18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी March 19, 2012, 2:55 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

उज्यालो नभएको दिन म

जुन नभएको रात म

सुन्न नचाहने कसैले

कस्तो भएँ बात म

परिस्थितिको आँधिमा उडेर म

नचाहेर कता कता पुगें म

आफ्नो एउटा थलो नभएको

सुकेको पात भएँ म

यसको लागि त्यहाँ पुगे म

त्यसको लागि कहाँ कहाँ पुगें म

मतलब पुगे पछि तर

छोडिएको साथ भए म

ऊ हाँस्दा हाँस्ने म

ऊ रुँदा रुने म

उसको लागि स्वर्ग नै धरतिमा ल्याउँदा पनि तर

नजरमा उसैको भोग्नु पर्ने कस्तो श्राप भएँ म

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।