरी सकेको कुरा बताएको र यसको साक्षीको रूपमा फल्गुनदी र गाईलाई अघि सार्दा गाई र फल्गु नदीले सीताकै पक्षमा साक्षी बके पछि, अन्तरयामी रामले दुबैलाई गाईको मुख चोखो नहोस् र फल्गुनदी अलापिन पर्योीस् भनी सराप दिनु भएको विवरण लेखमा पाइन्छ। श्राद्ध ९६ किसिमले गर्न सकिने, श्राद्ध गाइको गोठ, तबेला, हात्तीसार, घरको तलामा, अरुको स्वामित्व भएको स्थानमा गर्न नहुने, आँगन, तुलसीको मठनेर, नदीकिनारमा, अन्य सार्वजनिक स्थलहरूमा वाहलतिरेको अन्यत्रीको कोठाहरूमा श्राद्ध गर्न मिल्नेकुरा कृतिकारले प्रष्ट्याएका छन्। यस लेखमा हामीले पण्डाको ठगी व्यवहार, बनारसको र प्रयागको साथै सरस्वती र यमुना नदीको सङ्गम माघी नुहाउनेहरूको जमघटको सुन्दर बर्णन गर्नुको साथै धर्मको नाममा गरिएको शोषणले निम्त्याएको विकृति समेतलाई राम्रोसँग निबन्धले प्रष्ट्याएको छ।

पाँचौं निबन्ध 'बझाङ्ग जिल्ला एक दृष्टि' हो। यो एउटा दुर्गम जिलला, एघारसये मिटरमा अवस्थित, चैनपुर सदरमुकाम, असला माछा पाइने ठाउँ, गाई भैसीको दूध नतताउने साथै दूध, दही र मही एकै भान्सामा खाना नपाइने चलन, चोसो (गान्टेमूला)लाई पुस र माघमा जमिनमुनी राखेर पछि प्रयोगमा ल्याउने, बैतडीबाट चाकु ल्याउने र फिल्डमा हिड्दा चाकु र चिउरा लिएर हिड्न पर्ने उजाड र उराठ लाग्दा पहाडहरूले भरिएको, भालु देखि सतर्क हुनुपने, जोशी, ब्राह्मण, मल्ल, सिंहको बोलबाला भएको, चर्मकिटले सताउने, भूइँतला गोठकोरूपमा प्रयोग हुने, माझ तला मानिस बस्ने र माथिल्लो तलो खाना पकाउने प्रयोग गरिने, ससाना भुकम्पहरू आइरहने, कर्मचारीलार्ई नराम्रो काम गरे वापत सजाएँ दिन पठाएको धारणा राख्ने, पूर्बीया र पश्चिमीयाको धाराणामा प्रवलता रहेको, पानी मागे गाड जाउ भन्ने, यातायातमा भेडा च्याङ्ग्रालार्ई प्रयोगमा ल्याइने, विद्यालयको अवस्था दयनीय, विद्यालयको पोशाक केटाको दौरासुरुवाल, कोट/इष्टकोट, केटीको घाँगर रु चोलीको पहिरन, विवाह भएको र नभएको केटीलार्ई छुट्ट्याउनको लागि विवाहित महिलाले घाँटीतिरको एउटा तना खुला राख्नु पर्ने, अति विकटमा भने एउटै घलेकले तलमाथी छोपेको पाइने चलन, छोरीलाई बेच्ने चलन, महिनावारी र सुत्केरी भएका महिलाहरू एकै घरमा बस्न नपाइने चलन, साह्रै अपहेलित अवस्थामा बस्नु पर्ने चलन, धान ओखलीमा मुसलद्वारा कुटिने, कस्तुरी मृग, थार घोरल च्याखुरा र कालिज पाइने चरेस र गाँजाको धन्दा आदि विविधताले सजिएको बझाङ्ग जिल्लाको बर्णनको साथै ख्यातिप्राप्त राजा जयपृथ्वी बहादुर चन्दको जन्मस्थल भनेर यस लेखमा बर्णन गरिएको छ।

