भित्तातिर फर्किएर आफूलाई जब हेर्छु
ऐनाको कठघरामा उभिएको देख्छु
अतितको चौघेरामा कति बसुँ घेरिएर
उघ्रे हुन्थ्यो नयाँ क्षितिज पूर्वैदेखि फेरिएर
मिर्मिरेको आकासतिर फर्किएर जब हेर्छु
फाट्टफुट्ट तारा किन हराएको देख्छु
झरी दर्किएको आकास हेर्न मन लाग्छ
तर किन खडेरीले मुटु सुकाउँछ
प्यास बोकी छहराको छाँगातिर जब हेर्छु
मसिएछ भेल बाढी धमिलो पो देख्छु
जोडिंदैछ आकास क्षितिज किन बेग्लाबेग्लै
मिसिंदैछन् भङ्गाला किनारा किन एक्लाएक्लै
रात मास्न आँफू जल्ने मैनबत्तिलाई जब हेर्छु
मेरो जीवन अन्धकारमा हराएको देख्छु