14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘सिद्धान्तका कुरा’ कृतिका मूलभूत विषय र प्रस्तुतिगत मौलिकता

कृति/समीक्षा डा. विष्णुप्रसाद पौडेल May 8, 2012, 2:57 am
डा. विष्णुप्रसाद पौडेल
डा. विष्णुप्रसाद पौडेल

१. विषय परिचय

‘सञ्जीव उप्रेती (२०२०) को ‘सिद्धान्तका कुरा’ नामक पुस्तक २०६८ सालको सुरुतिरै प्रकाशित भएर कला, साहित्य र संस्कृतिप्रति रुचि राख्ने पाठकहरूबिच निकै चर्चित बन्दै आएको छ । प्रकाशनको छोटो समयमै भएको पुनर्मुद्रणले पनि यसको लोकप्रियतालाई सङ्केत गरेको छ । केही खुराक भएका सामग्री बजारमा पुगे भने नेपाली पाठकहरूले पनि त्यसको राम्रै कदर गर्छन् भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । यो समकालीन कला, साहित्य र संस्कृतिको सिद्धान्तसँग सम्बन्धित पुस्तक हो । ८×५” साइजका ३७० पृष्ठको यस पुस्तकमा विषयलाई १५ मूल शीर्षकहरूमा व्यवस्थित गरिएको छ । पछिल्ला दुई शीर्षकहरूमा सन्दर्भ ग्रन्थ र अनुक्रमणिका राखिएको छ । तिनले यस पुस्तकको वैचारिक धरातलको गहिराइ, प्रामाणिकता र व्यवस्थितालाई पुष्टि गरेका छन् ।

सुरुको “परिचय” शीर्षक, कृति परिचय वा भूमिकाको रूपमा आएको छ । यसले प्रस्तुत कृति के हो भन्ने कुराको राम्रैसँग परिचय प्रस्तुत गरेको छ । लेखकको “मुख्य उद्देश्य पश्चिमी साहित्य÷संस्कृतिका सिद्धान्तलाई सरल ढङ्गले व्याख्या गर्नु” (पृ.१) नै देखिन्छ तर व्याख्या गर्दा उनले नेपाली वा अपश्चिमेली कृति तथा राजनीतिक वा सांस्कृतिक सन्दर्भको उपयोग गरेका छन् । अनि अर्को कुरा कला संस्कृतिका सिद्धान्त वा दृष्टिकोण मूल उद्गम स्थलमा जे थिए अन्यत्र जाँदा पनि दुरुस्तै त्यस्तै रहन्छन् भन्ने हुँदैन । हरेक राष्ट्रको आआŠनै सांस्कृतिक तथा अन्य परिस्थिति अनुकूल ती केही परिवर्तन भएर वा सांस्कृतिक अनुकूलन भएर प्रकट हुन्छन् भन्ने सोचलाई यसमा राम्रैसँग हेक्का राखिएको पाइन्छ । सिद्धान्तलाई कोरा बुद्धि विलासका रूपमा मात्रै नलिई सम्बद्ध क्षेत्रमा त्यसको उपयोग के कसरी भएको छ भन्ने कुरा आŠनै परिवेशबाट नियाल्ने प्रचुर चेष्टाहरू यसमा पाइन्छन् । सिद्धान्त निरपेक्ष दृष्टिकोणको वकालत गर्नेसँग र एक समयको सिद्धान्तलाई नै समातेर बसि रहने (जडसूत्रवादी) सँग पनि लेखकको स्पष्ट विमति छ र भनिएको छ –“मानिस एउटा सैद्धान्तिक प्राणी हो । हामी सिद्धान्तबाट कहिले पनि मुक्त हुँदैनौँ । पुराना सिद्धान्तलाई नयाँ र नयाँलाई अभैm नयाँ सिद्धान्तले विस्थापित मात्रै गरि रहेका हुन्छौँ ।” (पृ.७) त्यस्तै कुनै पनि सिद्धान्त वा दृष्टिकोण प्रस्तोताको एकदमै निजी वा मौलिक नभई त्यो पूर्व परम्परा वा सामाजिक, सांस्कृतिक जस्ता अनेक परिवेशकै उपजका रूपमा रहन्छ। अनि त्यस्ता सिद्धान्त र दृष्टिकोणहरू प्याजको डल्लाका पत्रहरू जस्तै हुन्छन् । बुझाइको एकदमै भित्री तह भनेको निःशब्द वा शून्य बनि रहेको स्थिति हो । यो आत्म अन्वेषकको आत्म साक्षाकार जस्तो पनि हो । यहाँ आएका यस्ता कुराबाट एकातिर पूर्वीय आत्म चिन्तनतिरको आकर्षण देखाइएको छ भने अर्कातिर व्यक्ति सापेक्ष आत्म साक्षात्कारले सत्यका अनेक आकृति मार्पmत उत्तर आधुनिक अर्थको अनिश्चयलाई पनि सङ्केत गर्न खोजिएको छ । यसबाट वर्तमान समयमा सत्यका अनेक स्थिति देखाएर अस्थिर वा कोलाजपूर्ण मनोदशामा बाँच्न थालेको आजको मान्छेको बिम्ब पनि यहाँ अभिव्यङ्ग्य भएको छ । यसरी प्रस्तुत कृतिको प्रतिपाद्य के हो र त्यसमा लेखकीय सोच के कस्ता छन् भन्ने आधारभूत कुराको जानकारी यसमा गराइएको छ ।

२. मूल विषय

यस कृतिमा मूल विषयको प्रतिपादन “परिचय” पछिका १२ वटा शीर्षकमा गरिएको छ । तिनको क्रमशः चर्चा गरिन्छ ।

२.१ सांस्कृतिक अध्ययनका आधार

यस शीर्षकमा बिसौँ शताब्दीका पूर्वाध्र्दमा प्रचलित नव समालोचना(New Criticism)रसियाली रूपवाद(Russian Formalism) र संरचनावादी दृष्टिकोणलाई स्पष्ट पार्दै तिनीहरूको पाठ वा कृति वा भाषा केन्द्री दृष्टिकोणका कारण सांस्कृतिक अध्ययनको आवश्यकता प्रस्तुत गरिएको छ । सन् १९४१ मा जोन क्रो ¥यानसोमले र परवर्ती टेट, ब्रुक्स, ब्ल्याकमुर, बारेन आदिले विशेष चर्चामा ल्याएको नव समालोचना साहित्यको एउटा सिद्धान्त हो । यसले लेखकको अभिप्राय र पाठकमा पर्ने असरलाई बेवास्ता गर्दै मूल पाठ वा कृतिलाई नै विश्लेषणको मूल विषय मान्दछ । यसको “साहित्यिक कृति आपैmमा पूर्ण हुन्छ” (पृ.१०) भन्ने मान्यता छ। यसले रूप वा शैली र विषय वस्तु कृतिभित्रै अविभाज्य भएर रहने मान्दछ । समालोचकले कृतिको शैलीले विषयलाई कसरी प्रक्षेपण वा प्रभावित गरेको छ र त्यस शैलीको कलात्मकता के हो भन्ने कुराको अनुसन्धान गर्नु पर्ने ठान्दछ । यस्तै भाषा विज्ञानको पृष्ठभूमिमा विकसित रुसी रूपवादी (प्राग् लिङ्ग्विस्टिक समूह) हरूले कृतिको शैलीले पाठकमा के कस्तो प्रभाव पार्छ भन्ने खोजमा लागेको बुझिन्छ (पृ.१२) । यस्तै यिनीहरू साहित्यमा भाषाको विशिष्ट रूप प्रयोग हुने ठान्दछन् । त्यही विशिष्ट भाषाकै कारण देखिइ रहेको सामान्य दुनियाँ साहित्यमा विशिष्ट बनेको हुन्छ र यो पाठकका लागि रुचिकर बनि दिन्छ । त्यस्तो रुचिकर तुल्याउने काम विशिष्ट भाषिक शैलीले गर्छ । त्यसैले साहित्यको शैली वा रूप बढि महत्त्वको बन्दछ भन्ने धारण यसको पाइन्छ ।

