19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुरेश बिडारी विवश April 18, 2012, 5:35 pm

चुपचाप बसेका मेरा नयनहरु चल्दैछन् अचेल

त्यसै त्यसै थाकेर कीन खुट्टाहरु गल्दैछन् अचेल

सत्यता र असत्यताको दोसाँधमा परेर होला

विश्वासका खाँवाहरु पनि ढल्दैछन् अचेल

मनका कुरा सबै मनमै गुम्सिएर पनि होला

मन भित्रै पुतपुतिएर आफै जल्दैछन अचेल

तिम्रा बारेमा धेरै नराम्रो मात्रै सुनेको छु

आक्रोशले मेरो मुटुमा आगो बल्दैछन अचेल

पहिले विपनी या सपनीमा तिमी नै थियौ

भड्कीएका आत्माहरु आएर छल्दैछन अचेल

चित्लाङ्ग – २, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।