बि. सं २०६४ साल कार्तिक २२ गते –'आदरणीय दाजु सदानन्द अभागीज्यूमा सादरोपहार' को रूपमा प्राप्त भएको यो 'ढल्दैन स्वाभिमान कसै गरे पनि' गजलसङ्ग्रहको आज दुईचार शब्द लेख्ने प्रयास गर्दै छु। बरिष्ठ गजलकार धनराज गिरीका हरेक शब्दहरूले हामी सबैलाई आकर्षण गर्ने क्षमता छ। उनी जुन ठाउँमा आशनग्रहण गर्दछन्। त्यही ठाउँमा त्यही वातावरणमा गजल सृर्जना गर्दछन्। उनका हरेक गजलका शेरहरू तथा शब्दावलीले मानव मन जित्ने गर्दछन्। यस्ता गजहन गजलकारको गजलकारिताले हामी सबैको मन छुनु स्वभाविक हुन्छ।
२०१५ साल भाद्र ९गते हटिया दाविले, मकवानपुरमा जन्मेका धनराजले वि.सं. २०५४ सालमा 'राष्ट्रै टुहुरो भयो' कवितासङ्ग्रहबाट उदाय, वि.सं.२०५८ सालमा 'अर्थात' मुक्तकसङ्ग्रह प्रकाशन गरी फष्टाए, वि.सं.२०६०सालमा गजलसङ्ग्रह 'गजलामृत'बाट पाठकलाई स्नान गराए, यसैबर्ष गोजीको गजल र हाइकुसङ्ग्रह लेखेर गोजी भराए, वि.सं. २०६२ सालमा कुन्साङ काका (नानी गजलसङ्ग्रह) लेखेर नानी बनेर खेले,, वि.सं. २०६२ सालमै पुष्पलता सामाजिक ज्ञान दैवी वरदान (गीतिकाव्य )बाट गीतहरू सुनाए र २०६४ साल असारमा 'स्वाभिमान' को साथमा चम्कन खोजेका थिए तर श्रेष्ठ प्रिया 'पत्थर'ले गजलङ्ग्रहको नामाकरण निबन्धजस्तो ठानेर, अनुमति लिएर 'ढल्दैन स्वाभीमान कसै गरे पनि नामाकरण गरिदिइन्। गजलसङ्ग्रहको न्वारन् गरे पछि गजलकार श्रेष्ठ प्रिया 'पत्थर' यो 'अहम्' हो, भन्दै 'अहम्' शब्दको व्याख्या गर्न थाल्नु भयो–'वास्तवमा यही 'अहम्' मान्छेको अस्मिता पहिचान हो र 'स्वतन्त्र माँछे ' हुनुको घोषणा पनि हो।' श्रेष्ठजी अहम् शब्दको अर्थ गर्वसम्म ठीक हो तर अहङ्कारमा परिणत हुनु भने अवश्य ठीक हुन्न है त। विभिन्न साहित्यकारले यस कृतिमा धनराजको व्याक्तित्व र कृतित्व तथा शुभकामनामा पोखेका अभिव्यक्तिलाई पनि हामी समावेशगरी अध्ययन गर्न सकिन्छ। हेरौं भिभिन्न साहित्यकारको नजरमा धनराज गिरी र गजलङ्ग्रह
–
बूँद रानाको नजरमा धनराज गिरी–
धनु यै गतिले कदम चाली राख
दियो सिर्जनाको सधैं बाली राख
कतै तेलबाती घटी निभ्न सक्छ
बनी लौ चनाखो नजर हाली राख
डा. गोविन्दराज भट्टराईको नजरमा गजलसङ्ग्रहः– 'म यस्ता गोपी गीतको प्रेमी हूँ ' शीर्षक दिएर लेख्नु हुन्छ 'प्रस्तुत सङ्ग्रहभित्र केवल भावुकता लिएर पसे पुग्छ म पसें पाठक पसून्। '
श्रेष्ठ प्रिया 'पत्थर'को नजरमा गजलकार र गजलकृति – 'ढल्दैन स्वाभिमान कसै गरे पनिः स्वतन्त्र मान्छे हुनुको अर्थमा' शीर्षक दिएर श्रेष्ठ प्रिया पत्थरले यस गजलसङ्ग्रहमा मन्तव्यमा यस गजलसङ्ग्रहको चिरफार गर्नु भएको छ। गजलकारको शैक्षिक पेशातिर लक्षित गद,ैर् शिक्षक पेशा आदर्श हो र शिक्षक आदर्शको स्तम्भ हुनु पर्दछ' भन्दै उहाँ लेख्नु हुन्छ– ' गजलकारले आफ्नो नीति, सिधान्त,आस्था र दृष्टिकोणलाई यस सङ्ग्रहमा विभिन्न शेरका माध्यमबाट आँफूलाई प्रतिबिम्बित पारेका छन्।' श्रेष्ठ प्रिया 'पत्थर' यस गजलसङ्ग्रहको नाम 'फूलको' बस्ती राख्दा पनि सुहाउँदो हुने धारणा राख्नु भएको छ।