यसरी नव समालोचना र रुसी रूपवाद दुबैले कृतिको शैली वा रूप पक्षलाई विशेष महत्त्वको देखेर एकपल्टमा एउटा मात्रै कृतिको विश्लेषण गर्ने प्रत्यत्न गरे । तर संरचनावादीहरू एकै समयमा कृतिका सामूहिक संरचनाको अध्ययनमा लागे । भाषा विज्ञानी सस्युरले भाषाका सामूहिक (Langue) र वैयक्तिक (Parole) विशेषताहरूको चर्चा गरे पनि सामूहिक वा ल्याङ्लाई बढी महत्त्व दिए। यही आधारमा संरचनावादले साहित्यिक कृतिको विषयगत सन्दर्भलाई उपेक्षा गर्दै कृतिको संरचनागत विश्लेषणमा आपूmलाई केन्द्रित ग¥यो। यो नव समालोचनाभन्दा पनि विज्ञान जस्तै पूर्ण वस्तुपरक हुन थाल्यो । यसरी कृतिको शैली वा रूप वा संरचनातिर मात्रै समालोचना केन्द्रित हुन थाल्दा समालोचना बढी शुष्क र यान्त्रिक बन्दै गएको हुँदा यिनीहरूको माक्र्सवादी लगायत अन्य अन्तर्वस्तु केन्द्री वा ऐतिहासिक र राजनीतिक समालोचकहरूले प्रचुर आलोचना गरे र यही पृष्ठभूमिमा पाठक प्रतिक्रिया सिद्धान्त र परिग्रहण सिद्धान्त आए । यिनले कृतिको पाठसँग पाठकको महत्त्वपूर्ण भूमिका रहने कुरा दर्शाए । पाठक सामाजिक प्रक्रियासँग क्रियाशील कर्ता हुने हुँदा त्यसमा इतिहास, समाज र राजनीति पनि सहजै संश्लेषण हुन थाल्यो र सांस्कृतिक अध्ययनको सान्दर्भिकता देखिन थालेको हो भन्ने उप्रेतीको राय छ । उप्रेतीका अनुसार “जुनसुकै कृति पनि विशेष ऐतिहासिक र राजनीतिक÷आर्थिक परिप्रेक्ष्यभित्र लेखिएको हुन्छ र त्यसलाई विभिन्न पाठकले फरक इतिहास र राजनीतिक सन्दर्भमा बेग्लाबेग्लै ढङ्गले पढ्छन्, बुज्छन् ।” (पृ.१७) अनि रूप र संरचना केन्द्री अध्ययनले इतिहासलाई नकारेर अप्रत्यक्षतः यथास्थितिवादी राजनीतिको पक्ष पोषण गरि रहेको पनि हुन्छ (पृ.१७) ।

संरचनावादपछि सन् १९६० को दशकमा पाठक प्रतिक्रिया सिद्धान्त आयो । यसले संरचनावादीहरूका विपरीत कृतिको अर्थ कृतिको वस्तुगत संरचनाबाट प्रकट नभई पाठकको मस्तिष्क र कृतिका पृष्ठमा देखिने शब्द बिचको कालिक Temporal अन्तकार्यबाट प्रकट हुन्छ भन्ने ठान्दछ (पृ.१८) । अर्थात् कृति र पाठक वा भावकको अन्तरक्रियाबाट मात्र अर्थ उत्पन्न हुन्छ भन्ने यसको धारणा छ । यसले पाठकलाई अर्थ निर्माणको क्रियाशील कर्ताका रूपमा लिएको छ । अनि पाठक स्वयं के यसको पृष्ठभूमिको छ सोही अनुरूप उसले अर्थ निर्माण गरि रहेको हुन्छ भन्दछ । यसबाट एकै कृतिका व्यक्ति सापेक्ष फरक फरक अर्थ हुने स्थिति देखिन्छ । शैली विज्ञानका प्रतिपादक स्टेनले फिसले भने भैmँ न भाषिक प्रयोगको कुनै अन्तिम सीमा हुन्छ न कुनै साहित्यिक कृतिको अन्तिम अर्थ हुन्छ≤ कुनै पनि पठनReading लाई सही वा विशुद्ध पठनका रूपमा लिन सकिन्न (पृ.१९)। यसलाई फेरि जे लेखे पनि हुने र जस्तो अर्थ लगाए पनि हुने अराजक रूपमा नबुझियोस् भन्ने मनसायले जोनथन कुलरले साहित्यको भाषिक प्रयोग र साहित्य पठनका लागि व्यक्तिमा सुयोग्यता Competence हुनु पर्ने र त्यस्तो सुयोग्यता शैक्षिक संस्थाहरूबाट प्राप्त गर्न सकिने जनाएका छन् अनि यो योग्यता वा स्तरण पनि ऐतिहासिक काल खण्डसँग परिवर्तन हुने पनि मानेका छन् (पृ.१९) । यसले पनि कृतिको सदैव एकै अर्थ स्थिर रहन्छ भन्ने कुरालाई नकार्छ । अर्को कुरा पाठक हरेक पल परिवर्तित भइ रहने अस्थिर मनोदशमा रहने हुँदा पनि कृतिको अर्थमा अनिश्चितता र रिक्तता ९ख्बअबलअष्भक० हरू देखा पर्ने कुरा औँल्याइएको छ। एकै कृति फरक फरक कोण (माक्र्सवाद, आदर्शवाद, नारीवाद, पर्यावरणवाद आदि) बाट पढ्दा अनि एकै कृति फरक फरक समयको परिवेश (२००७, २०१७, २०४६ र २०६३) मा पढ्दा फरक फरक अर्थ आउने वास्तविकतालाई जनाइएको छ। विशेषतः ऐतिहासिक परिपे्रक्ष्यबाट हेर्दा कृतिको फरक फरक अर्थ आउने कुरा परिग्रहण सिद्धान्त ९च्भअभउतष्यल त्जभयचथ० ले देखाएको छ । ऐतिहासिक परिप्रेक्ष्य फरक हँुदा पाठकका व्यक्तिगत बुझाइ पनि फरक हुन सक्छन् भन्ने यसको धारणा छ । यसले राष्ट्र र अन्तर्राष्ट्रिय तहमा हुने समय समयका राजनैतिक परिवर्तनले मानिसहरूमा ल्याउने मानसिक वा वैचारिक परिवर्तनलाई सङ्केत गरेको छ । अर्थात् “साहित्यिक अनुभूतिको कालिक ९त्झउयचब०ि आयामलाई व्याख्याको प्रमुख विषय बनाउनु यस सिद्धान्तको महत्त्वपूर्ण विशेषता” (पृ.२५) हो ।

पछिल्ला पाठक प्रतिक्रियावाद र परिग्रहण सिद्धान्तले पाठकलाई सामाजिक प्रक्रियासँग बाँधिएको क्रियाशील कर्ताका रूपमा लिन थालेको हुँदा यिनको माक्र्सवाद, नव इतिहासवाद ९ल्भध ज्ष्कतयचष्अष्कm०, सांस्कृतिक समालोचना जस्ता राजनीतिक र ऐतिहासिक सिद्धान्तसँग निकटता बढ्दै गएको कुरा यहाँ औँल्याइएको छ । यसपछि सांस्कृतिक अध्ययनलाई चिनाइएको छ । सांस्कृतिक अध्ययनको थालनी १९ शताब्दीको पूर्वाद्र्धमा नै म्याथ्यू आर्नोल्डले गरेको मानिन्छ (पृ.२६) । आर्नोल्डले उच्च साहित्यिक रचनाले समाजलाई अराजकताबाट बचाउने, यस्ता रचना टचस्टोन वा सेक्सपियर वड्र्सवर्थ, किट्स आदि प्रख्यात

