19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शुभकामना खेती

कविता राजेन्द्र पहाडी March 18, 2012, 7:13 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

एक ठेली शुभकामनाका

प्रचार सामग्री

काखी च्यापेर

ऊ हतार र बेहोशी दौडिरहेछ

चोक, गल्ली र खुल्ला सडकमा

दशैं, तिहार, महः पूजा,

नेपाल सम्बत्, छठ,

बकर इद, क्रिस्मस र आदि इत्यादि

सुभेच्छा बा“ड्ने बहानामा,

आफ्नै प्रचारको खेती गर्न

कार्ड छपाउ“छ ऊ

हुलाक कामविहिन भएको देखेर

दुईबीस कार्ड जिम्मा लगाउ“छ

टा“चा लगाएर

ठालूहरुको ठेगानामा,

र मेट्छ शुभकामना बा“ड्ने प्यास ।

ऊ अर्थात् ऊहरु

पत्रिकाका पानामा आफ्नो फोटो छाप्छन्–

खिसिक्क नक्कली मुस्कान सहितको

र दुनियालाई उल्लु बनाउ“छन् ।

शुभकामना र बधाईको बहानामा

फेसबुकको भित्तो टालेर

बेतुक प्रचार सामग्रीले

आत्मरतीमा बा“च्छन् ऊ र ऊहरु ।

प्रचारको फाइदा जानेका यिनीहरु

हल्लाको काइदा बुझेका यिनीहरु

कहिले हुकिचिल हुइ“किन्छन्

कहिले गुमनाम स्थलतिर सुइ“किन्छन्

अनि...

रेडिमेड समाचार छापेर छापामा

कपिड न्यूज पढाएर एफएममा

अब्बल घोषण गर्दै आफूलाई

अनन्त शुभकामना बा“डिरहेछन्

ऊ र ऊहरु ।

झिना–मसिना ठानेर अरुलाई

बेइमानी र घमण्डको लात्तो हान्नेहरु

आफ्नो ‘माल’ को गुणवत्ता

दाउमा लगाइरहेछन् सडकभरी

र निरपेक्ष मसिहा ठानिरहेछन् आफूलाई

विश्व विजेता झैं ।

सडक पेटीका दुबै किनारा

हात थापेर प्रसस्तीको

भिख मागेर अमरत्वको

श्रेष्ठ भनी माग्न

वीर भनी ठान्न

याचना गरिरहेछन्

शुभकामनाको बहानामा

अशुभ खेल खेलिरहेका

ऊ र ऊहरु ।।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।