19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्याम खडका May 2, 2012, 10:02 am

तिम्रो मेरो सपनाको त्यो शहर उस्तै छ ।

बदलिएछौ तिमि मेरो त रहर उस्तै छ ।।

आँउछ अनि भिजाएर जान्छ यि नयन

हृदयभरी उर्लिएको यो लहर उस्तै छ ।।

सफाई के दिनु मैले, दोषि बनायौ तिमीले

न्यायाधिश तिमी, तिम्रो त्यो ठहर उस्तै छ ।।

जति भुल्न खोज्छु, तडपाउँछ उतिनै

यादको मिठो, तिम्रो त्यो जहर उस्तै छ ।।

सिलगढी, डोटी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।