लेखकका रचना हुने र तिनमा अनुभूतिको गहिराइ र सबल शब्द सौन्दर्य रहेने कुरा जनाएका थिए । उनी उच्च साहित्यिक र संस्कृतिका पक्षपाती थिए तर बिसौं शताब्दीको मध्यतिर बेलायती माक्र्सवादी विचारक रेमण्ड विलियम्सले आर्नोन्डको सांस्कृतिक विचार उच्च वर्गको पक्षपाती छ भन्ने जनाउँदै मजदुर किसान वा अन्य वर्गका मानिसले पढ्ने लोक साहित्य वा लोकप्रिय साहित्य किन उच्च साहित्य हुन सक्तैन भन्ने प्रश्न उठाए । बेलायती माक्र्सवादी सांस्कृति समालोचना नै १९८० र ९० को दशकमा व्यापक बन्दै गएर सांस्कृतिक अध्ययनको आधारशीला बन्यो । तर पछि यसमा माक्र्सवादी चिन्तन मात्रै नरही नारीवादी, उत्तर औपनिवेशिकवादी, जातीय र समलैङ्गिक समालोचना देखिँदै आए । यसमा विश्वव्यापीकरण, अपाङ्गता जस्ता कुराको पनि अध्ययन हुन थाल्यो। यी सबैमा समाज तथा संस्कृतिका ऐतिहासिक, राजनीतिक, आर्थिक जस्ता पक्षहरूको अध्ययन गरिन्छ । यसले विशेषतः नारी, समलैङ्गिक, अश्वेत, निम्न वर्ग जस्ता समाजका उपेक्षित तथा तिरस्कृतहरूको अधिकारका बारेमा प्रश्न उठाउँदै तिनको राज्यका विभिन्न अङ्गमा प्रतिनिधित्वको लागि आवाज पनि उठाउँछ । त्यसैले यसले “सीमान्तकृत समूहका व्यक्ति, लेखक, कलाकारहरूको आवाज र लेखनलाई संस्कृतिको मूलधारमा ल्याउने जमर्को गरेको देखिन्छ” (पृ.२०) । यसमा मिसेल फुको, ज्याक लका तथा ज्याक डेरिडा जस्ता उत्तर संरचनावादीहरूका सैद्धान्तिक प्रतिमानहरूको पनि प्रयोग पाइन्छ । यसमा आर्नोल्डले गरे जस्तो उच्च र लोकप्रिय संस्कृतिको विभेद रहन्न । यसले साहित्य समालोचनालाई कला, फिल्म, प्रदर्शनी टेलिभिजन जस्ता संस्कृतिका अन्य क्षेत्रहरूसँग पनि जोडेको पाइन्छ । यसले कृतिको स्तर मापन गर्ने परम्परित मूल्याङ्कनको मापदण्ड र यस्ता मापदण्डको राजनीतिक, आर्थिक जस्ता परिपे्रक्ष्यमै प्रश्न गर्दछ । सेक्सपियरलाई विश्वका सर्वोकृष्ट नाटककारका रूपमा स्थापना गर्नमा ब्रिटिस औपनिवेशिकवादको र तत्कालीन शैक्षिक र आर्थिक परिस्थितिको पनि भूमिका थियो भन्ने यसको जिकिर देखिन्छ । यसले “विभिन्न किसिमका साहित्यिक तथा सांस्कृतिक कृतिबिचको दुरीलाई भत्काउने जमर्को गर्छ” (पृ.२९) । यसले साहित्यलाई छुट्टै अध्ययनको क्षेत्रका रूपमा नहेरी त्यसलाई आड दिने ऐतिहासिक राजनीतिक, आर्थिक आदि कारकसँग जोडेर हेर्ने र विश्लेषण गर्ने काम गर्छ । यसभित्रका माक्र्सवादीहरू पुँजीवादको विकास र त्यसभित्रको अन्तर्विरोधको इतिहासलाई≤ नारीवादीहरू पितृसत्तात्मक समाजको वैचारिक इतिहासलाई≤ उत्तर औपनिवेशिकवादीहरू औपनिवेशिकवादको इतिहासलाई र अपाङ्गता वा फरक क्षमताको अध्ययनकर्मीहरू ‘समान्यता’, ‘कुसङ्केतक’ तथा ‘फरक क्षमता’ जस्ता अवधारणा विकसित गर्ने ऐतिहासिक तथा राजनीतिक सन्दर्भलाई अन्वेषण गरि रहेका हुन्छन् ।

यी कुरालाई यहाँ धु्रवचन्द्र गौतमको ‘अलिखित’ उपन्यासको सन्दर्भबाट स्पष्ट पारिएको छ । यसपूर्वको पाठक प्रतिक्रिया सिद्धान्तको बहुल अर्थ र परिग्रह सिद्धान्तको समय क्रममा परिवर्तन हुन सक्ने अर्थलाई स्पष्ट पार्न रमेश विकलको ‘अविरल बग्छ इन्द्रावती’ उपन्यास र भूपी शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कवितालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

यसरी यस पहिलो अध्यायमा साँस्कृतिक अध्ययनको थालनीपूर्वको पृष्ठभूमि र यसको आधारभूत स्वरूपको सङ्केत गरिएको छ ।

२.२ उत्तर संरचनावाद

कृतिको दोस्रो अध्यायमा उत्तर आधुनिकतावादको सैद्धान्तिक पक्षका रूपमा रहेको उत्तर

संरचनावादको चर्चा छ । सन् १९६० को दशकमा देखिएको यसका मुख्य विचारक मिसेल फुको, ज्याक डेरिडा र ज्याक लकाँ मानिन्छन् । यिनका अलग अलग दृष्टिकोणलाई यहाँ सङ्क्षेपमा चिनाइएको छ ।

भाषाको अध्ययन व्याकरण र शब्दावलीको नियममा मात्रै सीमित नगरी सामाजिक तथा सांस्कृतिक अभ्यासहरूलाई केलाउनका निम्ति पनि गरिनु पर्छ भन्ने फुकोले एकै विषयका फरक फरक सामाजिक सङ्कथन बन्ने जनाएका छन् । सङ्कथनभित्र शक्ति, सत्य र प्रतिनिधित्व ९च्भउचभकभलतबतष्यल० हुन्छ भन्ने फुकोले शक्तिलाई माक्र्सले भैmँ सामाजिक र आर्थिक शोषणको माध्यम मात्रै नमानी शोषण र सिर्जना दुवैको इन्जिन ठान्दछन् । एकभन्दा बढी मानिसको उपस्थितिमा कुनै न कुनै रूपमा शक्तिको संरचना देखिन्छ । कसैले आपूmलाई अरूभन्दा श्रेष्ठ देखाउन खोज्दा नै यो संरचना जन्मने भएको हुँदा शक्तिको अभ्यास आर्थिक क्षेत्रमा मात्रै नभई अरू क्षेत्रमा पनि हुन्छ । जहाँ शक्तिको अभ्यास हुन्छ त्यहाँ प्रतिकारको सम्भावना पनि बढ्दै जान्छ । यसले गर्दा समाजमा परिवर्तनशील वा अस्थायी सत्यहरू निर्माण भइ रहेका हुन्छन् । कला साहित्यमा त्यसको प्रतिनिधित्व के कसरी गरिएको छ भन्ने कुराको लेखाजोखा गर्नु पर्ने फुकोको अभिप्राय पाइन्छ ।

