अघि बढौं नेपाली हो मातृभूमि बोक्दै
फलौंफुलौं सबै मिली स्वाभिमान रोप्दै
अँध्यारा ती वस्तीहरुमा नयाँ किरण छर्दै
सुख,शान्ति, समृद्धिलाई आँगनीमा गोड्दै
अघि बढौं नेपाली हो .................... ।
थोपा–थोपा पसिनाले गरिबी थुम्का फोरी
नयाँ–नयाँ बिहानीमा सुनौलो भाग्य कोरी
अघि बढौं नेपाली हो मातृभूमि बोक्दै
फलौँफुलौँ सबै मिली स्वाभिमान रोप्दै
अध्यारा ती वस्तीहरुमा नयाँ किरण छर्दै
सुख,शान्ति, समृद्धिलाई आँगनीमा गोड्दै
अघि बढौ‘ं नेपाली हो .................... ।
नौजवान पाखुरीले शक्तिको मूल खोज्दै
कर्म फुल्ने हत्केलामा अनेकौ‘ं शीप रोज्दै
अघि बढौ‘ं नेपाली हो मातृभूमि बोक्दै
फलौ‘फुलौ‘ं सबै मिली स्वाभिमान रोप्दै
अ‘ध्यारा ती वस्तीहरुमा नयॉं किरण छर्दै
सुख,शान्ति, समृद्धिलाई ऑंगनीमा गोड्दै
अघि बढौ‘ं नेपाली हो .................