यस कृतिको छैटौं लेख 'बनारस देखि इलाहावादसम्म ' भन्ने शीर्षक दिएर लेखिएको छ। यस लेखमा नेपालमा प्रजातन्त्रको अन्त्य भइ बहुदलवादी नेता र कार्यकर्ताको बनारसमा जमघट, भएको अवस्था, कृतिकारले इलाहावादबाट माइग्रेशन–प्रमाणपत्र लिन जानुपर्ने भएकोले इलाहावादमा जाँदा, अपरिचित व्याक्तिहरूले गरेको पिच्छा, रेक्सावालाले गरेको सहयोग र समय भावको कारणले प्रमाणपत्र पनि लिन नसकेको र बनारस जाने बस पनि छुटेको कारणले कृतिकारले रेलको यात्रा गर्नु परेको। उनको पिछा गर्नेहरू यहाँ पनि आएका छन् कि भन्ने झस्को लागेको बेलामा रेलवे स्टेशनमा जोगवनीका नेपाली फेला पर्नु, केही राहतको महसुस हुनु, सोधनी गर्दा जोगवनी भन्ने वाहेक दोहोरो वार्तालाप नहुनु, बरु नेपालीले सल्काएको बिंडीले कृतिकारको पैन्टमा प्याल पार्नु तर कुनै अप्रिय घटना नघट्नु र सुरक्षितरूपमा बनारस फर्कनु आदि विवरणले भरिएको छ यो यात्रा निबन्ध।

सातौ निबन्धमा 'विद्यालय, शिक्षक–अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति' शीर्षक दिएर कृतिकारले शिक्षाको स्वरूप, लालावाला प्रति अभिभावकको दायित्व, सतर्कता, अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिको विद्यालय प्रतिको दायित्व, शिक्षक र विद्यालय सम्बन्धमा सबैको सुमधुर सम्बन्ध र उत्तरदायिपूर्ण क्रियाशीलतामा विद्यालयको समुन्नती हुने बारेमा विवरणात्मक यथार्थता प्रस्तुत गर्नु भएको छ।

आठौं लेखमा 'सहकारी संघ संस्थाहरू र त्यस भित्रका सवालहरू ' पर्दछन्। यो लेखमा राष्ट्रनै सहकारीमय भएको विवरण छ र सहकारीलाई दिगो बनाउनको लागि सहकारीका मूल्य र मान्यताको पालना, पारदर्शिता, लेखाव्यवस्था, लेखापरीक्षण, जनाधार, आवधिक निर्बावाचन, नियमित आर्थिक स्रोत, आवधिक बैठक, सामाजिक र, प्रजातान्त्रिकक पद्धतिको अवलम्वन, आलोचना, समालोचना, दण्ड र पुरस्कारको परिपाटी, नेतृत्वको क्रमिक विकास, वैधानिकता र विधिसम्मताको आदिको बारेमा के कसरी अग्रगामी सोचको साथमा अघि बढ्न सकिन्छ भन्ने सोचमा प्रकाश पारिएको छ।

नवौं लेखमा 'सडक दुर्घटना न्यूनीकरणका उपायहरू' पर्दछन्। दुर्घटना प्रायोजित, आकस्मिक र रहस्यमय रूपमा घट्ने गर्दछन् र दुर्घटना हुनका कारणहरूमा मूर्ति तथा सालिकहरू, मन्दिरहरू, पराल र व्यपारी, निर्माणमा सामाग्रीहरू, ओभरलोड, विवाह, चाडपर्व, पुरना साधनको प्रयोग, जीवजन्तु, कण्डक्टर र खलासी, राज्यपक्षको अदुरदर्शिता, चेतनाको कमी, चालकले गाडी चलाउँदा मोवाइलको प्रयोग, विग्रेको साधन, मादक पदार्थ र चालक, ट्रयाक्टर, पैदल यात्री मिडियाको जिम्मेवारी साइकल र मोटर साइकल, पोके बेपारी सप्ताहिक हाटबजार, विद्युत तथा टेलीफोन लाइनका पोल, दुर्घटाना पछिको दुर्घटनास्थलको भयाबह स्थिति आदि पर्दछन्। यिनै विविध पक्षलार्ई सावधानी पूर्बक व्यवहारमा उतार्दा दुर्घटनालाई न्यूनपार्न सकिने सुझावहरू यस लेखमा प्रष्ट्याइएको छ।