डेरिडाले पश्चिमी दर्शन वा चिन्तन मूलतः मूल तत्व वा उद्गम विन्दु ९भ्ककभलअभ० को निरन्तर खोजमा लागेका र त्यसले अर्थ केन्द्र ९mभबलष्लन अभलतचभ० निर्माण गरेर अर्थको परिवर्तन शीलतालाई रोकेको ठान्छन् । अर्थलाई केन्द्रीकरण गर्ने क्रममै दर्शन वा संस्कृतिमा केही विरोधाभासी पदक्रम ९द्यष्लबचथ यउउयकष्तष्यलक० निर्माण भएको छ । जस्तै पुरुष र महिला वाणी र लेखन, दिन र रात, प्रकृति र संस्कृति, आकाश र पृथ्वी आदि । यीमध्ये पहिलोलाई अर्थको उद्गम विन्दु वा मूलकेन्द्र नजिक रहेको ‘मूलपद’ र दोस्रोलाई सो केन्द्रबाट टाढा रहेको सम्पूरक वा गौणपद ठानिन्छ । जस्तै पितृसत्तात्मक सोच अनुसार पुरुष ईश्वर समक्ष पुग्न सक्छ तर ऊ महिलाको माया मोह जालबाट मुक्त हुनु पर्छ । त्यसैले पुरुष मुख्य वा सबल हो तर नारी सम्पूरक वा गौण वा अबला हो भन्ने परम्परित मान्यता रहेको थियो तर डेरिडाले त्यसको विगठन वा विनिर्माण गरेर मुख्य र सम्पूरक वा गौणको अवधारण अर्थहीन सिद्ध गरेका छन् । भाषाका सङ्केत ९कष्नलषष्भच० र सङ्केतित ९क्ष्नलषष्भम० को चर्चा गर्ने क्रममै सस्युरले यिनीहरूबिचको सम्बन्ध कुनै तार्किक नभई आकस्मिक ९ब्चदष्तबचथ० वा यादृच्छिक हुने, त्यो समाजमा रुढ रूपमा चल्दै आउने र त्यो अर्थ वा सङ्केतित एक किसिमको सामाजिक सम्झौंताका रूपमा रहने जनाएका थिए । डेरिडाले सस्युरको धारणालाई अलि भिन्न ढङ्गले अथ्र्याउने क्रममा “डिफराँस” ९म्षाभचबलअभ० शब्दको उपयोग गरेका छन् । यसका दुई पक्ष हुन्छन् (क) भिन्न हुनु, (ख) स्थागित हुनु । शब्दको अर्थ के हो भन्दा पनि के होइन वा त्यो अर्कोभन्दा कुन अर्थमा भिन्न छ भन्ने निर्धारण गर्न थाल्दा नै सङ्केतित वा अर्थ उत्पत्ति हुन्छ । यस्तो सबै अर्थ एउटा सङ्केतकमा पूर्ण रूपले नरही “भाषाको सम्पूर्ण जटिल पद्धतिमा छरिएको भिन्नतामा निहित हुन्छ” (पृ.४६) भन्ने यिनको धारणा छ। भाषाको अर्थबोधलाई भिन्नताहरूको अनवरत खेलका रूपमा हेरेर अर्थ निरन्तर चिप्लिइ रहने वा अन्तहीन प्रवाहका रूपमा परपर सरि रहने कुरा यिनले जनाएका छन् । यी अवधारणहरू उत्तर आधुनिकतावादी लेखनमा देख्न सकिन्छ । उत्तर आधुनिक लेखनले लेखक वा सर्जकलाई कृतिको मूल र अन्तिम व्याख्याता ठान्दैन । उसको अभिप्रायलाई अर्थको उद्गम विन्दु पनि मान्दैन । आŠनै कृतिका पात्रहरूले त्यहाँ लेखकसँग आग्रह र गुनासो गर्दै गरेको समेत पाइन्छ । समाजका गौण वा अमुख्य ठानिएका विषय (काला जाति, नारी, विपन्न, उपेक्षित र तिरस्कृत वा सीमान्तकृत) लाई यस्ता रचनाले प्रस्तुत गरेका हुन्छन् । हिजो प्रमुख ठानिएका अवधारणाहरूलाई भाषामा विनिर्मित गरी यस्ता रचनाले अप्रमुख तुल्याइ रहेका हुन्छन् ।

मान्छेको आŠनो प्राकृत चाहनालाई सामाजिक, सांस्कृतिक मूल्य मान्यताले अवरुद्ध वा दमित तुल्याई निर्माण भएको हाम्रो अवचेतन नै सपना, कला, साहित्य, वार्तालाप आदिका रूपमा अभिव्यक्त हुन्छ भन्ने फ्रायडीय मनोविश्लेषणात्मक मसिना प्रतिमानलाई ज्याक लकाँले भाषा शास्त्रीय दृष्टिले थप व्याख्या गरेका छन्। यस क्रममा व्यक्तिको अन्तहीन अभाव ९ीबअप० र अपूर्णतालाई भाषिक स्वरूपसँग सम्बद्ध तुल्याएर देखाएका छन्। भाषा आपैmमा अभाव र अनुपस्थितिको पद्धति भएको हुँदा वा भाषाको साङ्केतिक संसार अनुपस्थितिको संसार हुँदा त्यसबाट सन्तुष्टि र पूर्णताको अनुभूति लगातार स्थगित र विलम्वित भइ रहन्छ । यो अवस्था भनेको फ्रायडको मनोवैज्ञानिक भाषामा बालकको लिङ्ग विच्छेदको त्रास वा कास्ट्रेसन ९ऋबकतचबतष्यल० हो । तर लकाँले “मानव अनुभूतिको पूर्णतालाई छिनाल्ने काम पिताले नभएर भाषा वा भाषा पद्धतिले नै गर्छ” (पृ.५६) भन्ने तर्क गरेका छन् । भाषाको संसारमा प्रवेश गर्नासाथ शिशुको पूर्णता र सन्तुष्टि हराउने, उसको संसार सधैका निम्ति अपूर्ण र अनुपस्थितिको हुने, ऊ जीवनभर पूर्णता र सन्तुष्टिको खोजमा एउटा सङ्केतबाट अर्को सङ्केततिर चिप्लि रहने तर भाषा अनुपस्थिति र अभावको पद्धति भएको हुनाले यसमा सार्विक सङ्केतहरू सधैं अप्राप्य हुने, यथार्थलाई सङ्केत तथा प्रतिबिम्बहरू मार्पmत अनुभव गर्न कहिल्यै नसकिने कुरा लकाँले जनाएका छन् ।

यसरी उत्तर संरचनावादका प्रमुख चिन्तकहरूले औंल्याएका सामाजिक परिवर्तन, मुख्य र अमुख्य ठानिने विषयको विभेदको अस्वीकृति, पूर्ण विनिर्माण, भाषिक अर्थको निरन्तरको चिप्ल्याइ वा अनिश्चितता र बहु अर्थ जस्ता कुराहरू मार्पmत उत्तर आधुनिकतावादको स्वरूप सङ्केत गरिएको छ । अन्त्यमा ‘सुम्निमा’ उपन्यासका कतिपय सन्दर्भहरूले परिवर्तन, उच्च र निम्न जातका विभेदको विलयन, संस्कृतिहरूको मिश्रण, विनिर्मित भएको नव अर्थको स्थिति जस्ता कुरालाई स्पष्ट पारिएको छ ।

२.३ आधुनिकता÷ उत्तर आधुनिकता

पहिला आधुनिकता र त्यसपछि उत्तर आधुनिकतालाई चिनाइएको यस अध्यायमा आधुनिकतालाई मुख्यतः क. पुँजीवादी युगको थालनी र प्रविधिको विकास, ख. ईश्वरीय नैतिकताका विपरीत राजनैतिक नैतिकता वा मान्छेलाई केन्द्रमा राखेर सोच्ने प्रवृत्ति र ग. मध्यम तथा निम्नवर्गमा सरेको सांस्कृतिक र सौन्दर्य चिन्तका रूपमा लिइएको छ । तर सबै मुलुकमा यी तिन स्थिति समान किसिमले लागु भएका नहुन सक्छन्। त्यसैले सबै मुलुकको आधुनिक स्वरूप पुरै समान नभई केही भिन्न भिन्न हुन सक्ने ठानिएको छ । त्यस्तै कतिपय कला, साहित्य र संस्कृतिमा आधुनिकतासँग पूर्व आधुनिकता (अहिलेको सन्दर्भमा उत्तर आधुनिकताको) पनि मिश्रण हुन सक्ने कुरा पनि जनाइएको छ । आधुनिकतालाई यहाँ अलि व्यापक तात्पर्यमा लिंदै स्वच्छदतावाद, सामाजिक यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद, अस्तित्ववाद र प्रयोगवादलाई यसैमा समेटेर चर्चा गरेको पाइन्छ।

ईश्वरलाई विस्थापित गरी सुरु गरिएको आधुनिकताका मानव केन्द्री चिन्तन, सामाजिक न्याय र प्रजातन्त्रका अवधारणा जुन सन् १७७६ को अमेरिकी र सन् १७८९ को फ्रान्सेली क्रान्तिहरूले स्थापित गरेका थिए, तिनलाई स्वीकार गरिए पनि व्यवहारमा पुरै लागु गरिएन । प्रजातन्त्र हुने खाने वर्ग र परम्पराले मुख्य ठानिएकै समुदायमा सीमित गरियो । प्रजातन्त्रमा महिला, दलित, अश्वेत, समलिङ्गी जस्ता सीमान्तकृत समूहको सहभागिता स्वीकार गरिएन । फलस्वरूप त्यस्तो प्रजातन्त्रका विरुद्ध सन् १९६० मा अमेरिकामा अश्वेत आन्दोलन, सन् १९६० र ७० को दशकमा नारीवादी आन्दोलन, सन् १९८० पछि समलैङ्गिक आन्दोलन भए। यिनै पृष्ठभूमिमा उत्तर आधुनिकता आएको छ ।

