19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फेसबुकको उज्यालो

कविता राकेश कार्की February 19, 2012, 6:58 pm
राकेश कार्की
राकेश कार्की

पहिले ऊ उनैमा हराएकोथ्यो

एकदम औधी मन पराएकोथ्यो

पोज पोजको फोटो सजाएकोथ्यो

फेसबुकमा जताततै छाएकोथ्यो

लाइक गर्नेका ताँती थिए

नाता गोता साथी थिए

कमेन्ट उन्को, दङ्ग रमाउथ्यो

उन्कै तारीफले वाल जमाउथ्यो

सँगै सँगैको फोटोमा ट्याग गर्थ्यो

लैला मजनु झैँ भान हुन्थ्यो

गोप्य थिएन सबै पब्लिक थियो

अहा त्यो साथ, कति खुशी थियो

त्यतिखेर ऊ फेसबुकमा उज्यालो छर्थ्यो

मलाई पनि त्यो उज्यालो मन पर्थ्यो

जो कोहीको फ्रेन्डलिष्टमा उ बल्थ्यो

सेकेण्ड मिनेट दिनचर्या मजामै चल्थ्यो

फेसबुकमा बादल धमिलिँदै गयो

उसको लेखाई पनि अमिलिँदै गयो

बिस्तारै रोमाण्टिक जोडीका फोटो हटायो

फेसबुक डियाक्टिभ गर्ने मेसेज पो पठायो

एक्कासी उ घोत्लिएर कविता फोर्न थाल्यो

उज्यालो मुनीको अँध्यारो कागजमा कोर्न थाल्यो

प्रेमीका छउन्जेल उज्यालिएर ऊ रवि भयो

प्रेमीकाले छोडेपछी दाह्री पालेर ऊ कवि भयो ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।