गोविन्दराज विनोदीको नजरमा कृतिकारःः– 'कुनै पनि समयमा, कुनै पनि विषयमा कत्ति नअल्मलिई छहरा छङ्छङाएझै व्याङ्गात्मक लेख ,निवन्ध, वा कविता, गजल लेख्न सक्ने, धनराज गिरी नेपाली साहित्यका प्राकृतिक प्रतिभा हुन्।'
घनश्याम परिश्रमीको नजरमा कृतिकारः– 'शास्त्रीय मान्यता र धरातललाई बिर्सेर या त्यागेर सफल गजलकार बन्न सकिन्न भन्नेकुरा गिरीले अब राम्ररी बुझसकेका छन्।'
' हृदयको कुनाबाट ' शीर्षक दिएर अनिता गिरी देखिनु हुन्छ। हँसिला। रसिला र हार्दिकताका धनी धनराज गिरी र अनिता गिरी नाताले बाबुछारी तर साहित्यमा भने दुबै बनेका छन् एक अर्काका आधार। अनिताजीले आफ्नो पितालाई सधै हँसिलोरूपमा देख्नु हुन्छ अनि लेख्नु हुन्छ –
तुम इतना क्यों मुस्कुरारहे हो
क्या गम है जिसको छिपा रहे हो
एक कार्यक्रममा धनराजजी भन्दै हुनुहुन्थयो– 'हामी बाबुछोरी गजलका शेर शेरमा छलफल गर्छौ।' आज अनिताको लेखाइले पनि पुष्टि गरेको छ। अनिताले, 'धेरै गर्न वाँकी छ। अघि बढेमा छोरीले साथ दिने कर्म जारी छ ' भन्ने धारणा राखेकी छन्।
धनराज 'आफ्ना र आफन्तका कुराहरू' शीर्षकमा लेख्नु हुन्छ –
गजल तिम्रो गुन तिर्न गजल लेख्दै छु म
भित्र भित्र द्रवित भै सजल लेख्दै छु म
धनराज गिरीले आफ्नो अभिव्यक्तिमा नै लेखेका छन् –' १५ मिनटमै ४वटा अर्थपूर्ण गजल लेखें 'यो अभिव्यक्तिमा म पूर्ण सहमत छु। यसमा अपत्यार लाग्ने ठामै छैन किनकि उनको गजल बोलाइ लेखाइमा बन्दुकको गोली भन्दा तीब्र गतिमा उनका गजलका शेरहरू दकुर्दछन्। उनको गजल लेखनको विलक्षण प्रतिभालाई देखेर म आँफू अति प्रंभावित भएर ल73मीस्मृति साहित्य समाजको तर्फबाट उनलाई अभिनन्दन गर्न पाएकोमा गौरान्वित ठानेको छु।
धनराज गिरीलाई उनका गजल लेखाईमा 'संख्यामा भन्दा गुणबत्तामा ,परिस्कार र परिमार्जनमा जोड दिने सुझाउहरु आएको स्वीकार्दछन् र उनी पनि बढता लेखाई भन्दा परिमार्जित लेखमा नै जानुपर्ने धारणा राख्दा राख्दै पनि आप्नो बसेको बानीलाई कोट्याउँदै लेख्छन् –'आँफू परियो वायुपंखी घोडा, – जो चाहा उसे नही छोडा'
'बूढो झोला, थोत्रो साइकल पसिनामा टोपी
टाँडीदेखि उडेको छ मेरो प्यारो गोपी '