अर्को कुरा यहाँ आधुनिकता र आधुनिकतावादको विभेद पनि देखाइएको छ । आधुनिकता १७ औं शताब्दीदेखि विकसित हुँदै आएको विश्व दृष्टिकोण र आधुुनिकतावाद १९औं शताब्दीको उत्तरार्धदेखि साहित्य, चित्रकला, मूर्तिकला, भवन निर्माण कला, फिल्म, फोटोग्राफी जस्ता विधामा हुँदै आएका प्रयोगको परिणाम मानिएको छ । विषय अनुसार आधुनिकवादका फरक फरक शैली र निर्धारक आधार बनेका छन् । तिनमा नयाँ आयाम पनि थपिँदै आए । सुरुमा यो ‘आवाँ गार्द’ ९ब्खबलत न्बचमभ० का रूपमा चिनियो । त्यतिखेर यसमा राजनैतिक सचेतता साथ नयाँ कला मूल्यको खोजी गर्ने काम भएको थियो । आख्यानका क्षेत्रमा यो काम जेम्स जोयस, भर्जिनिया बुल्फ, मार्सेल पु्रस्ट र डोराथी रिचर्डसनहरूले अनि चित्रकलाका क्षेत्रमा हेनसी मातिसे, आन्द्रे डेरेन, ब्राक, पाब्लो पिकासो आदिले गरेका थिए । तर त्यसपछि राजनीतिक तीक्ष्णताबाट विमुख भई ‘उच्च आधुनिकता’का नाममा उच्च संस्कृति र पाठ्यक्रमहरूमा मात्रै सीमित भयो । अझ सन् १९५० को दशकमा त यो कला मूल्यबाट विमुख भएर उपभोक्ता बजारमा बेचिने वस्तु जस्तो बन्यो । यसलाई ह्रासोन्मुख र किस ९प्कष्तअज० का रूपमा लिन थालियो । यही पृष्ठभूमिमा उत्तर आधुनिकतावाद आएको हो ।

उत्तर आधुनिकतावाद आधुनिकताकै विस्तार हो वा भिन्न हो भन्ने बारेमा दुवै थरी मत पाइन्छन् । ल्योटार्ड तथा बौद्रिलार्दहरू एकदमै भिन्न हुन् भन्दछन् भने फ्रयाङकफर्ट माक्र्सवादी जुर्गन हेबरमासले आधुनिकताको राजनीतिक तथा नैतिक पाटोलाई नै उत्तर आधुनिकताले पुनर्लेखन गरेको ठान्दछन् । सञ्जीव उप्रेती पनि पछिल्लो धारणासँग सहमत छन् र पनि उत्तर आधुनिकताका बहुल चरण र पक्षमध्ये केहीले आधुनिकता र आधुनिकतावादका शैली र स्वरूपलाई अस्वीकार गर्ने पनि जनाउँदछन् (पृ.७५) ।

उत्तर आधुनिकतावादलाई सन् १९६०, १९७० र १९८० को दशकमा अलग अलग किसिमले विकसित भएको मानिन्छ । १९६० को दशकको उत्तर आधुनिकतावादमा राजनीतिक सचेतना बढी रहेको, त्यतिखेर उच्च संस्कृति र लोक संस्कृतिको दुरीलाई मेट्ने प्रयत्न भएको, अश्वेत र नारी आन्दोलनलाई पनि सघाएको र कला तथा साहित्य सिर्जनमा यस्ता भावनाले महत्त्व पाएको हुँदा यो निकै लोकप्रिय भएर आवाँ गार्दिस्ट उत्तर आधुनिकताका रूपमा चिनिएको मानिन्छ । तर १९७० को दशकको उत्तर आधुनिकतावादमा राजनीतिक सचेतना कम रहेर शैलीमा केन्द्रित हुन थालेको वा १९५० को दशकको आधुनिकता भैंm यो ह्रासोन्मुख र किसको चरणमा झरेको यसका विश्लेषकहरूको राय छ । सन् १९८० को दशकपछि पुनः यसमा राजनीतिक सचेतना बढ्दै गएर महिला, अश्वेत, समलिङ्गी, काला, खैरा तथा अन्य सीमान्तकृत समूहका विषयले प्राथमिकता पाएका छन् । उत्तर संरचनावादी सैद्धान्तिक अवधारणा र १९७० को दशकको शैलीगत विविधताको समेत सार्थक संश्लेषण गर्दै नयाँ नयाँ प्रभावशाली प्रयोग पनि गर्दै आएको मानिन्छ । यसले मूलतः महा आख्यान ९न्चबलम ल्बचचबतष्खभ० प्रतिको संशय, ससाना स्थानिक तथा परिवर्तनशील सत्यको वकालत र बहुलताको स्वीकृति प्रस्तुत गरेको हुन्छ ।

यसपछि आधुनिकता र उत्तर आधुनिकताका पक्ष र विपक्षमा आएका तर्कहरूको चर्चा गर्दै यसका शक्ति र सीमाहरूको केही विस्तारमै चर्चा गरिएको छ । जस्तै –

आधुनिकताका सकारात्मक पक्ष – लोकतन्त्र, सामाजिक न्याय, प्रगति सम्बन्धी धारणा, मान्छेलाई केन्द्रमा राखेर हेर्ने सोच, वैज्ञानिक दृष्टिकोण आदि ।

नकारात्मक पक्ष – प्रजातन्त्र उच्च वर्गमा मात्र सीमित हुनु, धेरैपछिसम्म पनि नारीले आŠनो अधिकार नपाउनु, औपनिवेशिकता र दासत्वको भाव रहि रहनु, प्रगति र विकास सीमित मानिसका लागि मात्रै हुनु, पश्चिमेली आधुनिकता मात्रै चर्चामा रहनु, अपश्चिमेली आधुनिकले मान्यता नपाउनु, पश्चिम ÷ युरोपले दास तुल्याउन खोज्नु (अपश्चिमेलीहरूलाई), आवाँ गार्द आधुनिकतावाद उच्च आधुनिकतावादमा रूपान्तरित हुनु, राजनीतिक तीक्ष्णता घट्नु, उच्च र लोकप्रिय संस्कृतिको खाडल बढ्नु आदि ।

उत्तर आधुनिकवादका सकारात्मक पक्ष – उच्च र लोकप्रिय संस्कृतिको खाडलमा प्रश्न उठाउनु, सत्य एक नभई अनेक÷बहुल हुने, त्यो सार्विक नभई स्थानीय हुने, बहुसंस्कृति, बहुभाषी, बहुजाति भएको समाजको कल्पना गर्नु, गरिब, उपेक्षित नारी, अश्वेत, समलिङ्गी, अपाङ्ग जस्ता सीमान्तकृतहरूको पक्षधर हुनु, लोकतन्त्र व्यक्ति, समूहको नभई सबैको तुल्याउनु, केन्द्रको नभई स्थानीयको विकासमा जोड दिनु आदि ।

नकारात्मक पक्ष – उच्च र निम्नको खाडल मेट्न खोज्दा कला, साहित्य, संस्कृति उपभोक्ता बजारमा बेचिने जस्तो वस्तु हुनु, पछिल्लो पुँजीवादको सांस्कृतिक नमुना बन्नु, कुनै पनि सत्य अन्तिम सत्य हुन्न, महाआख्यान र इतिहासको पनि अन्त्य भयो भन्दा ठिक बेठिक छुट्याउन गाह्रो हुनु (लोकतन्त्र र निरङ्कुशता कुन ठिक छुट्याउन नसकिनु), अनिर्णयको बन्दी बनाउने स्थिति रहनु, राजनीतिक प्रतिगमनको बाटो देखाउने आरोप र महाख्यानको अन्त्य भनिए पनि समाजमा तिनको अस्तित्व कुनै न कुनै रूपमा देखिइ रहनु आदि ।

नेपाली आधुनिकतालाई त्यस्ता परिसीमाहरूबाट मुक्त तुल्याई निर्धारण गर्नु पर्ने र उत्तर आधुनिकताले त्यसलाई पुनर्लेखन गर्दै जानु पर्ने भाव यहाँ प्रकट गरिएको छ ।

