18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की March 23, 2012, 1:33 am
राकेश कार्की
राकेश कार्की

जति जति टाढा गयौ

उति उति रित्तो भएँ

छाना जग कै नभाको

ठिङ्ग्रीङ्ग भित्तो भएँ

चोट तिमीले देको हैन

आफै नै लागेको हो

झरी दिएँ त्यसै त्यसै

न त आँशु मागेको हो

खुशी तिमीले लग्या हैन

मलाई छोडी गएको हो

सम्झिरह्यो त्यसै त्यसै

यो मन्लाई के भएको हो

माया तिमिले मार्या हैन

म मायामा भुलेको हो

उन्मुक भै त्यसै त्यसै

यो मन् भित्र फुलेको हो

लस् एन्जेलस्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।