चुम्थें शिखर के गरौँ त, शिखर नै ढले पछि
कस्को के नै लाग्दो रैछ, भाग्य आफै जले पछि
भाग्य लेख्ने ईश्वरहरु, भित्र भित्रै गले पछि
मरुभूमि भा'छु नानु, तिमि खाडी चले पछि
कुन शहरमा छौ नि नानु, कुन रहरमा बाँच्यौं
कुनै दिन नसोचेको, कस्तो नाच नाच्यौं
भाग्य पनि गल्दो रैछ, ऐजेरु नै फले पछि
मरुभूमि भा'छु नानु, तिमी खाडी चले पछि
यस्तै रैछ जिन्दगीको, रीत जस्तै लाग्यो
उज्यालो थ्यो चारैतिर, एक एकै भाग्यो
जब रोयौ छाती पोल्यो, सपनी नै जले पछि
मरुभूमि भा'छु नानु, तिमी खाडी चले पछि
भैगो फर्की आउ भो नानु, जिन्दगी यो सारो भयो
सुख खोज्ने रहर बोकी, बाँच्न सारै गारो भयो
सपनाका रहरहरु, एक एकै ढले पछि
मरुभूमि भा'छु नानु, तिमी खाडी चले पछि |
वाशिंटन, डिसी