18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गीता खत्री April 1, 2012, 2:51 pm

प्रीतिको फूल नफुल्ने कुनै दिलनै हुंदैन

माया तिमीले दियौ भने बैरी कोही हुंदैन

सयौ फूल बगैचामा सबै उस्तै हुन्नन्

माया तिमीले छरिदेऊ बैरी कोही हुन्नन ।

सबैभन्दा राम्रो फूल मनैले छान्दछ

सयौं फूल भएपनि त्यसैले तान्दछ

गहुँ रोपी धानको आशा हामीले गर्नु हुन्न

माया तिमीले गर्यौ भने बैरी कोही हुन्न ।

बैंशको मुस्कानले प्रिती राम्रो फुल्छ

मायाकै मुस्कानले सबैको दिल झुल्छ

फूल भन्दा राम्रो दिल जोखी राख्नु हुन्न

माया तिमीले गर्यौ भने बैरी कोही हुन्न ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।