हावा जस्तै गीत गायौ, फूल जस्तै प्रित लायौ
अँधेरीको जून बनि जिन्दगीमा तिमि आयौ ।
उस्तै लाग्छ बिहान मलाई जस्तो मिठो साँझ पर्छ,
केहि पिउन नपाई तिम्ले कति मिठो मात लायौ ।
आँखा भित्र बसेकी छौ, मुटु भित्र पसेकी छौ,
टाढा कतै जान नदिई खै केले कसेकी छौ ।
कहाँ बाट आयौ तिमि, उड्दा उड्दै पञ्छि जस्तै
गुँड बनाई तिमि मेरो दिल भित्र बसेकी छौ ।
परेलीमा राख्न खोज्छु, झर्छौ भन्ने डर लाग्छ,
मुटु भित्र राखौं भने आँखा भन्दा पर लाग्छ ।
बिर्सि सकेँ आफन्तलाई, पराई लाग्छन सवै अरु
किन किन मलाई अचेल तिम्रै मात्र भर लाग्छ ।