दशौं लेखमा 'थाइल्याण्डको सेरोफेरो र शैक्षिक भ्रमण' पर्दछ। कृतिकार २०५२ सालमा बझाङमा कार्यरत रहँदा थाइल्याण्डको अध्ययन भ्रमण गर्ने अवसर पाएको र बझाङ देखि थाइल्याण्ड पुग्दासम्मका रमणीय पक्षहरू र थाइल्याण्ड पुगेपछि थाइल्याण्डको सामाजिक, आर्थिक , शैक्षिक र प्राकृतिक सौन्दर्यलाई लेखकले विवरणात्मक रूपमा प्रस्तुत गर्नु भएको छ। सरसफाई, केटा र केटीको पहिरन, सामाजिक परिवेश माग्नेहरू प्राय नभेटिने, सबैमा राष्ट्रप्रतिको चिन्तन बोकेर काम गर्ने बानी, सहरमा अङ्ग्रेजीको प्रवलता देखिए पनि गाउँमा भने थाइभाषाको प्रवलता, प्राकृतिक सौन्दर्यताले भरिएको, सुन्दर पार्क, होटेलको गेटमा केटाहरूले केटीहरूका फोटाहरू लिएर द्यभबगतथ कय दभबगतथ भन्दै ग्राहकलाई आकर्षण गर्ने बोलीको प्रस्तुती, थाइ मालिस आर्जनको बाटो, जङ्गल फडानीको साथ साथै बृक्षरोपण गर्ने प्रकृया, शिक्षामा उच्च प्राथमिकता, सेरेमोनियल राजा जनताका आँखाका नानी, चेङगाई, चेङ्गराइ, चान्तापुरी,र पटाया सहरको भ्रमण त्यस स्थानको शैक्षिक गतिविधि प्राथमिक शिक्षा १९२१ देखि अनिवार्य लागु गरिएको व्याचोलर डिग्रीसम्मको अध्ययनले अग्रस्थान लिएको र डाक्टरेट गर्नेहरू भने न्यून रहेको आदि विषय यस लेखमा समावेश गरिएको देखिन्छ।

एघारौं लेखमा 'बान्नीको चैतेली ' पर्दछ। यो मेलालाई चैत या बैशाख महिनाको शुक्लपक्षको त्रयोदशी तिथिमा तीन दिनसम्म मनाइने गरिन्छ। यो मेलाको महत्वमा मष्टा र महिसासुरको बीचमा घनघोर युद्ध भएको र युद्ध मष्टाका दुई बहिनी सुर्मा र दुर्गा देवीसँग महिषासुरले विवाहा गर्नको लागि गरिएको थियो। महिषासुरले पहिला त मष्टालाई जितेर एउटा गोरुको छालामा बाँधेर तोलेनीको दहमा फ्याकिदिएको थियो तर मष्टा भने दहबाट निस्केर महिषासुरलाई टुक्रा टुक्रा पारेर काटेर जित हाँसिल गरेकाले विजय उत्सबको रूपमा कँडेल गा.वि.स.वार्ड नं १ मुम्लाबाट यात्रा सुरु गरिन्छ। हालमा भने यो दहको नाम निसान देखिदैन तर बोका खसी काटेर बटुक बनाएर गच्छे अनुसार मेला मनाइने गरिन्छ। मेला मनाउँदा ८/१० हजार अग्लो लेकबाट धुपी सल्लाको काकर ( लिङ्गो ) काट्ने र गाउँमा ल्याउन पर्ने, भाँचिन नहुने, भाँचियो भने अनिष्ठ हुने ठानिने र अर्को काकर उसै दिन ल्याउन पर्ने, काकारलाई तीनवटा लठ्ठाको भरमा उभ्याउन पर्ने, एउटा मूल काकर र अरु काकर पनि हुने, काकरको अघि अघि ठूलो फेटा बाँधेको पूजारी हुने र पूजारीलाई झाँक आए