19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्यो पहाड

कविता तिलक प्रसाद बरुवा March 8, 2012, 6:49 pm

मेरो झ्यालबाट देखिने पहाड घरहरुले छोपिएछ;

सधैं देखिने पहाड।

सुतेर उठ्नेबित्तिक्कै म त्यहाँ घाम झुल्केको हेर्थें

अनि बेलुकी सुर्यास्त।

पहाड हेरी-हेरीकन

मैले कविता कोरेको थिएँ

बनाएको थिएँ रङ्ग-बिरङ्गी तस्वीर

जसले हाँस्नु सिकेका थिए

बोल्नु पनि सिकेका थिए।

त्यै पहाडलाई

हिजआज घरहरुले छोपेछ।

बिस्तार बिस्तार अग्लो हुँदै

पहाडको अग्लोपनाको तुजुकको

ढुकढुकीमा रमाइरहने चराहरु

पहाडको प्रचण्ड चित्कार सुनेर

एक दिन छ्क्क परे।

पहाड्ले चिच्च्याई- चिच्च्याई भन्यो

अहिले पनि केही उपाय गरिहाल

होइन भने

यी घरहरुले

एकदिन आकासलाई पनि छोप्नेछ।

गुवाहाटी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।