परिस्कार र परिमार्जन गर्ने कुरामा मलाई कस्तो लाग्छ भने साहित्य लेखाई भनेको भावनाको बगाई हो। कुन परिवेश, परिस्थिति, र साहित्यिक वातावरण कस्तो छ, लेखकको शब्द भ48डार, कत्तिको दरविलो छ, शब्दसंयोजनको कला कस्तो छ, आदिमा परिमार्जन गरिने कुराहरूले प्रभाव पारेको हुन्छ। लेख्ने बेलामा बगेको भावनालाई लेखकले परिमार्जन बेलासम्म सहीसत्यरूपमा राख्न सक्छ सक्दैन, अध्ययन र शव्दभ48डारको कमिमा परिमार्जन शब्द केवल भन्नेले भन्ने र सुन्नेले सुन्ने सिवाय केही हुन सक्दैन। जन्मेको शिशुलाई स्याहार सम्भार गर्न त सकिएला तर कृतिम परिस्कारले दरविलो र दीगोरूप भने अवश्य दिन सक्दैन।
धनराजले आफ्नो गजललेखनमा किन लागे त यस सम्बन्धमा उनले ५वटा शेरमा आफ्ना धरणा राखेका छन् तिनमा एक शेरलाई यहाँ पस्किहालौं –
शिर मेरो हिमालय छाती तराई हो
यो माटोमा जन्मी फेरि आउन लेखें गजल
गजलमञ्च, चितवनका अध्यक्ष किसान प्रेमीले प्रकाशकीय लेखाइमा लेख्नु हुन्छ – 'धनराज गिरीको गजलकारीताको बारेमा यो “दिवान” आँफै बोल्ने छ'।
गजल कृतिको संरचनाः– यो गजलसङ्ग्रहमा १६६ सट्टीवटा गजलहरू समावेश गरिएका छन्। पुस्तक २०१ पृष्ठको छ। प्रकाशन गजलमञ्च चितवनले गरेको छ। मूल्य रु १००/–छ। धेरैजसो गजल ५ शेरमा रचिए पनि ५ देखि ९शेरसम्मका गजलहरू यसमा समावेश गरिएको पाइन्छन्। धेरैजसो गजल १४ अक्षरको लोकलयमा छन् भने गजलकारले गजलका नियमलाई पालन गरेको देखिन्छ। मत्ला, काफिया, रदीफ, मुसकियत र तखल्लुसलाई प्रयोग सफलतासाथ गरेको पाइन्छ। यस सङ्ग्रहमा मुरद्दफ र गैरमुरद्दफ दुबै प्रकारका गजलहरू पढ्न पाउँछौं। यसरी नै यहाँ कुनै गजल मुसलसल र कुनै गैह्र मुसलसल छन्। श्रेष्ठ प्रिया 'पत्थर'ले उर्दू बहरमा लेखिएका गजलहरूको उदाहरण पनि यहाँ, प्रस्तुत गर्नु भएको छ –
'क्73क्215द्ध सूत्रको फाइलुनरूक्नमा आधारित मुतदारिक बहर( पिङ्गलमा स्रग्विणीछन्द) को गजलांश
'पेल्दछौ वालुवा, तेल के आउला?
ध्वस्त भो मार्ग नै, रेल के आउला?'
(पृष्ठ ११८)
'73क्क्215द्ध सूत्रको फउलुन रुक्नको मुतकारिव बहर(पिङ्गल छन्द भुजङ्गप्रयात) को गजलांश–
'भएछौ बिरानो,अरे काठमाण्डू
गरौं है चिनारी, भरे काठमाण्डू
(पृष्ठ १०१)
गजलकार र प्राकृतिक प्रेमः– हुन त प्राकृतिक सौन्दर्यतामा नरमाउने को नै होला? सबैलाई प्राकृतिक सौन्दर्यता मन पर्दछ। धनराज एउटा प्रष्टवक्ता, प्राकृतिक सौन्दर्यतामा रमाउने, जीवनका सुखदुःखलाई गजलमा सजाउने र जीवन र जगनतमा यथार्थतालाई प्रष्ट्याउन,े न्यानो मायामा अपनत्व दर्शाउने गजलकार भएकाले उनका गजलहरूमा प्राकृतिक सौन्दर्यता पल्लवित भएर सृजित हुन्छन् र गजलका पोखाई पनि प्राकृतिक रूपकै हुन्छन् –
'जसले दिन्छ न्यानो माया उही आफ्नो मान्छे
लालुपाते–लालीगुराँस –जुही आफ्नो मान्छे'
पृष्ठ १३६
मायाको न्यानोपना दिन सक्दैन अपनत्व दर्शाउन सक्दैन, सुखदुःखमा साथदिन सक्दैन भने त्यो आफ्नो कसरी हुन्छ र? मीठो बोली सदाचार 'धन' मानिसको
