19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अर्जुन दाहाल “अपवाद” February 21, 2012, 8:31 pm

एक पटक नभेटि, फर्कनु रहर हैन

तिमी सँग म, तर्कनु रहर हैन ।।

ख्याल ख्यालैमा, के के भो तिमीसँग

त्यसै अश्रुधारा, दर्कनु रहर हैन ।।

एकै हो लक्ष्य, संगै जानुपर्ने

सिसा जसरी, चर्कनु रहर हैन ।।

मृदु वचन, वोल्नुपर्ने सधैं

आफन्तहरुसंग, झर्कनु रहर हैन ।

आफ्नै समस्या, प्रदर्शनको हतारो

उत्तम अवसर, घर्कनु रहर हैन ।।

सवैथोक विर्सिएर, वेहोसी वन्नुपर्छ

आलो घाउमा नुन, छर्कनु रहर हैन ।।

मिर्गे–५, दोलखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।