अलिकति माया दिएर किन पल्कायौ तिमीले ।
प्रितको आगो बालेर यतै सल्कायौ तिमीले ।
बैरागको लेउले मेरो, खाँदैथ्यो मनको छेउ,
जलप लगायौ सुनको, आँफै टल्कायौ तिमीले ।
दिलको दियोमा तिमी तेल थप्दै आउ ।
हुरी चलेछ भने, दुईहातले छेक्दै आउ ।
आकाशझै मेरो प्रेमकी चन्द्रमा बन्यौ तिमी,
दैलो उर्घार्छु मनको प्रितमा टेक्दै आउ ।
तिम्रै ओठमा फुल्छन अनेक फूलहरु अचेल ।
फुट्दछन प्यारका शितल यहाँ मूलहरु अचेल ।
घाईते बनायो तिम्रो मादकी प्रितले मलाई,
खै कसरी गाढ्यौ, नशाका शूलहरु अचेल ।