पछि बुर्कुसी मारेर मन्दिर भित्र पस्ने। मन्दिर भित्र मष्टा, लाटासित र मण्डली गरी १२वटा देवता स्थापित भएको र मष्टालाई कुलदेवताको रूपमा मानिने, १००/१५० बोका काटिने र काटेका बोकाको मासु धामीलेमात्र खान पाउने, पूजा गर्नु अघिल्लो दिन गोरुलाई बाघले खाएकै हुनुपर्ने त्यही मरेको गोरुको छालाबाट भकुण्डो बनाएर खेल खेल्नु पर्ने, कथंकदाचित गोरु नमरेको भएमा पुरानो भकुण्डो नै, बझाङ्गी राजपरिवारका सदस्य मानिने एकातिर र अर्कोतिर सर्बसाधारण जनता भएर खेल खेलिने, खेलमा महिला वाहेक सबै गाउँले सहभागी हुनुपर्ने, खेलको उद्घाटन बान्नीको कोटको नामबाट हुने, खेलखेल्दा कट्टु मात्रै लगाएर हात खुट्टा प्रयोग नगरी, छातीले धकेलेर खेल खेल्नपर्ने, बान्कीको चौरको बीचबाट खेल सुरुहुने र उत्तर पश्चिमको सिमानाबाट खेल टुङि्गयो भने देवताको जीत र अरु ठाउँबाट खेल समाप्त भएमा राजाको जीत मानिने आदि विवरणहरूलाई समावेशको साथै मेलामा मादक पदार्थ सेवन रहित, गहनाले सजिसजाऊ भए पनि चोरीको कुरा कतै नसुनिनु, विकट पहाडी ठाउँबाट काँकर ल्याउँदा चोटपटक कसैलाई नलाग्ने गरेको इतिहाँस रहेको, सहयोग, सदभाव, भाइचारा, मष्टाप्रति सबैको ठूलो श्रद्धा, भक्ति र मष्टाले नराम्रो काम गर्नेलाई दण्डित गर्ने जस्ता धारणा रहेको, महिलाहरू अत्यान्तै पछि परेका र पहिलो पति छाडी अन्यत्र पोइल गएमा बढता जारी तिर्नुला'ई गौरव ठानिने जस्ता विविध सामाजिक र धार्मिक धारणालार्ई समेटेको छ र लेखले अन्धविश्वासबाट बाहिरिनु पर्छ भन्ने संदेश बोकेको छ।

बाह्ौ लेख 'हिलेमा एक रात" भन्ने शीर्षकमा लेखिएको छ। यस लेखमा कृतिकारले देशाटनको महत्व दर्शाएका छन्। जिल्ला शिक्षा कर्यालय पर्बतले माध्यमिकस्तरका प्रधानाध्यापकहरूलाई २०५६ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्मको अवधिमा दार्जिलिङ्ग, सिक्किम, इलाम, धनकुटा आदि ठाउँको शैक्षिक भ्रमणा गराउने उद्देश्य अनुरूप भ्रमण सुरु भएको दार्जलिङ्गमा पुगेर बस्नको लागि एभरेष्ट होटेल नै छानिएको, पोके व्यपारीहरूको ठूलो बर्गानिङ्ग, रक पार्कको अवलोकन, सूर्यदयको अवलोकनको लागि जाँदा बादलले ढाक्नु र देख्न नपाउनु, सिक्किमतिर लाग्दा, टिष्टानदी जो पहिलाको नेपालको सिमाना थियो मा ११ नंबरको सीमास्तम्भ देख्नु, कालिङ्गपोङधाम मन्दिरको अवलोकन गर्नु, दार्जिलिङ र कालिङपोङको अवलोकन पछि नेपाल फर्केर इलामको चिया बगैंचाको अवलोकन दार्जलिङ, कालिङपोङ र इलामको सुन्दर प्राकृतिक छटाको आवलोकन समाप्त गरेपछि झापामा रहेका भुटानी शरणार्थीको क्याम्पको अवलोकन गर्दै धनकुटाको हिलेमा एकरात बास बसिएको र बसाइको क्रममा पाख्रीबासको अवलोकन भएको गाडी भेडेटारतिर फर्केको र भेडेटारबाट धरानबजारको रमणीय दृश्यको अवलोकन, धरानको रमणीय बजारको अवलोकन, वि पि मेमोरियस अस्पताको अवलोकन गर्दै कोशी वाँधको अवलोकन, पर्सा वन्यजन्तु आरक्षणको अवलोकन र हात्तीसयर गर्दै, पर्बत जिल्ला शिक्षाकार्यालयमा आएर शैक्षिकयात्रा समाप्त हुन्छ।

