19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविताको कथा /सीधाप्रसारण

कविता सुधीर छेत्री March 22, 2012, 6:14 pm

एउटा अर्द्धवयस्क सेतै फुलेको नेता

विधानसभामा बोलिरहेथ्यो ह्न बोलिरहन्छ,

मेरो राज्यमा

एक हजार सत्तर हत्या भयो यसवर्ष

दुइसयजति बलात्कारहरू

जुन पोहोर-परारको आँकडाभन्दा धेरै कम छ।

हत्याको सङ्ख्या घटिरहेछ।

नेपथ्य :

गोसखानमा खसीहरू

कति काटिए यस वर्षको चॉंडमा,

सोध्न गइरहेछ

एक शाकाहारी कवि।

***

ठूला बन्दुक बोकेका

भीषण अङ्गरक्षकहरूले चारैतिरबाट घेरेको

निकै ठूलो मान्छे

अर्फनेज शिशुहरूको होस्टेलमा

खानेकुरा बॉंड्न हिँडिरहेछ।

नेपथ्य :

अब फूल र नेहरूजीको प्रसङ्ग

कोट्याउनै नसक्नेगरी

विकलाङ्ग भएको छ कवि।

***

इतिहासले बगाएको

शैनिकशास्त्रको पुस्तक

टिस्टाको कमेरो पानीमा

तैरिन थालेपछि

शनिबारको हाटमा

युद्धका मेडलहरू

परिवारलाई हरियो परियो टनिक खोजिरहेछ।

नेपथ्य :

विशेषणका वस्त्रहरू खोलेर

न्यूड संज्ञाहरू

कलात्मक बन्नको निम्ति

भ्यागुताझैं उफ्रेर

ललितकलाको टेक्ने भुँइ खोज्छ।

***

अरू कविताहरू आजदेखि

कथा रच्नगएका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।