17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्रष्टा कृष्णादेवी शर्मा (श्रेष्ठ

व्यक्तित्व / कृतित्व राजेन्द्र पहाडी March 5, 2012, 3:16 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

भूगोलका सीमारेखाको विश्लेषण गर्दा मुलुककै चौथो सानो जिल्ला मानिने पर्वतको मुडिकुवा गाउ“ विकास समितिमा बुवा नारायणदत्त गौंडेल र माता तुलसा गौंडेलको कोखबाट २००९ साल फागुन १५ गते यस धर्तिमा आ“खा उघार्न पुगेकी सशक्त तथा बहुमुखी प्रतिभाकी धनी नारीस्रष्टा कृष्णादेवी शर्मा (श्रेष्ठ) भर्भराउ“दो आगोका लप्का खा“दै निखारिएको फलामजस्तै नेपाली साहित्य सिर्जनाको फा“टमा उदाएकी हुन् । बाल्यकालदेखि नै जीवनका हर खुट्किलामा तरह–तरहका चुनौती र कठिनाइहरुस“ग पौंठेजोरी खेल्दै उज्यालोको खोजीमा अनवरत अघि बढेकी यिनले जीवनलाई कहिल्यै मुर्झाउन र सुस्ताउन दिइनन् । उ बेलाको सनातनी, पुरुषप्रधान र रुढिग्रस्त समाजिक संरचनालाई चिर्दै शिक्षा हासिल गर्नेदेखि लिएर निरन्तर दिव्य २८ वर्षसम्म आफ्नो ज्ञान, सीप र धारणालाई शिष्यहरुका बीचमा सिञ्चन गर्न समेत यिनले भ्याइन । सार्थक, सभ्य र सुरवी जिन्दगीको उपादेयतालाई अन्तरहृदयदेखि नै बोध गरेकी यिनले आफ्नो लामो शिक्षण पेशाको विश्रान्तिस“गै साहित्य सिर्जनको कर्ममा लगभग बा“की सबै समय अर्पित गरेको देखिन्छ । यस अर्थमा यिनी च्भतष्चभम दगत लयत तष्चभम प्रतिभा हुन पुगेकिछन् ।

आफ्नो वेभ लेन्थ मिल्ने र अत्यन्त शालिनताका धनी विद्वत व्यक्तित्व जीवनसाथी उद्योगबहादुर श्रेष्ठको अटुट साथ र दर्बिलो समर्थनमा लेखनको महासागरमा हाम फालेकी यिनले आजपर्यन्त सुनाखरी र लालीगुरा“सको देश (कवितासङ्ग्रह, २०५७), नारायणहिटी पर्व (तीजगीत स“गालो, २०५८), अत्याचारी घर (तीजगीत स“गालो, २०५९), घरभेटी भाउजू (कथासङ्ग्रह, २०५९), प्रजातन्त्रमा प्रश्नचिन्ह ? (तीजगीत सङ्गालो, २०६०), स्मृतिको एक झिल्को (खण्डकाव्य, २०६२), निर्झरिणी (गजलसङ्ग्रह, २०६३) र सृष्टिसौगात (छन्दोबद्ध कवितासङ्ग्रह, २०६५) गरी कूल आठवटा कृति सार्वजनिक गरिसकेकीछन् । हाल छिटफुट समालोचना, गीत, गजल र महाकाव्यको लेखन लगायत अन्य सिर्जनामा जुटिरहेकी यिनले मूलतः समकालीन समाजका तीता–मीठा पक्ष्ँलाई उजागर गर्नु आफ्नो धर्म सम्झेको बुझ्न सकिन्छ कृष्णादेवीकृत सिर्जनाहरुको अध्ययन गर्दा । देशले शाही शासनको अतिशय अचाक्ली भोगिरहेका समयमा कृष्णादेवीले तीजगीतको माध्यमबाट उतिखेरको शासकीय अव्यवस्था, अतिसार, अन्याय, शोषण र सबैखाले अतिवादको कटु आलोचना र विरोधका स्वर गुञ्जाएकी थिइन् भने आफ्नो पहिलो सिर्जना कृतिमा नेपाली ग्राम्य समाजको प्राकृतिक सौंन्दर्य, छटा, छहरा, मनमोहक दृश्य आदिबाट प्रभावित भएर ‘सुनाखरी र लालीगुरा“सको देश’ रचना गर्न पुगिन् । उनका हरेक कृति समय सान्दर्भिक विषय र प्रकृतिप्रेमबाट पालित ऊर्जामा आधारित भएको अनुभूत हुन्छ ।