'अतितलाई फर्केर हेर्दा' भन्ने लेख तेह्रौं लेख हो र यस लेखमा कृतिकारले आफ्नो जातीय संस्कार, काठमाणडौ नेवारको मूलथालो, मूलथलो छाड्नको विविध कारणहरू, आफ्नो वंशजको विवरण, फलेवासको प्राकृतिक विवरण, सानो छँदा बाघको फेला पर्नु र बाच्नु, अध्ययनको थालनी, विद्यार्थी युनियनको अध्यक्षमा विजयी हुनु, पालुवा पत्रिकाको प्रकाशन, विद्यालय सञ्चालक समितिसँग बिचार नमिल्नु र सञ्चालक समितिले रेिष्टकेट गर्न चाहानु तर नसक्नु, गाउँको बिकास निर्माणमा सहभागी हुनु र गाउँका हुँदाखाँदाले विकास बाधकको संज्ञादिएर प्रशासनमा तारिखमा धाउनु पर्ने अवस्था आउनु, लमागेखोलाको पानी कुलो खनी फलेवास ल्याउने काममा लाग्नु, अध्ययनको लागि बनारस जानु बनारसमा जाँदा राजा महेन्द्रले समाप्त पारेको प्रजातन्त्रलाई पुन फर्काउनु पर्छ भनि नेपाली काँग्रेस र नेपाल कमुनिष्ट पार्टीका कार्यकर्ताहरूले संयुक्तरूपमा आमसभा गर्नु तर गणेशमानको उपस्थिति नहुनु, गणेशमानले काँग्रेस र कमुनिष्टको संयुक्त सशस्त्रक्रान्तिको मेलमिलापलाई, अपवित्र गठबन्धन ठान्नु, बनारसमै बस्दा आसामको भ्रमण गर्नु, इन्टरमेडियट सके पछि विहादीको नेपालतारा मा.वि.को शिक्षक भएर काम गर्नु, त्यस पछि लिमीठाना मा वि को प्र अ भएर काम गर्नु, लिमीठानाबाट घर र्फकदाँ बाघसँग जम्का भेट हुनु , डराएर सास नफेरीकन भाग्नु र सुरक्षित हुनु, २०३५ सालमा विद्याज्योति मा.वि.को प्र. अ. भएर काम गर्नु, जनता स्कुलमा आगजनी हुनु र बहुदलवादीलाई फसाउने प्रयास गरिनु, पुन अध्ययनको लागि बिरगञ्ज पुग्नु, अध्ययनमा बिरगञ्जमा हुँदा राजाको जन्मदिनमा कसैले लुते कुकुरलाई जुलुसमा हुलेको र यस सम्बन्धमा प्रधानमन्त्री सूर्यबहादुर थापाले कुनै प्रतिक्रिया नजनाउनु, शिक्षामन्त्री व्यथितले यो कुकुरको प्रवेशमा साहित्यिक पाराले कोट्याउनु, प्राथमिक शिक्षा परियोजनाको आर पि हुनु र बझाङ्ग पुग्नु, पञ्चायत इतर राजनीतिमा भूमिगतरूपमा लाग्नु, २०४४ सालमा राष्ट्रिय शिक्षक संघमा निर्वाचित हुनु २०५०को लमहीमाा भएको दुर्घटनामा पर्नु, र बझाङको लागि उडेको जहाज बझाङमा उत्रन नसकी नेपालगञ्ज फर्कनु तर सकुसल रहनु, एमालेको ९ महिने शासनकालमा कार्यक्रम संयोजकलाई परिवर्तन गर्नु, दातृराष्ट्र असन्तुष्ट हुनु, शिक्षकहरूलाई, प्रोग्राम