19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शीर्षक नै आएन

कविता रुपेश राई April 15, 2012, 6:47 am

नियमित कार्यालय

बाटोमा। चर्चा हुन्छ, हाम्रो घर। बुहारीहरूको उपद्रव

जस्तो गाउँमा। भाले जुझाइ साँझमा, दम्पतीहरू।

थोत्रे कथा

सकिएको छैन गाउँमा। सहरमा

नयाँ-नयाँ कथाहरू जन्मिरहन्छन्।

शीर्षक नै आएन

थिम नुनको। चिनी पनि साथमै।

भएको क्वालेटी मुख, थुनाथुन। छेराउटी लागेका

श्वादहरू गुलाम बनिरहन्छ। इन्टरक्वीनलका।

पुरानै जस्तो

घटनाक्रम। दोहोरिन्छ गाउँमा। पुरानै जस्तो कार्यकलाप

भइरहन्छ गाउँमा। सहरले दिएको इरोटिक कथावस्तु। पाठकको माग।

शीर्षक नै आएन

इम्प्रेसन नुनको। अनेस्टी। चिनीको

हेल्दी इजेक्सन। क्लेभर मान्छ मेच्युर्ड प्लेयर्स।

निउड् चरित्र लजाउँछ,

फोरप्लेको रिस्क लिनै मान्दैन। मेरो गाउँ! सुशील

कामुक्ता सहरको लिस्टमा। पछार्छ गाउँकै क्वालेटी माल।

तिमी फ्लप त भएनौ...

मिडीया बजारमा। दृष्टीबिन्दु एड्स परेपछि। नुनको

अनेस्टीपन कण्डोम सरी। शीर्षक नै आएन पाठकवृन्द।

कविताको प्लट भत्किएको छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।