18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश नेपाल March 13, 2012, 6:38 am

मैले अब बाच्ने ठाउं, नेपाल मात्रै देखेको छु

नेपाल कै नाममा हजुर, एउटा गीत लेखेको छु |

धेरै आए अन्धेरिमा, तारा झर्ने कुरा गरे

भोको पेट, नाङ्गो ढाक्ने, धेरै मीठो कुरा गरे

छुल्याई, फटाई, झुक्याउने, सबै भित्र देखेको छु

नेपाल कै नाममा हजुर, एउटा गीत लेखेको छु |

लुछेका छन्, डसेका छन्, रगत जति चुसेका छन

आफ्नै दाउ ढुकेका छन्, डाँका सरि घुसेका छन्

कति दिन सहि बसुँ, सारै सास्ती देखेको छु

नेपाल कै नाममा हजुर, एउटा गीत लेखेको छु |

चारै तिर आकाशमा, गिद्धहरु झुमेका छन

जता ततै ब्वाँसाहरु, दाउ हेर्दै घुमेका छन

बाघको छाला ओडी हिड्ने, स्यालहरु देखेछु

नेपाल कै नाममा हजुर, एउटा गीत लेखेको छु |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।