सुगन्धित फूल, महकायो जिन्दगीले
पृष्ठ ७८
बास्तवमा आज अपनत्वको संसार कहाँ छ र? जे छ, चाकडी,चापलुसी, चम्चागिरी र सवार्थले भरिएको जमाना छ। मानिस प्रशंसाको भोको छ , मानव स्वभावले नै प्रशसा खोज्छ /रोज्छ। प्रशंसा नपाएमा ऊ रमाउन सक्दैन –
प्रशंसाका भोका हुन्छन् औसत मान्छेहरू
प्रतिकूल भए रुन्छन् औसत मान्छेहरू
पृष्ठ १४२
मानव जीवनको अन्तर/अवधी कति नै छ र? जन्म देखि मृत्युतक नै त हो नी। अतिछोटो जीवन व्यातित गर्न,उसले संसारमा संधर्ष गर्नु पर्छ,। जीवन भनेको यथार्थतामा संघर्ष हो। संघर्षमा रम्नेहरूले सही जीवनको उपहार प्राप्त गर्न सक्छन् । संघर्षबाट कोही पन्छिन खोज्छ भने त्यो जीवनलाई के जीवन भन्ने? त्यो ता जिउँदै मृत्युवरण न हो। गजलकारका हरेक शेरले मानव जीवनको वोध गराउने प्रयत्न गरेका छन्। मानिस आफू के हो र उसले गर्ने कर्मले उसलाई कता डोर्याएको छ त , जीवनको उतार चढाव कस्तो छ त हेरौ केही शेरहरू–
कुरुक्षेत्र जिन्दगी हो दिव्यास्त्र हो बिचार
आस्थाको अग्लो शैल चढ्दै छ आज मान्छे
पृष्ठ १०४
शीर्षबाट लड्यो मान्छ,े आफ्नै कुकर्मले
होलिकाझै डड्यो मान्छे, आफ्नै कुकर्मले
पृष्ठ १०६
फूल मान्छे, काँडा मान्छे, माली पनि मान्छे
ढकमक्क फूल फुल्ने डाली पनि मान्छे
पृष्ठ ७१
विधिताले भरिएको संसारमा मानव पनि त थरिथरिका छन्। फूल र काँडाको मिश्रणले भरिएको यो जीवनमा फूल र काँडाको रोजाइ र भोगाइमा आफ्नै पदयात्राले डोर्याउँछ सार्थकता।
गजलकार र मानवतावादः –
भनिन्छ मानिस मस्तिष्क र हृदयबाट सञ्चालित हुन्छन्। धनराजका गजलले के दर्शाउँ छ भने यी दुबै (मस्तिष्क र हृदय)बाटै सञ्चालित छन्। यिनले आफूलाई मानवीय संवेदनाका गजलकारको रूपमा प्रस्तुत गर्न सफल देखिन्छन्। उनको बिचार प्रष्ट छ। सबैको भलाइमा उनी लाग्न चाहान्छन्। मानवताहीनले कसरी सबैको हित गर्द छ त? गरिबको जीर्ण कुटी छाउने उनको अभिलाषा छ। उनी मानवताको उत्थान चाहाने कवि हुन्–
गन्तव्य हो सर्बहित मन्त्र मानवता
गरिबको जीर्ण कुटी छाउन लेखे गजल
आफ्ना र आपन्ताका कुराहरू
रोयो भने मानवता कस्को होला हित
मार्यौ किन संवेदना सोध आँफैसित
देशको द्वन्द्व र जगलकार
देश द्वन्द्वको मारमा छ। देशको विकास रोकिएको छ। राष्ट्रियताको बारेमा जति भाषण गरे पनि आर्थिक र राजनैतिक पक्षमा जति वकालत गरे पनि मान्छेको नैतिकताको मूल्य विघटनतिर धकेलिदै छ। आज पनि देशले विविधखाले द्वन्द्व व्यहोरीरहेको छ। हत्या हिंसा, लुटपाट, चोरी डकैति, बन्द हड्ताल आदि विविधखाले द्वन्द्वले मानव जीवन अस्तव्यस्त भएको छ, देशको आर्थिक मेरुड48ड नै भाँचिनेतिर धकेलिदै छ। द्वन्द्वको विषयमा कृतिकारले राष्ट्रमात्र नभै अन्तराष्ट्रियस्तरका द्वन्द्वलाई समेत छुन पुगेका छन् –