२.४ नेपाली “वैकल्पिक” आधुनिकता

यसमा आधुनिकता युरोपबाट सुरु भएको, त्यस क्रममा पुँजीवादको विकास, औद्योगीकरण,

सहरीकरण, आधुनिक राष्ट्र निर्माण, नैतिक मुद्दा, अलौकिक धरातलबाट लौकिक धरातलमा अवतरण जस्ता धेरै काम युरोपमा भएका देखिए पनि संसारभरि भएका तिनैलाई मात्रै आधुनिकताको मानक मान्न बाध्य नहुने, आआŠनै देशका विशिष्ट परिस्थिति अनुकूल आधुनिकताका वैकल्पिक स्वरूप निर्माण गर्नु पर्ने आशय व्यक्त गरिएको छ । युरोपेली उपनिवेशको प्रभाव अपश्चिमेली राष्ट्रमा रहेको हुँदा ती देशका आधुनिक कला, साहित्य, संस्कृतिहरूमा पनि युरोपेली प्रशस्तै प्रभाव देखिन्छन् तापनि स्थानीय विशेषता पनि मिसाएर मिश्रित प्रकृतिको आधुनिकता निर्मित भइ रहेको छ । नेपालका कला, साहित्य र संस्कृतिमा पनि यो स्थिति देख्न सकिन्छ भन्दै यस्ता नेपाली साहित्यिक कृति र कतिपय चित्रकलाहरूको चर्चा गरिएको छ । चर्चा शङ्कर लामिछाने (एब्स्ट्रयाक्ट चिन्तन प्याज), मोहन राज शर्मा (वैकुण्ठ एक्सप्रेस), धु्रवचन्द्र गौतम (भस्मासुरको नलीडाह), इन्द्र बहादुर राई (कठपुतलीको मन र अन्य लीला चिन्तनहरू), कृष्ण धरावासी (शरणार्थी), अभि सुवेदी (ठमेल यात्रा), कृष्ण बराल (अवतरण), रत्नमणि नेपाल (कथा इन्द्रेणी) रङ्गवादी कविहरू (चन्द्रवीर तुम्बापो, समदर्शी काइँला, धर्मेन्द्र विक्रम नेम्वाङ आदि), कलाकर्मीहरू (लैनसिंह बाङ्देल, उर्मिला गर्ग, गेहेन्द्र मान अमात्य, उत्तम नेपाली, कृष्ण मान्धर, शशी शाह आदि) सँग सम्बद्ध तुल्याएर गरिएको छ । यस्ता सर्जकहरूका सिर्जनामा पूर्व, पश्चिम र स्थानीयताको मिश्रण गरेर नेपाली “वैकल्पिक” आधुनिकता निर्माणको चेष्टा रहेको कुरा यहाँ देखाउन खोजिएको छ ।

२.५ माक्र्सवादी सिद्धान्त

यसमा प्रथमतः कार्ल माक्र्सको ‘टुवर्डस् ए किटिक अव पोलिटिकल इकोनोमी’ पुस्तकमा उनले प्रस्तुत गरेको आधार ९द्यबकभ० ले नै अधिरचना ९क्गउभचकतचगअतगचभ० को स्वरूप निर्माण गर्छ तथा अधिरचनाले आधारमा निहित वर्ग विभेदलाई सुरक्षा दिने काम गर्छ भन्ने धारणाप्रति सबै शास्त्रीय माक्र्सवादीहरू सहमत भए पनि उत्तर संरचनात्मक माक्र्सवादीहरू भने असहमत देखिएका कुरा ल्याइएको छ । उत्तर संरचनात्मक माक्र्सवादीहरू आधार र अधिरचनाको सम्बन्ध एक पक्षीय नभएर दुई पक्षीय हुने ठान्दछन् । उनीहरू जसरी आधारले अधिरचनाको स्वरूपलाई निर्देशित गर्छ, त्यसरी नै अधिरचनामा निहित संस्था र संस्थागत अभ्यासले आधारलाई समेत प्रभावित पार्छन् भन्ने मान्यता राख्दछन् (पृ.१६२) । उनीहरू समाजमा रहेको वर्ग विभेद र वर्ग सङ्घर्षको कारण आर्थिक माग नभई अरू पनि हुने ठान्दछन् । अर्थात् शोषण र सङ्घर्षको कारक आर्थिक असमानता मात्र नभई समाजको पितृसत्तात्मक संरचना, औपनिवेशिकवादको इतिहास, विश्वव्यापीकरणका असमान प्रक्रिया, सामाजिक शोषण आदि हुन सक्ने ठान्दछन् ।

माक्र्सवादी समालोचकहरूले साहित्य तथा संस्कृतिको अध्ययन गर्न मुख्यतः प्रतिबिम्ब, उत्पादन र उत्पत्तिमूलक प्रतिमान विकास गरेको पाइन्छ । जर्ज लुकाजका मतमा सही ढङ्गले लेखिएको साहित्यले यथार्थलाई ऐनाले वस्तुलाई प्रतिबिम्बित गर भैmँ सोझो रूपले प्रतिबिम्बित नगरी कृतिको समग्र स्वरूप ९ँयचm० मार्पmत यथार्थको समग्र स्वरूपलाई कलात्मकता साथ प्रतिबिम्बन गरेको हुन्छ । फ्रान्सेली माक्र्सवादी पिरी म्याचरीका अनुसार पूर्व साहित्यिक शैली, परम्परा, भाषा, विचार धारा जस्ता कच्चा पदार्थलाई साहित्यकार वा उत्पादकले कृतिका रूपमा उत्पादन गर्दछ । त्यस्तै माक्र्सवादी समालोचक लुसियन गोल्डमेनले सर्जक आŠनो वर्गीय मानसिकता अनुसार वा सामाजिक संरचना अनुसार नै (भलै त्यो अवचेतनकै रूपमा भए पनि) आŠनो सिर्जना उत्पादन गर्ने ठान्दछन् ।

यसपछि एल्थ्युसरको आइडियोलजी, ग्राम्सीको हेजेमनी र फुकोको सङ्कथनका बारेमा अलि

विस्तारमा चर्चा गरिएको छ । आइडियोलजी भनेको परम्परित सोच वा एक किसिमको अन्ध विश्वास नै हो। शास्त्रीय माक्र्सवादीले यसलाई भ्रमपूर्ण चेतना ९ँबकिभ अयलकअष्यगकलभकक० भन्दछन् । शासक वर्गले सञ्चार माध्यमबाट यस्तो सञ्चार गरेर हरेक मानिसको सोच र व्यवहारमा प्रभावित तुल्याउने ठानिन्छ । त्यस्तै हेजेमनी भनेको एक किसिमको दासत्वका स्वीकृति वा यथास्थितिप्रतिको सम्मति वा औपनिवेशिक चेतना हो जुन घर, परिवार, समाज समूह र राष्ट्रमा व्याप्त भएर रहेको हुन्छ । फुकोको सङ्कथन पागलखाना, जेल र कक्षाकोठा जस्ता आधुनिक संस्थासँग सम्बद्ध छन् । यिनमा अनुशासनको प्रविधि प्रयोग गरेर मानिसलाई “व्यक्ति” बनाइन्छ (पृ.१७६) ।