को–अर्डिनेटर हुनबाट बञ्चित गर्नु, ८/१० पटक एस एल सि परीक्षा सञ्चालनमा केन्द्रादक्ष हुनु, देउलेक बझाङमा मतदान अधिकृत भएर मतदान गराउनु, मतदानमा देखिने विविध किचङ्गलहरूको विवरण, वीरेन्द्रशिल्डको खेल फलेवासमा गराउनु र खेलखेलाउँदा गैर विद्यार्थीको टिममा संलग्नता भै झगडा भएको र समाधानमा जापानी मित्रको सहयोग पाएको, गाँजा खाएको र गाँजालागेको, दही खाएर राहत पाएको, मल्याङ्दीमा सिँचाइ कुलोको उद्घाटन राजा वीरेन्द्रबाट भएको र त्यसमा स्काउटको सचिबको हैसियतबाट स्वगत गर्न पाएको, फलेवासमा आराध्यदेव विष्णुको मूर्ति स्थापना गराउनु , डां पद्यमलाल नेवारको मुटुको उपचारको लागि दिल्ली जानु, दिल्लीको रमणीय सहरको बर्णनसमेत लेखमा समावेश गर्नु। १९४६ सालमा नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता ग्रहण गरेको बर्णन पछि यो लेख सामाप्त भएको पाइन्छ। कृतिकारले आफ्नो जीवनमा घटेका घटना मात्र नभै आर्थिक सामाजिक राजनैतिक यथार्थतालाई उतार्ने कोसिस गरेका छन्।

यो निवन्धसङ्ग्रहको अन्तिम लेख हरितालिका तीज र लोप हुँदै गएको, संस्कृति हो। यस लेखमा कृतिकारले आजको आर्थिक सम्पन्नता र आर्थिक विपन्नताले मनाउँदै आएका चाडपर्वमा विविध खाले भिन्नता र विकृतिको प्रवेश, चाडपर्वमा भएका राम्रा र नराम्रा संसस्कार पश्चिमीया जगतको प्रभाव पर्नु जस्ता पक्षमा प्रकाश पार्नु भएको छ। कृतिकारले यसलेखमा मानिदै आएको चाडपर्वमा केही न केही धार्मिक विश्वास छिपेको, वेद पुराण, उपनिषद र धर्मशासत्रले राम्रोसँग टेवा दिएको जनमानसमा धर्मप्रतिको प्रभाव गहिरिएकोले धर्ममा आस्था राख्नेहरूले यस्ता धार्मिक कर्ममा तल्लिन भएर लाएको पाइन्छ । हरितालिकामा कृतिकारको भनाईमा चार वेद, १०८ उपनिषद र १८ पुराण मध्ये भविष्य पुराणको उत्तर खण्डमा स्थान लिएको र छ र यो पर्वको सम्बन्ध शिवकी पत्नी पार्वतीसँग जोडिएको छ। पार्वतीकाे पहिलो जन्ममा दक्षप्रजापतिकी छोरी सतीदेवीको नामले कहलाएकी र उनले महादेव पति पाउने आराधना गर्दा सम्पन्न शाली दक्षले महादेव जस्तो भाङ, धतुरो खाने, बाघको छाला लगाउने, गोरुको वाहनमा चढ्ने, सर्पको माला लगाउने, जस्तालाई छोरी दिन्न भन्ने अठोट गरेको र विष्णु भगवानले सतीकी सङ्गीनी अलिकाको सहयोगमा आँफूले विवाहगर्ने वहानामा शिवको हातमा कन्यादान थमाइ दिएका र सतीदेवीले शिवलाई पति प्राप्त गर्न सफल भए पछि अलिकाले ताल मिलाइदिएकाले हरि र आलिका मिलाएर हरितालिका नामबाट यो पर्व मनाउन थालिएको भनिन्छ। यो पर्वमा श्रीमतीले श्रीमानको दीर्घायु, सुस्वास्थ र सुखमय दाम्पत्यजीवन बिताउनको लागि भगवान शिवको