18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उज्ज्वल जी.सी. February 15, 2012, 10:51 pm

घमण्डले आपसमा फाटो हुन्छ साथी

सधैँप्यारो स्वदेशकै माटो हुन्छ साथी ।

सबै जाति भाषाभाषी पूmल हुँदै फुले

मेचीकाली सौन्दर्यको पाटो हुन्छ साथी ।

स्वाधीनता धमिलिने खेल जति हे¥यो

नेपालीको मुटुभित्र खाटो हुन्छ साथी ।

राष्ट्रलाई हिँडाउन युवा–शक्ति जुटे

डाँडापाखा समथर बाटो हुन्छ साथी ।

हिजोको झैँ सत्तालिप्सा नगरौँ न आज

नवजात गणतन्त्र लाटो हुन्छ साथी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।