माक्र्सवादीहरूको उत्तर आधुनिकताका बारेमा कतिपय टड्कारा विमति रहेका छन् । विशेषतः महाख्यान र इतिहासको अन्त्यको घोषणा गरेर पुरानो केन्द्रको सैद्धान्तिक विघटन त गर्ने तर नयाँ केन्द्रको खोजी नगर्ने, ल्योटार्ड र डेरिडाले भाषामा निहित अर्थहीनतातिर त आँैल्याउने तर नयाँ अर्थको सम्भावनातिर खासै ध्यान नदिने, मिसेल फुकोले पुराना आख्यानहरूलाई “सत्ता र शक्तिसँग जोडिएका सङ्कथन” त भन्ने तर नयाँ संरचनाको सिर्जनाबारे महत्त्वपूर्ण सैद्धान्तिक योगदान नदिने जस्ता उनीहरूका आलोचना पाइन्छन् । यस्ता कतिपय आलोचनाप्रति सञ्जीव उप्रेतीको पनि सम्मति देखिन्छ (पृ.१८३) तर यिनी नेपालीका सन्दर्भमा उत्तर आधुनिकतालाई अथ्र्याउँदा फुको, डेरिडा, बौद्रिलार्द, ल्योटार्ड जस्ता युरोपेली विचारकलाई मात्रै नहेरी आर राधाकृष्ण, गायत्री स्पिवाक, अरनेस्टो लक्लु, चान्ताल मुफ जस्ता तेस्रो विश्वबाट आएका उत्तर संरचनावादी र माक्र्सवादी विचारकहरूको दृष्टिकोण हेर्नु पर्ने, उनीहरूले गरेको उत्तर आधुनिक पुनर्लेखन नै हाम्रा सन्दर्भमा बढी समसामयिक हुने ठान्दछन् (पृ.१८४) । स्पिवाकका अनुसार उत्तर आधुनिकताले भाषिक अर्थलाई निषेधित गर्ने होइन परन्तु त्यसलाई दोहो¥याएर हेर्ने र आवश्यकता अनुसार पुनर्लेखन गर्ने हो । यो प्रवृत्ति आधुनिक विज्ञानमा पनि रहँदै आएको छ किनभने त्यहाँ पनि नयाँ प्रयोग र नयाँ आविष्कारले पुराना सिद्धान्तलाई बारम्बार पुनर्लेखन गरि रहेको हुन्छ । नारी हुनुको अर्थ पहिला एउटा थियो तर खोजी बस्दा नारी हुनुका अनुभूति अनेक भेटिन थालेका छन् । विपन्न, सम्पन्न, मध्यम, उच्च मध्यम, विवाहित, अविवाहित, एकल, शिक्षित, अशिक्षित, समलिङ्गी, विपरीत लिङ्गी, सहरी, ग्रामीण, धार्मिक, अधार्मिक आदि अनेक प्रवृत्तिका नारीले व्यहोरेको फरक फरक अनुभूतिले नारीका बारेमा अनेक पनुर्लेखनका सम्भावना देखाएको छ । ती अनुभूति फेरि फरक भूगोल र संस्कृति अनुसार अझ फरक हुन सक्छन् । त्यहाँ तिनको अझ फरक किसिमको पुनर्लेखन आवश्यकता पर्छ । त्यसैले अर्थको केन्द्रको वैधानिकता नकार्ने नभई यसले त्यो दोहो¥याएर हेरि रहनु पर्ने, पुनर्लेखन गरि रहनु पर्ने ठान्छ (पृ.१८६) । त्यस्तै माक्र्सवादी पे्रmडरिक जेमसनले भनेको पछिल्लो पुँजीवाद ९बितभ अबउष्तबष्किm० सँग उत्तर आधुनिकतावाद जोडिएको छ भन्ने भनाइ पनि आंशिक सत्य हो किनभने उत्तर आधुनिकताका विभिन्न चरण र स्थितिमध्ये एउटामा त्यो लागु भए पनि सबैमा लागु हुन्न (पृ.१८७) । त्यसैले उत्तर आधुनिकतावादका प्राविधिक र पुँजीवादी पाटोलाई मात्रै नहेरी यसको राजनीतिक र नैतिक पाटो पनि ख्याल गर्नु पर्दछ । समाजका सीमान्तकृत वर्गसँग यसको पक्षधरतालाई बिर्सनु हुन्न । नेपालका माक्र्सवादी, माओवादी दलहरू पनि यो यथार्थ बुझी सङ्घर्षको वर्ग केन्द्रित मोर्चा मात्रै नबनाई महिला मधेशी जस्ता अन्य समूहको अधिकारका कुरा पनि उठाउँदै आएको यथार्थलाई यहाँ औँल्याइएको छ (पृ.१८९) ।

यसरी माक्र्सवादी दृष्टिकोणलाई उत्तर आधुनिकताका विविध परिदृश्यसँग मौलिकता साथ यहाँ

आकलन गरिएको पाइन्छ ।

२.६ उत्तर औपनिवेशिकवाद

आधुनिक उपनिवेशको थालनी पन्ध्रौं शताब्दीको अन्त्यतिर भएको हो र यो उन्याइसौं शताब्दीसम्म आइ पुग्दा संसारको कुल क्षेत्रफलको नब्बे प्रतिशत भू–भागलाई (ब्रिटिन, फ्रान्स, स्पेन र पोर्चुगल जस्ता राष्ट्रहरूले) आŠना राजनीतिक र व्यापारिक नियन्त्रणमा लिन सफल भएको मानिन्छ (पृ.१९१) भारत, नाइजेरिया, केन्या, फिलिपिन्स जस्ता क्षेत्रमा उपनिवेशकले आŠनो सेना, व्यापार र प्रशासकीय निकायहरू निर्माण गरि सकेका थिए तर बिसौं शताब्दीको मध्यतिर भारत, केन्या जस्ता राष्ट्रहरू लामो सङ्घर्षको पृष्ठभूमिले मुक्त भए र यो क्रम विश्वभरि विस्तार हुँदै गयो । तर राजनीतिक उपनिवेशबाट मुलुकहरू मुक्त भए पनि आर्थिक र सांस्कृतिक पक्षमा भने अभैm पनि उपनिवेश विस्तार भइ रहेको छ । यसलाई एडवार्ड सइदले आŠनो पुस्तक ‘प्राच्यवाद‘ (इचष्भलतबष्किm सन् १९७८) मा विस्तारपूर्वक विश्लेषण गरेका छन् । यो विश्लेषण फुकोको सङ्कथन र डेरिडाको विरोधाभासी पदानुक्रम सम्बन्धी दृष्टिकोणबाट प्रभावित छ (पृ.१९२)। त्यस अनुसार युरोपेलीहरू आपूmलाई मेहेनती, तार्किक र विचार शक्तिबाट निर्देशित ठान्थे भने पूर्वेलीहरूलाई अल्छी, भावुक र अतार्किक मानिसका रूपमा चित्रण गर्थे । युरोप र पूर्वेली पदमै विरोधाभासी खाडल निर्मित गरिएको थियो ।

उपनिवेशलाई विस्तारित र दिगो तुल्याउन बेलायती मेकाउलेको निर्देशनमा अंग्रेजी भाषा र संस्कृतिको तालिम दिने काम भयो र यसबाट “मध्यम श्रेणीका ९ःष्ममभिअबिकक० व्यक्तिहरू उत्पादन गर्न थालियो । यो नीति अन्य उपनिवेशकहरूले पनि आ–आŠनै किसिमले अख्तियार गरे । यस नीतिले बनाएका व्यक्ति घरको न घाटको हुन थाले । त्यही स्थितिलाई बुझी भारतमा गान्धीले सांस्कृतिक र राजनीतिक उपनिवेशको विरोध गरे । संसारभरि यो भावना विस्तारित हुँदै गयो । औपनिवेशिकवादको अन्त्य र शीत युद्धहरूको समाप्तिपछि पनि विश्व सञ्चार संयन्त्रले पश्चिमी वा युरेपेली संस्कृतिको साम्राज्य विस्तार गरि नै रहेका छन् । राष्ट्रिय स्वतन्त्रता सङ्ग्राममा विदेशी संस्कृति र वस्तुको वहिष्कार गरेका र “उत्तर औपनिवेशिकवादी” कहलाएका आधुनिक भारत, नाइजेरिया र अल्जेरिया जस्ता राष्ट्रमा पनि सांस्कृतिक उपनिवेशको फरक स्वरूप देखा परि नै रहे ।

बिसौं शताब्दीका आर्थिक र प्राविधिक क्षेत्रमा भएका परिवर्तनहरूले अहिले बेलायत नभएर संयुक्त राज्य अमेरिका संसारको मुख्य सांस्कृतिक र राजनीतिक शक्ति केन्द्रका रूपमा देखिएको छ । अमेरिकाले युरोपलाई शक्तिकेन्द्रका रूपमा विस्थापित गरेको यस समकालीन समयमा पनि पश्चिमी संस्कृति, साहित्य र भाषाहरू अपश्चिमेली मुलुकका भाषा तथा संस्कृतिभन्दा उच्च छन् भन्ने भावना कुनै न कुनै रूपमा देखा परि रहेको छ । अंगे्रजी भाषा, अंग्रेजी जीवन शैली (जिन्स, टाइ, काँटाचम्चा, फेसन सोका क्याटवाक) अमेरिकी डिभीप्रतिको आकर्षण आदिबाट यसलाई बुझ्न सकिन्छ । यिनलाई अहिलेको विश्वव्यापीकरणको युगको व्यवहारिक रणनीतिका रूपमा मात्रै लिए त एक हदसम्म ठिकै मान्न सकिएला तर यसको अभावमा आत्महीनताको बोध गर्न थाल्नु भने ऐतिहासिक उपनिवेशकै गहिरो प्रभाव मान्नु पर्ने हुन्छ ।