पूजा गरिन्छ। दक्षले ठूलो यज्ञ लगाउँदा, शिवजीलाई नबोलाएको, सतीले थाहापाई शिबलाई यज्ञमा सहभागी हुन जान अनुरोध गरेको तर शिवजी जान तयार नभएको र सती गए पछि दक्षले शिवलाई अपमानित शब्द बोलेकोमा सतीदेवीले अपमानित शब्द सहन असकी अग्निकुण्डमा हामफाली देहत्याग गरी, पुनः हिमालयकी पत्नी मेनकाको गर्भबाट पार्वतीको जन्म भएको र पुन तपश्या गरी महादेबसँग विवाह गरेको कथा यसलेखमा समाबेस गरिएको छ। यस पर्व खास गरी भाद्रशुक्ल प्रतिपदा देखि सुरुहुन्छ, दुतीयाका दिन दर खाने तृतीयाका दिन उपवास बस्ने र पञ्चमीका दिन ३६५वटा दतिवन टोकेर सप्तऋषीको पूजा गरिने गरिन्छ। यो पर्व खास गरेर महिनावारी भएका बेलासँग सम्बन्धित पनि छ। भनिन्छ महिनावारी भएको पहिलो दिन महिला चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन नुहाइ सके पछि चोखिने र त्यसमयमा छोइछाईबाट हुनजाने आदि खाले पापबाट मुक्तहुनको लागि यस्ता कर्म गरिने पनि कृतिकारले औंल्याएका छन्। यस लेखमा कृतिकारको धारणमा पर्वहरू जुनरूपमा मनाउनु पर्ने हो सोही रूपमा मनाउनु पर्दछ तर पर्व मनाउँदा यसमा विकृति भित्रिन दिनुहुँदैन भन्ने ठहर छ।

कृतिकारले सामाजिक चेतना मूलक, संस्कृतिको संरक्षण र सम्बर्धन, स्थानिय परिचयात्मक, र अतितको स्मरणलाई प्रष्ट्याउने लेखको रूपमा कृतिलाई पस्कनु भएको छ। शीर्षकको सार्थकताको रूपमा मूल्याङ्क गर्दा यथा नाम तथा गुण भन्न सकिन्छ। भाषागत रूपमा मूल्याङ्कन गर्दा सरल, अभिव्याक्ति धाराण प्रष्ट, मीठासपूर्ण लेखाइले गर्दा लेखलाई सुनमा सुगन्ध थपेको छ। कृतिको रचना, स्वदेश र विदेशका प्राकृतिक सौन्दर्य, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक पक्षहरूलाई टपक्क टिपेर कृतिलाई सजाइएको छ। कृतिमा समावेश गरिएका पात्रहरू विविध खाले छन् जस्तै शैक्षिक बर्गका व्याक्तिहरू, राजनीतिक व्याक्तिहरू, साधुसन्त, स्वदेशी विदेशी आदि।

यात्रा स्वदेश र विदेशको अनूभूति शिक्षा र संस्कृतिको, नामाकरण गरी प्रकाशित यो कृतिमा समालोचकीय दृष्टिबाट कुनै त्रुटीहरू छैनन् भन्न त सकिदैन तर कृतिकारले प्रस्तुत गर्न खोजिएका धारण, भावना, प्रष्ट छन् र पठनीय छन्। शिक्षा क्षेत्रमा धेरै अनुभव बटुलेका कृतिकारले पोखेका अभिव्याक्ति शिक्षाक्षेत्रको लागि एउटा माग्दर्शन बन्न पुगेको छ। धर्म र संस्कारको नाममा विकृति आउनु हुन्न, भन्ने सन्देश कृतिले दिएको छ। कृतिकारले यस्तो गहन कृति प्रदान गरेकोमा धन्यवादको पात्र हुनुहुन्छ र दोस्रो कृतिको कामना सहित आजलाई यो विवगेचनाको यहीं नै समाप्त गर्दछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।