साहित्यकार कृष्णादेवी अध्ययन, उमेर, अनुभव, अभ्यास र अनुसन्धानको लम्बेतान परीक्षाबाट सकुशल उत्तीण भएकी स्रष्टा र द्रष्टा दुबै हुन् । यिनीस“ग लेखनका लागि भकारीका भकारी विषयवस्तु छन् भने दृष्टि विचरणका लागि हजारौं कुन्युका थुप्राहरु छन् । समालोचना र समीक्षाका लागि दर्बिलो अन्तरदृष्टि छ यिनीस“ग । यिनले गरेका छिटफुट समालोचनाभित्र बिछट्टैको दम र लेखकीय उम्दापन छ । एकातर्फ गुल्जार जीवनका सुन्दर फूलहरुको चाङ छ भने अर्कातर्फ विषम अनुभूतिका गा“ठागु“ठीहरु कृष्णादेवीका खोकिलामा प्रसस्तै छन् । यसैभएर होला यिनी कहिले कविताको माध्यमबाट आफ्ना उच्छवासहरु उग्राउ“छिन् भने कहिले गजलका शेरमार्फत तृणमुल तहका नागरिकको आवाज गुन्गुनाउ“छिन् । कोमल हृदयकी धनी यिनी आफ्नी कर्मदिने माता भागीरथी पौडेलप्रति कृतज्ञता अर्पित गर्न कसैगरी भुल्दिनन् । जन्मथलो पर्वतको मुडिकुवा, कटुवाचौपारी, कुश्मा, फलेवास खानीगाउ“प्रतिको बात्सल्य प्रेम, सानिध्य र स्नेहबाट सिञ्चित यिनको देह प्रगतिनगर, नवलपरासी बसेर पनि ढुक्क बन्न नसकिरहेको यिनका लेखकीय भनाई निरुपण गर्दा ज्ञात हुन्छ । काम, दाम र नामका लागि जे पनि गर्न तयार हुने आजको जमानाका मान्छेका लागि यी प्राणी भिन्दै प्रतित हुन सक्छिन् । तथापी यिनी हि“ड्ने पथ सपाट र लोभमुक्त छ । दोष र खोटमुक्त छ । दुनियाको भलोमा आफ्नो भलो देख्ने यिनको स्वभाव र स्वभावअनुकुलको व्यवहार यिनको अनुकरणीय पक्ष हो भन्न सकिने थुप्रै आधारहरु छन् ।

जागिरे जीवनबाट उभ्रेको बा“की समय साहित्य सिर्जनाका माध्यमबाट समाज र राष्ट्रका लागि अर्पित गर्ने यिनको भावना स्तुत्य छ । बन्दनीय छ । नारी साहित्य समाज, नवलपरासीको अध्यक्ष समेत रहेकी सर्जक कृष्णादेवी अविश्राम साधनाको पक्षमा हेलिएर लागेकीछन् । आफू संलग्न साहित्यिक संस्थाको तर्फबाट साहित्य क्षेत्रको सम्बर्धन र प्रवर्धन गर्न कम्मर कसेर लागेकी यिनले उदीयमान लेखकदेखि पाको पुस्ताका सर्जकसम्मलाई यथोचित स्थानदिन सम्मान र कृति प्रकाशनमा लागिरहेको देखिन्छ । एउटी महिलाको रुपमा कृष्णादेवीको आ“ट, उत्साह, समर्पण र जा“गरलाई जति नै प्रशंसा गरेपनि अधुरो र अपुरो नै हुन्छ भन्ने लाग्छ । हाम्रो समाजमा आजपनि थुप्रै दिदीबहिनीहरु चुलोचौको कै नेराघेरामा रहिरहेको अवस्था छ । महिलामुक्ती, अधिकार र स्वतन्त्रताका कुरा भाषण वा कागजमा मात्र सीमित भएको अवस्था पनि छ । आधा आकाश र आधा धर्तिका पहरेदार मानिएका महिलाको स्तरोन्नतीका लागि राज्यले ३३ प्रतिशत आरक्षण गर्ने प्रावधान पनि ल्याएको छ । तर कृष्णादेवी जस्ता जुझारु महिलाका लागि यी सबै अवस्थाहरु गौण विषय बनेकाछन् । यिनी साहित्यको फा“टमा स्वतःस्फूर्त रुपबाट दृढताका साथ उदाएकी तिख्खर प्रतिभा हुन् । जसले समाज र राष्ट्रका लागि अमूल्य योगदान दिइसकेकी छन् भने यो क्रमले निरन्तरता पाइरहेको छ । यिनी औसत नेपाली महिलाहरुका लागि त्यस्तो दीयो हुन् जसले आफू बलेर अरुलाई उज्यालो दिने सामथ्र्य राख्छिन् । यिनी कहिल्यै पनि प्रतिशत र अंशका पछि लागिनन् । बरु आफ्नो स्तरभन्दा धेरै तल रहेका दिदीबहिनीहरुलाई सशक्तीकरण गर्न र जागृत गर्न यिनको मेहेनत खर्चेको छ । आफ्नै बलबुताले आजको अवस्थामा आइपुगेकी सर्जक कृष्णादेवी कृष्णागण्डकी (कालीगण्डकी) जत्तिकै पवित्र, निर्मल र निश्कलङ्क हैषियत सहित काव्य सिर्जनामा जुटिरहेकीछन् ।

