19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म जस्तै–जस्तै

कविता मणिराज सिंह April 1, 2012, 6:57 am

थुप्रै जून र सपनाहरू

जीवनदेखि डराएर

मसानघाटको छेवैछेउ

मृत्युसँग लुकामारी खेल्दै

एक मुट्ठी खरानी

र एक अङ्गालो माटोमा

अटाउन नसक्दा जिन्दगी

आशा र उमङ्गको दीयो सल्काएर

बुद्धत्वको स्वागतमा

प्रेम र ममताको अराजक बन्धन चुडालेर

पीडा र विक्षोवका लयहरू नङ्याएर

मसान करिरहेको लाश

मृत्यु गनिरहेको माया

आँशु पिइरहेका आँखा

वरसातले रूझेको रात

सबै–सबै

म जस्तै – जस्तै लाग्छ मलाई ।

डिलमा झोक्रिरहेको बकुला

रानीपोखरी छेउको त्यो बूढो घण्टाघर

रत्नपार्क भित्रको त्यो सौन्दर्यहीन चौतारीहरू

सिंहदरवार भित्रको क्षमताहीन मन्त्रालयहरू

कहिले पनि नभरिने

मेरो खाली – खाली पेट जस्तै

नशाले लठ्ठिएको मेरो आवाज

रहरहीन बाध्यताले गर्भधारण गरेकी

लाचार कुमारी युवती

साहाराहीन बहानाले डो¥याइएका डुंगा

पानी विनाको माछा

सबै सबै

म जस्तै–जस्तै लाग्छ मलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।