19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ऋषि बस्ताकोटी March 12, 2012, 10:20 pm

भागबण्डामा यस्तै प¥यो, मेरो भागमा काँडा प¥यो,

मनको काँडा मिmकँु भन्दा जाने ठाँउ टाढा प¥यो र

रोजेको त वसन्त हो, आफ्नो प्यारो वनफूल नै हो,

किन सँधै सँधै उस्तै फेरि उजाड डाँडा प¥यो र

धर्मकर्म गरेकै हो, मन्दिर मन्दिर धाएकै हो,

फेरि सँधै सँधै उस्तै ईश्वर धर्मछाडा प¥यो र

बिरालोले भान्सा पायो, स्यालको विहे जस्तै भयो,

भान्से पहिल्यै अघाएछ यता रित्ता भाँडा प¥यो र

रुपको बखान चल्दाखेरि यस्तै हुन्छ यतातिर,

नतिजामा मmन अगाडि रुपहारा गाँडा प¥यो र

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।