19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निर्वाण नियात्रा

कविता कृष्ण उपाध्याय May 8, 2012, 7:01 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

बिवर्ण वर्तमानका बग्रेल्ति बाटाहरु

बौद्धका बिरान बस्तिहरु

स्वयमभूका सिँढीहरु

मानसका मानचित्र हुन्

निर्वाण नियात्राकार

निर्वाण नियात्रामा मानस

स्वयम्भूका सिँढीबाट

कान्तिपुर र्हेछ,

उज्यालोमा उत्साहित हुन्छ ।

फेरी र्हेछ

टकिल्एको जूनमा

बागमती देख्छ

रगताम्य रातो बागमती

अब ऊ

स्वच्छ सजल बागमतीको कामना गर्छ ।

अलि माथि उक्लिन्छ

सुन्दर सुरम्य हिमाल देख्छ

डाँडाकाँडा देख्छ

गुम्बाका गायन सुन्छ

गौरवान्वित हुन्छ र

डाँडामा आँखा पूर्व पश्चिम कुदाउँछ

दक्षिणी फराकिला फाँटहरुमा आँखा कुदाउँछ

हूलका हूल आक्रोशित आकार देख्छ

डाँडाकाँडा फराकिला फाँट

अंशबन्डा गर्न उद्दत भिड देख्छ ।

निर्वाण नियात्राको मानस

बुद्ध बसाइ र्सान उद्दत भिड पनि देख्छ ।

उ दौडन्छ

कपिलबस्तु र लुम्बिनीमा पुगेर

उ बुद्धको पाउ कस्सिएर समातेर

उ त्यहिँ लडी रहन्छ ।

निर्वाण नियात्राको मानस

उज्यालो जूनको उज्यालोमा बर्बराउँछ

बुद्ध न वाड

फाट न वाड

डाँडाकाडा न वाडर

मानस

बुद्धको पाउ छोएर बर्बराइरहँदा

बुद्धका प्रेमपूर्ण आर्शिवादका हात

उसको शिर लक्षित गरिरहे

पूर्णिमाको जूनको प्रकाशमा ।

वेम्बली, लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।