18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत ललिता 'दोषी' April 10, 2012, 5:32 am

जति उज्यालो खोजूँ

त्यति निस्तब्ध रात छ

जति बिर्सिउ"m भन्छु

त्यति विगतको याद छ ।

जति हाँस्न खोजूँ

त्यति दर्द बढ्दैछ

बिर्सिउ"m भन्छु आफूलाई

झनै आँसु र्झदछ ।

जति बहार खोजूँ

पतझर अघि सर्दछ

खाटा लाग्छ भन्छु घाउ

झनै उकुच पर्दछ ।

जति हिँड्न खोजूँ

पाउ उँधो र्झदछ

किन विभ्रंश घात

मलाई मात्र पर्दछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।