19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ March 12, 2012, 10:11 pm

आजबाटै फूल थुंगाको नाउँ मेरै होस्

उनले टेक्ने गोरेटो र गाउँ मेरै होस्

भंगालोमा हात देओस अंगालोमै लिउँला

जीवन नदी संगै तर्ने नाव मेरै होस्

अकबरी अजम्बरी माया तिनलाई भो

कोमल हातले सुम्सुम्याउने घाउ मेरै होस्

परी नाचोस बगैंचामा माली हेरिरहोस्

स्वर्गजस्तो सुन्दर सुन्दर ठाउँ मेरै होस्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।