18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुनिल सङ्गम March 23, 2012, 1:29 am

कति बाँच्नु तोला-तोला भाँची-भाँची मन

कति बाँच्नु थोपा-थोपा साँची-साँची मन

कहिले त बाढी भई बाँच्न मन लाग्छ

कहिले त आकाश भई हाँस्न मन लाग्छ

हिजो उस्तै आज उस्तै भोलि पनि उस्तै

बद्लिएर गए ऋतु गिन्दगी त उस्तै

कति बाँच्नु पला-पला भाँची-भाँची मन

कति बाँच्नु धुजा-धुजा साँची-साँची मन

कहिले त बाढी भई बाँच्न मन लाग्छ

कहिले त आकाश भई हाँस्न मन लाग्छ

यता छैन उता छैन कतै केही छैन

कहाँ गयो मेरो खुशी कतै भेटिदैन

कति बाँच्नु कुट्का-कुट्का भाँची-भाँची मन

कति बाँच्नु घुट्का-घुट्का साँची-साँची मन

कहिले त बाढी भई बाँच्न मन लाग्छ

कहिले त आकाश भई हाँस्न मन लाग्छ

लिस्बोन,पोर्चुगल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।