अलिकति विगतमा फर्केर पर्गेल्दा अग्रज साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ) मेरो बुवा (ज्ञानेन्द्र पहाडी गिरी) को विद्यालयकालको सहपाठी हुन् यिनले २०२५ सालमा पर्वत सदरमुकाम कुश्माको श्री नारायण मावि (हालको नारायण उच्च मावि) बाट पहिलो ब्याचको रुपमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिइन् । त्यतिखेर म जन्मेकै थिइन । पछि त्यस विद्यालयबाट मैले पनि आफ्नो प्रारम्भिक अध्ययन पूरा गरेको हु“ । लेखन कार्यमा रुची र अभ्यास पहिलेदेखि कै भएपनि अध्ययनका क्रममा काठमाण्डौं रहेकाले जिल्लाका सबै साहित्यकारहरुस“ग परिचित हुने अवसर मिलेको थिएन । २०५७ मा जिल्ला फर्केपछि पर्वतेली नारीस्रष्टा कृष्णादेवी शर्मा (श्रेष्ठ) स“ग साक्षात्कार हुने अवसर मिल्यो र उनको सिर्जनक्ष्ँेत्रको लगाव, समर्पण एवं निष्ठाबाट प्रभावित भए“ । वास्तवमा आफ्नो जन्मथलो, इष्टमित्र, वातावरण र समग्र परिवेशप्रति अतिसारो मोह राख्ने उहा“को स्वभावले मलाई सधैं उत्प्रेरित गरिरहन्छ । पर्वतको साहित्य क्षेत्रमा गोमादेवी लगायतका नारी स्रष्टाले कोरेको गोरेटोमा सम्भवतः यतिका धेरै कृति पस्कने उनी अग्रणी स्थानमा छन् भन्ने मलाई लाग्छ ।

मैले जे जती बुझेको छु, कृष्णादेवी सरलता, निश्छलता, कपटहीनता, दया, माया र स्वार्थरहित सेवाभावले ओतप्रोत लेखिका हुन् भन्ने मेरो ठम्याई रहेको छ । आफ्नै परिवेश, दिनचर्या र समाजमै देखे, भोगेको विषयवस्तुलाई टपक्क टिपेर अत्यन्त सरल, सहज, सरस र सुबोध्य ढंगले प्रस्तुत गर्न सक्ने उनको विशिष्ट प्रकृतिको लेखन शिल्प नै उनको परिचय हो भन्न सकिन्छ । समाजमा तथाकथित ठूलाठालू र सुकिलामुकिला भनाउ“दाहरुले गर्ने अतिसारपूर्ण व्यवहारको सिर्जनाका माध्यमबाट खेदोखन्नु, दुत्कार्नु र तिनको गलत वृतिलाई नाङ्गेझार पार्नु यिनका लेखनका विशेषता हुन् । यिनी आफ्ना सिर्जनाका मार्फत निर्धक्क गरिब, निमुखा, सोझासिधा र कर्मभिरु नागरिकका पक्ष्ँमा सतिसाल झैं उभिन सक्छिन् । कसैको चाकडीका लागि लेख्ने र फगत झुट्टा भजन गाउने कुरामा यिनलाई रत्तिभर विश्वास छैन । यिनीकृत लगभग सबैजसो कृतिमा समाजको विसंगत अभ्यासको उछितो काडिएको र सभ्य तथा समुन्नत समाजका पक्ष्ँमा निर्भय वकालत गरिएको भेटिन्छ । अपेक्षा गर्न सकिन्छ की आजका दिनसम्म आफ्नो भिन्दै पहिचान कायम राख्दै अघि बढेकी यिनले आगामी दिनहरुमा पनि आफ्नो लेखकीय मर्म र धर्मलाई लत्याउने छैनन् ।

