19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पराजित समय

कविता रन्जु "मार्ग" April 28, 2012, 9:03 am

एक लिखित निर्देशनको

पालना नहुदै

अर्को आदेश आएको छ फैसलाको ,

जारी छन् जाहेरीहरु

अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा

सम्पादित हुन् बाकी छ फूलले हालेको मुद्दा ,

सुनुवाई कहिले हुने हो थाहा छैन ,

अझै फूलले कति रगत बगाउनु पर्ने हो ,थाहा छैन !

युगौ भै सक्यो ,फूलले अधिकार माग्दै आएको ,

फूल संग फूल युद्द गर्दै आएको ,

आफ्नु वैयेक्तिक स्वतन्त्रता लागि

चट्टानसंग पौठेजोरी खेल्दै आएको ,

कयौ हावाहुरी पानीले

फूलका- पत्रहरु च्यातिदिए

- हाँगाहरु भाँचीदिए

- जराहरु उखेलिदिए

माटोसंगको वैधानिक नातालाई

समुन्द्रको छालले हुत्ताएको माछा जस्तै

छुट्टाइदिएको यो पराजित समय

फूलका आँशुहरु हेरेर बाँचिरहेछ!!!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।