युद्धपीडा अझै पनि छैन विर्सिएको
हृदयमा कोसोभो र कारगिल छ हजुर
पृष्ठ २६
भष्मासुर, यदुवंशी आए बौरिएर
हिड्दा हिड्दै आफन्तकै गरे कत्लेयाम
पृष्ठ ६३
किन खेल्छौ बाह्रैमास रगतको होली
धिक्कार भो! लुम्बिनीको गर्यौ वदनाम
पृष्ठ ६३
प्रेमप्रणय र गजलकार/कृति
गजल शव्दको शाव्दिक अर्थ हुन्छ ,प्रेमिकासँगको मधुर वार्तालाप। यसलाई प्रेमरसको काव्य पनि भन्दछन् तर आज आएर गजलले विविधता अपनायो भने पनि प्रेमप्रणयका कुराहरू गजलमा समावेश भएका नै हुन्छन्। रसिक कवि, व्यङ्गकार धनराजलाई सबैको मनमा अट्न सक्ने र प्रेमका कुरालाई भटभट्याउन सक्ने भएकाले यिनलाई सबैका मनराज पनि भनिन्छ। त्यसैले यिनका गजलमा प्रेमप्रणय पनि कहँा छुट्ने सम्भावाना हुन्छ र हुँदैन –
म बिर्सू कसरी, पखे आउँदै छु
मेरी प्राणेश्वरी, पखे आउँदै छु
( पृष्ठ ९१)
अझ ताजा गुसलाफ हौ यस्तो लाग्न थाल्यो
काँडामाथि फुलेकी छ्यौ मानेँ तिमीलाई
(पृष्ठ ८५)
भँवराले नछोएको फूल खोज्दै छु म
पार गर्न प्रेम नदी पुल खोज्दै छु म
(पृष्ठ १०७)
गजलकार र राष्ट्रवादी चिन्तन
धनराजका गजलहरू राष्ट्रियताले भरिएका छन्। देशको माटोको माया छ। देशलाई स्वावलम्वी भएको देख्न चाहान्छन् गजलकार तर के गर्ने? देश हाक्नेहरू भने पर निर्भरमै रमाएका छन् –
स्वाभीमानी नेपालीको झुकेको छ शिर
विदेशीकै भर देख्दा रोएको छ माटो
(पृष्ठ ९३)
स्वर्ग नै हो जन्मभूमि ममता हो सुधा
नबिर्सौ है आमालाई सिन्धु तरे पनि
(पृष्ठ १)
गजलकार र नारीवादी चिन्तन
नारीलाई गजलकारले उच्चरूपमा/आदर्शको रूपम लिएका छन्।
सृष्टिथाम्ने नारीलाई, पूजा गर मनु
हाम्री महातारीलाई, पूजा गर मनु
(पृष्ठ ८३)
आमा, दिदी, बैनी, छोरी अनेक छ रूप
रम्य फूलबारीलाई, पूजागर मनु
(पृष्ठ ८३)
गजलका शेर शेरले विविधता बोल्छ,, राष्ट्रियता बोल्छ, प्रेमका अनेक रूप (प्रकृति प्रेम, राष्ट्रप्रेम आदि) बोल्छ,, समाजका हरेक विसङ्गति, बिकृतिप्रति ती73ण व्यङ्ग पोखिन्छ , राष्ट्रवादी, मानवतावादी, समतावादी स्वाभीमानी स्वरहरू आदिले सजिएको छ गजलसङ्ग्रह, पठनीय छ अनुकरणीय छ त्यसैले तपाइँलाई मुरी मुरी धन्यवाद छ। अब मेरै गजलका केही शेरबाटै विदा चाहान्छु –
धकन्य रै छौ अवतारी स्वाभीमान राखेऊ
मीठा मीठा यी गजलले डाँडाकाँडा ढाकेऊ
संसारलाई बुझ्ने शक्ति लौ अति ती73ण रैछ
गजल–अमृत रसस्वादन् राम्रै सँग चाखेऊ
मुखै भरी गजल तिम्रा सागर छाल सरि
गजललाई उज्ज्वल पार्न चन्द्र–सूर्य डाकेऊ
विश्वशान्ती निर्माण गर्ने दृढ तिम्रो मन
यो मार्गलाई सफल पार्न धर्तीमाता भाकेऊ
यस्तो लाग्छ गजल पढ्दा स्वर हो कोयलीको
गजलबिम्ब सजाएर शान्ति विश्व ताकेऊ
शान्तिचोक कावासोती, नवलपरासी