बेली निलम कार्की निहारिकाको तेस्रो कथा सङग्रह हो । निलमका यस अ३िका कथा पनि निकै अब्वल थिए । यो बेलि कथा पनि उत्कृष्ट र अब्वल छ । देशका खम्वा , भबिष्यका कर्णधार वालवालिकाहरुको समस्याहरुमा केन्द्रित भएर निलमले वेली कथा सङग्रहलाई जन्माएकी छन ।
बालमनोविज्ञानको यथार्थ क्यानभासमा उभिएर वालबालिकाले भोग्न’ परेका समस्याहरुलाई आर्कषक शैलि शब्दहरुको माध्यामबा६ शल्यक्रिया गरेर स्वस्थ र खुशी पार्न जमर्को गरेकी छन । यस कथासङग्रह अठार वटा कथाहरु बाल बालिकामा केन्द्रित छन तर फरक फरक परिवेश अनुशार फरक फरक तरिकाले प्रस्तुत गरिएको छ । पाटकहरुलाई शूरुदेखि अन्त्यसम्म पढुन्जेल कौतुहलताले पछ्याइरहन्छ ।
यस बेली कथासग्रहका रहेका ज्ञड वटै कथाहरु सरसर्ती पढेर मैले अति गहन टिप्पणि गरेकीछु । ति प्रत्यक कथाहरुका छुट्टै भावहरु पोखेकी छु ।
मेरो बुभाइ अनुसार जस्तो छोराको रहरमा र अवैध गर्भ फाल्ने निहुमा गरिएको भ्रुणहत्याका दर्दनायक कारुणिक कथा “जन्मिन नपाएका नानीहरु” मा भेटाएँ ।
त्यसै गरी “खोटो खुशी” भन्ने कथामा अपाङ्गलाई समाजले हेर्ने दृष्टिकोण र ति अपाङ्ग वालिकाको कारु०िाक अवस्थाले आमावावुलाई पर्ने चोट देखाएको छ ।
“सेतो भात”“राजमार्ग छेउका भुराहरु” मा बालश्रमको उत्पीडन देखाएको छ ।
“उखुबारी” कथामा बालछुवाछुतको कारुणिक कथा छ ।
बोर्डर साइटको बब्लुमा आर्थिक विपन्नताले शिक्षाको ज्योतिबाट वञ्चीत मुसलमानी वालक बब्लु र देवी आण्टीको गहिरो आपसी सदभाव र मांया झल्कीन्छ ।
“धर्मछोरा” कथामा आफनो कोख भरिएपछि धर्मपुत्रले ल्याएको परिवारमा मनोवैज्ञानिक असर र कारुणिक समस्या देखाएको छ ।
आमा गर्भवती भएर जेल परेपछि जेलभित्र जन्मेको बालकको मार्मिक मनोविश्लेषणात्मक कथा जेल मान्छेमा छ ।
बेलि कथा सङग्रहकै प्रतिनिधी कथा वेलिमा नेपाली समाजमा दनदनी बलिरहेको आगोको ज्वालाजस्तो दन्किरहेको वालयौनशोषणको कारुणिक कथा छ । त्यसैगरी अमेरिका जस्तो सम्पनशाली देशमा पनि व्यस्त जीवनशैलीले आमाले हुर्काउन नसकी धाईआमाले हुर्काउनुपर्ने विवशताले वच्चा र आमा दुवैको पिडादायिक कथा “भाग्यमानि” कथामा छ ।
“चप्पल छिने” के भो र यात्रा जारी छ” मा गन्धर्व वालकको कथा व्यथा उस्तै गित र लयमा समेटिएको छ ।
त्यसैगरी वृत्तचीत्र कथामा खाते वालवालिकाहरु बालयौन व्यवसायमा वाध्य पारिएको कुरा र त्यस्तो व्यवहारले पारेको मनोवैज्ञानिक असर त्यसमा छ । “वुध्दविर तामाङ” कथामा गरिवीको कारण मधुमेह रोगले पिडित वालकको मानसिक अवस्था विचलित भई आत्महत्या गर्ने विवश मनोवै१ानिक कारण “वुध्दविर तामाङ” भन्ने कथामा छ ।
लोग्ने स्वास्नीको झगडा र पारपाचुकेले वच्चाहरुको विचलित मनस्थीको वारेमा कागजमा दस्तखत भन्ने कथामा उल्लेख गरिएको छ ।
त्यसैगरि “वनिता” कथामा ९, १० बर्षे वालिकालाई स्कुलजांदा खलासीको यौनजन्य कृयाकलापबाट वालिकालाई पर्न गएको असर यस कथामा उल्लेख छ ।
त्यसैगरी १८ औ कथा तेस्रो प्रश्नमा अमेरिकामा छोरी छाडेर जांदा विछोडको वेलामा छोरीलाई पर्ने गएको मनोवैज्ञानिक विश्लेषण यसमा छ ।
यसरी यो बेली कथा सग्रहमा १८ वटै वालकेन्द्रित कथाहरु अव्वल छन, उत्कृष्ट छन् । समाजमा वालवालिकाको समस्याहरु प्रति कथाको माध्यमबाछ उजगार गरिएको छ ।
कथाकार निहारिकामा कथा लेखन धारा प्रवाह छ , स–साना वाक्यको बनावट , वास्तविक पात्र संगै वोलेजस्तै उनको शैलि मान्नै पर्छ । शुरुदेखि अन्तसम्म पाठकलाई कहिले हंसाएकी छन् , कहिले रुवाएकी छन् , विभीन्न परिवेश र घटनाहरु आकर्षक शैलिमा पोखेकी छन् । त्यसैले नविनता र मौलिकता उनको कथाको भिन्न बिशेषता हो ।