18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी April 1, 2012, 3:06 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

जुन तारा जागा थिए बेली चमेली सुबास साथमा

सम्झना छरिएका थिए चारैतिर एक्लो त्यो रातमा

खोज्दै थिए म ती पंक्तिहरु अलि अलि मेटिएको

आफ्नै कथा पढदै थिए म कसैद्वारा लेखिएको

गुन्द्री माथि थिएँ म फैलिएको थियो आँखा भरि आकाश

घरि घरि मलाई छोएर जाने गर्थ्यो पूर्वैया सितल बतास

बटुल्दै थिए सम्झनाका मोतीहरु राख्न मनको पेटारीमा

लाग्थ्यो चारै तिर छ कोही मेरो त्यो बादलु छहारीमा

समयको खोलामा बगेको मेरो त्यो आँशु हाँसो जिन्दगानी

खोज्दै थिए म एकचोटी मात्र उमेरमा फुल्ने फूल त्यो जवानी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।