19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दरी प्रतियोगिता र मेरी छोरी

कविता नारायण तिवारी April 9, 2012, 9:50 pm

छोरी !

तिमीलाई म भन्दिन सुन्दरी प्रतियोगितामा

भाग लिन नजाऊ

किन नजानु ? जाऊ

मिस कोसी, मिस नेपाल मात्र किन

विश्व सुन्दरीकै प्रतियोगितामा भाग लिन जाऊ

र सक्छ्यौ भने सबैलाई उछिन ! पछार !!

तर छोरी !

तिमी मेरो मात्रै होइन

नेपालकै छोरी हौ

त्यहा“ मिष्टर जोसुकै जजले

तिमीलाई नाङ्गै पारेर

जा“च्न खोज्यो भने तिम्रो सुन्दरता

त्यसलाई दरोगरी चड्कन लगाइदेऊ

ताकी फेरि–फेरि त्यस्तो क्षुद्र आ“ट

नगरोस् कुनै जजले... ।

सुन्यौ होला छोरी तिमीले

नेपालमा पनि शरीर नाङ्गै पारेर

जा“च्न खोजियो रे ‘सुन्दरता !’

मलाई विश्वास पटक्कै छैन,

त्यसरी पनि जा“च्न खोजियो होला सुन्दरता

प्रतिष्ठित बुद्धिजीवी, प्राध्यापक, साहित्यकारहरूले

त्यसो गरे होलान्

मलाई कसैगरी विश्वास छैन

कसरी विश्वास पनि गरु“

देश जा“च्ने डाक्टरहरू

नाङ्गै पारी सुन्दरता जा“च्ने डाक्टर

भए होलान्

तर छोरी मानौं त्यसो भयो,

त्यसो गरियो भने पनि

जोसुकै होस् त्यहा“

बुवाको मिल्ने साथी नै किन नहोस्

कोही होस्

चुपचाप नसहनु

त्यसलाई गालामा बेस्मारी दुख्नेगरी

थप्पड लगाइदिनू

ताकी उसलाई आभास होस्

छोरीको सर्वाङ्ग खोल्दा कस्तो हुन्छ... †

छोरी !

सा“च्चै भन्छु–

तिमीलाई म सुन्दर देख्न चाहन्छु

कोसी सुन्दरी

नेपाल सुन्दरी

विश्व सुन्दरी

सबै–सबैमा तिमी नै तिमी

म लेख्न चाहन्छु

तर मैले देख्न चाहेको सुन्दरताको परिभाषामा

अश्लिलता छैन

तिम्रो बाहिरी रूपकै मात्रै कुरा होइन मेरो

वा नाङ्गो रूपको त कल्पनै गर्न सक्दिन म,

ठुलो पाप लाग्छ

मैले चाहेको हेर्न तिम्रो रूप भनेको

भृकुटीको जस्तो हो

मैले तिमीलाई विश्व सुन्दरी हुनुपर्छ भनेको

पासाङ लाम्हु शेर्पाले जस्तै हो

जुन्को तावाईले जस्तै हो

संसारका कुनै मान्छे – मान्छे बीच

बरु म भेद गर्दिन

मैले तिमीलाई देख्न चाहेको रूप

बरु मदर टेरेसाको जस्तो हो ।

प्यारी छोरी !

झट्ट हेर्दा

सा“गुरिएको यो संसारमा

तिमीलाई लाग्न सक्छ– संकीर्ण त

होइनन् मेरा कुरा

तिमीलाई लाग्न सक्छ–

अन्धविश्वास अनि अन्ध परंपरा त

होइनन् मेरा कुरा

तर छोरी !

सा“च्चै भन्छु–

म छोरा र छोरीमा भेद देख्दिन

देखें भने पनि केवल मान्छेले,

धर्मले र तिनै परंपराले कोरेको

भेद देख्छु बरु

म, छोरीले पाइण्ट लगाउनु हुन्न भन्दिन

हो, नाङ्गै भने हिंड्नु हु“दैन भन्छु म

न छोरा, न छोरी ... !

म त भन्छु–

मानवताकै रक्षाका लागि

परेमा अस्त्र पनि उठाउनु पर्छ छोरीले

दुलोमा लुक्नु हु“दैन

कस्तै वैरीका अघि झुक्नु हु“दैन छोरीले

म त भन्छु–

छोरीले त झन् टक्कर लिनु पर्दछ

सबैखाले वैरी विरुद्ध,

भेदभाव विरुद्ध

थिचोमिचो विरुद्ध

किनभने–

संसारमै सबैभन्दा बढी थिचिएका छन् छोरीहरू

हाम्रो नेपालको त झनै के कुरा .... !

सानी छोरी †

अहिले त भर्खर टुकुटुकु हिंड्दैछ्यौ

के बु¤िलऊ मेरो कुरा

नानी छोरी !

अहिले त भर्र्खर टेलिभिजनका

अघि झुम्मिएर

केवल मनोरञ्जनका लागि

हेर्दैछ्यौ सुन्दरी प्रतियोगिता

के बु¤िलऊ मेरो कुरा

तर ठूलो हु“दै जानेछौ जब

बुझ्दै जानेछौ मेरो कुरा

सुन्दरता र कुरूपताका मेरा कुरा ....

त्यसबेला पनि तिमीले छुट्याउनु पर्नेछ,

कस्तो हुन्छ सुन्दरता

अनि के–के हुन् कुरूपता

छोरी ! त्यसबेला पनि–

तिम्रो बाबाका कुराहरू नै

आखिर मानिने आशा छ मलाई

त्यही कसीमा

तिम्रो सुन्दरता पनि छानिने आशा छ मलाई !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।