यिनका रचनागर्भमा सत्यका पक्षको वकालत हुन्छ भने असत्यको बद्ख्याई गर्ने चाहना हुन्छ । यिनले समाजको अन्तर्यमा पुगेर लेखनका लागि सामल जुटाउन सकेको देखिन्छ । शान्ति, स्थिरता, सुख, समृद्धि, सु–स्वास्थ्य, सदाचार, सहयोग, सद्भाव, शालिनता, साकारात्मकता आदि यिनका लेखनका आधारभूत शर्त बनेको देखिन्छ भने अन्याय, अत्याचार, असुरक्षा, अतिचार, व्यभिचार, दुराचार, विसंगति, कुकृत्य आदिको खुलेरै विरोध गर्नु लेखनको उद्देश्य रहेको बुझिन्छ । यिनका हालसम्म प्रकाशित सबैजशो कृतिहरुले यो वा अर्को ढंगले सु–संस्कृतिका पक्षमा पैरवी गरेकाछन् भने खराब तत्वको विरुद्धमा जोडदार आवाज बुलन्द गरेकाछन् । यिनका कतिपय रचनाहरुमा विगतप्रतिको प्रेमको झल्को पाइन्छ भने कतिपयमा घृणाको तुष र अमिलोबान्ता । लेखनको लक्ष्यमा प्रष्टता भएकैले हुनुपर्छ यिनी समाज र समयप्रति जवाफदेही देखिन्छिन् । पछिल्लो समयमा झा“ङ्गिदै आएको गुटगत, दलगत, समूहगत र पुरस्कार–सम्मानकेन्द्री लेखनको सा“घुरो घेराबाट मुक्तभएर जीवन, जगत र समस्त मानव समाजका लागि साहित्य सिर्जना गर्ने मार्गमा अविचलित लाग्न सकिन् भने कृष्णादेवीको आगत प्रकाशमय हुनसक्ला भन्ने आग्रहलाई अन्यथा मान्न पनि मिल्दैन ।

पर्वतको हिलो–धुलोमाटोमा खेल्दै हुर्केकी र जीवनको लामो कालखण्ड यसै जिल्लामा बिताएकी स्रष्टा कृष्णादेवी हाल नवलपरासी जिल्लामा रहेबसे पनि आफ्नो मातृभूमिको माया चटक्क बिर्सन सकेकी छैनन् । त्यसैले अहिले पनि यिनी मोती पुस्तकालय, खानीगाउ“–फलेवास र पर्वत साहित्य सङ्गमको आजीवन सदस्यको रुपमा रहेकीछन् । त्यसो त यिनको साहित्यिक सम्लग्नताको फेहरिस्त लामै छ । जनमत साहित्यिक मासिक–काभ्रेको संरक्ष्ँक सदस्य, रत्न श्रेष्ठ पुरस्कार गुठी–बागलुङ र हाम्रो मझेरी साहित्य प्रतिष्ठान–चितवनको आजीवन सदस्य, प्रेमा साहित्य प्रतिष्ठान–नवलपरासीको उपाध्यक्ष, गजलमञ्च–चितवनको सदस्य हु“दै अन्य धेरै सामाजिक तथा साहित्यिक संघसंस्थामा आवद्ध रहेकी यिनी अग्रज पुस्ताका स्रष्टालाई सम्मान र अनुज पुस्ताका लेखकहरुलाई उत्साहित गर्न कञ्जुस्याइ“ गर्दिनन् । पछिल्लो समयमा नवलपरासीका जानेमाने साहित्यकारहरुको सूचीमा आफ्नो स्थान सुरक्षित गर्न सफल यी नारीस्रष्टा कृष्णादेवीले धवलागिरी र लुम्बिनी अञ्चलको सम्बन्ध सेतुको रुपमा पनि भूमिका निर्वाह गरिरहेकीछन् ।

सक्रिय लेखनको छोटै समयमा पनि साहित्यिक÷सामाजिक क्षेत्रबाट यिनको यथोचित मूल्याङ्कन हुने माहोलले निरन्तरता पाएकै अवस्था छ । हालसम्म यिनी केवलपुरे जनमत सम्मान–२०६४, दामोदर पुडासैनी प्रतिभा सम्मान–२०६४, लक्ष्मी स्मृति साहित्य तथा नया“ मौसम पाक्षिक सम्मान–२०६४, कालिका स्रष्टा सम्मान–२०६५, कालीगण्डकी साहित्य कला पुरस्कार–२०६८ लगायतका पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित भैसकेकीछन् । आशा गरौं आगामी दिनहरुमा पनि यिनको साहित्यिक योगदानको कदर समाजका विभिन्न क्ष्ँेत्र तथा राज्यको तर्फबाट समेत हुनेछ । जीवनको ६० औं बसन्तमा पाइला राख्न लागेकी स्रष्टा कृष्णादेवी शर्मा (श्रेष्ठ) साच्चिकै पर्वत जिल्ला, धवलागिरी अञ्चल र हाल बसोबास रहेको नवलपरासी र लुम्बिनी अञ्चलको मात्रै नभएर सिङ्गो नेपाल राष्ट्रको धरोहरको रुपमा स्थापित हुन सक्नु पर्दछ भन्ने कामनालाई अन्यथा मान्न पनि मिल्दैन । तसर्थ कामना गरौं, यिनका पाइला निर्वाध लेखन कार्यमा थप उत्साह र ऊर्जाका साथ अघि बढिरहुन् । लाख–लाख शुभकामना । मुरीका मुरी सुभेच्छा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।