18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश नेपाल May 2, 2012, 6:23 pm

परेलीमा तिम्रो आज, बास मागु कि त ?

एक पटक फेरी ज्युने, स्वास मागु कि त ?

सपनीमा जता ततै , तिमीलाई नै देख्छु

बिपनीमा सपनीको, तेही कथा लेख्छु

आखिरमा फेरी पनि, तिम्रै भयो जीत

एक पटक जिन्दगीको, सापट मागु कि त ?

फूल फुले चारैतिर, बास्ना भने छैन

देख्दा लाग्ने रुपै राम्रो, आत्मा भने छैन

यस्तै यस्तै हुँदो रैछ, संसारको रीत

एक पटक फेरी ज्युने, स्वास मागु कि त ?

मैले ठाने म त अहो, पहाड जस्तै ठूलो

मैले सोंचे तिमि कठै, पैतालाको धूलो

भूल रैछ हठ मेरो, भन्ठानेको जीत

एक पटक जिन्दगीको, सापट मागु कि त ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।