नेपाल राजनीतिक दृष्टिले प्रत्यक्ष रूपमा उपनिवेशबाट मुक्त रह्यो । तर सन् १९१६ को सुगौली सन्धिपछि नेपाली सेना ब्रिटेनको पक्षमा युद्ध लड्न पठाइए । ब्रिटेनले पठाएका पदक र सम्मान तत्कालीन नेपाली शासकहरूका लागि गौरवका विषय बने । त्यसका अवशेष अझै पनि नेपाल र भारतका सैन्य सङ्गठनहरूमा रहेको छ । नेपाली राजनीतिमा भारत र अमेरिकी चासो र सक्रियता अब लुकेको विषय रहेन । यो भन्दा पनि सांस्कृतिक उपनिवेश अझ चर्को छ । नेपालका प्रमुख सहर र तिनको स्वरूपबाट यसलाई बुझ्न सकिन्छ। युगीय आवश्यकताले पश्चिमी उत्पादन उपयोग गर्नु एउटा कुरा हो तर तिनलाई उच्च र आŠनो भाषा, संस्कृति र जीवन शैलीलाई हीन ठान्नु विचारण्ीय कुरा हो । यो उपनिवेशबाट सिर्जित हीन ग्रन्थि हो । व्यक्ति मस्तिष्कमा देखिएको यस्तो औपनिवेशिक दासतालाई कसरी हटाउने आजका सर्जकहरूको चिन्ताको विषय हो । बोर्डिङ वा निजी शिक्षण संस्थाहरूले आज यस समस्यालाई झन् झन् बल्झाइ रहेका छन् भन्ने अंग्रेजी केन्द्रीय विभागमा दुई दशकभन्दा बढी समय प्राध्यापन गर्दै आएका यस पुस्तकका लेखक उप्रतीको तिखो तर मार्मिक टिप्पणी पनि यहाँ रहेको छ (पृ.२०६) ।

२.७ विश्वव्यापीकरणको अध्ययन

विश्वव्यापीकरणलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक, सञ्चार जस्ता

अनेक विषयको विकासका रूपमा हेर्ने एउटा सकारात्मक दृष्टिकोण देखिएको छ भने अर्को त्यसैका माध्यमबाट शक्तिराष्ट्रले विपन्न राष्ट्रमाथि आŠनो प्रभाव विस्तार गर्ने वा अप्रत्यक्ष रूपमा एक किसिमको उपनिवेश खडा गर्ने नकारात्मक दृष्टिकोण पनि देखिएको छ । यसमा अरू तर्क पनि रहेका छन् । हिजोको जस्तो बेलायत र अमेरिका आज केन्द्रका रूपमा रहन सम्भव छैन । आज फरक फरक राष्ट्रका फरक फरक केन्द्र देखिन थालेका छन् । जस्तै नेपालका लागि सांस्कृतिक र राजनीतिक केन्द्र भारत बनेको छ भने अफ्रिकी देशहरूका लागि मिश्र केन्द्र बनेको छ । फेरि भारतको केन्द्र पहिला रुस थियो भने अहिले अमेरिका बनेको छ । केन्द्र, उपकेन्द्र वा बहुकेन्द्रको स्थिति विकास हुँदै आएको छ ।

सञ्चार सुविधाले अहिले दुनियाँमा विचार, वस्तु, पैसा, मानिस, बिम्व र प्रविधिको विश्वव्यापी प्रवाह निरन्तर चलायमान छन् (पृ.२०९) । इन्टरनेट, टेलिभिजन र खबर पत्रिकाहरूले केही क्षणमै कुनै पनि घटना विश्वका कुना कुनासम्म फैल्याउन समर्थ भएका छन् । विश्व प्रत्यक्ष वा अप्रत्यक्ष एक अर्काको प्रभावमा आइ सकेका छन् । एक ठाउँको आर्थिक मन्दीको असर अर्को ठाउँमा परि रहेको हुन्छ । तेल उत्पादक राष्ट्रको समस्या अरू मुलुकले पनि झेल्न बाध्य हुन्छन् । एक ठाउँको धार्मिक दङ्गाको असर अर्को मुलुकमा समेत परेको हुन्छ । मानिस शिक्षा, रोजगारी, व्यवसाय आदिका लागि आŠनै जन्म भूमिमा सीमित भइ रहने स्थिति अब रहेन । व्यक्तिको राष्ट्रिय परिचय अब अन्तर्राष्ट्रिय जीवन शैलीमा साँटिदै गएको छ । संस्कृति मिश्रणका परिस्थितिहरू विकास भइ रहेका छन् । तर यस्तो प्रवाह शक्ति राष्ट्रबाट कम शक्तिशाली राष्ट्रतिर नै बढी भएको छ । यसलाई न्यूनीकरण गर्ने हो भने अन्धानुकरण वा पुरै निषेध गर्नतिर नलागी “पश्चिमेली सांस्कृतिक स्वरूपहरूलाई अपश्चिमेली पारस्परिक स्वरूपसँग मिसाउँदै नयाँ मिश्रित वैकल्पिक स्वरूपहरूको सिर्जना गर्नु” (पृ.३१३) उचित हुने भए पनि यसमा पनि समस्या भने देखिन्छन् नै । यसो गर्दा पहिलो त राष्ट्रको जातीय संस्कृतिको आधार विथलिन सक्छ । दोस्रो नेपाल जस्ता अपश्चिमेली मुलुकमा पश्चिमी मुलुक (बेलायत, अमेरिका) बाट मात्र वस्तु, मानिस, विचार र प्रविधिहरू नआई भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, हङकङ जस्ता अपश्चिमेली मुलुकबाट पनि आइ रहेका हुन्छन् । अनि ती कतिपय पश्चिमेली र स्थानीय स्वरूपका पनि हुन्छन्। त्यसैले तिनमा नेपाली स्वरूप मिसिँदा अझ नयाँ स्वरूपका बनि रहेका हुन्छन् ।

पश्चिमेली प्रभावबाट सचेत तुल्याउन अहिले कतिपय विश्व विद्यालयमा अपश्चिमेली वा तेस्रो विश्वको साहित्यको अध्यापन गराउने परिपाटी पनि सुरु भएको छ तर यसको निर्धारण तिनै पश्चिमी वा पहिलो विश्वका व्यक्तिहरूले नै गर्ने परिपाटी छ । यसका लागि अंग्रेजी, पं्रmेन्च र जर्मन जस्ता भाषामा लेखिनु पर्ने वा ती भाषामा अनुवाद गरिनु पर्ने सर्त देखिएका छन् । त्यसैले ऐजाज अहमदले यसको प्रशस्त आलोचना पनि गरेको पाइन्छ (पृ.२२०–२२४) । एक त तेस्रो विश्व भनिएका राष्ट्रहरू (भारत, चीन, पाकिस्तान, युगोस्लाभिया, नेपाल आदि) बिच नै भाषिक, सांस्कृतिक, आर्थिक, भौगोलिक, राजनीतिक आदि क्षेत्रमा ठूलो विभेद छ भने त्यस्ता अलग अलग राष्ट्रभित्र पनि यस्ता प्रशस्त भिन्नता पाइन्छन् । नेपालकै तराई, पहाड र हिमाल वा काठमाडौं, पोखरा र कर्णाली बिच प्रशस्त भिन्नता पाइन्छन् । अनि काठमाडौंभित्र नै प्रथम विश्वको सुविधा भोगीहरू र वासिङ्टनमै तेस्रो विश्वको जीवन स्तर बाँचेका मानिस पनि हुन्छन् भन्दै अहमद वर्ग सङ्घर्षलाई मुख्य कुरा ठान्दछन् । तर यस पुस्तकका लेखक उप्रेती वर्ग सङ्घर्ष मात्रै भनेर नहुने, त्यसमा नारी, अश्वेत, अपाङ्ग, समलिङ्गी जस्ता पक्ष थपेर अलि विस्तार गर्नु पर्ने ठान्दछन् (पृ.२२४) । यस बाहेक यहाँ आर्थिक उदारीकरण बहु राष्ट्रिय कम्पनीको प्रसार, पुँजीवादको मुख्य सांस्कृतिक अभिव्यक्ति, उपभोगको महत्त्व (पैसा, श्रम र वस्तु) जस्ता कुराको चर्चा गरिएको छ । समसामयिक विश्वका शक्ति केन्द्रहरू पैसा, श्रम र उपभोगका वस्तुको प्रवाहबाट निर्मित हुने र यो कुनै राष्ट्रिय सीमा वा पहिला जस्तो दरवार विशेषमा नदेखिने हुँदा यसलाई बुझ्न र यसका विरुद्ध मोर्चा बनाउन त्यति सजिलो नभएको पनि जनाइएको छ ।

समकालीन साहित्य र संस्कृतिको अध्ययनमा यस्ता परिप्रेक्ष्यको उद्घाटन पनि आवश्यक हुन्छ ।

२.८ जेन्डरको अध्ययन

पूर्वीय समाजमा नारीलाई घरेलु काममा मात्रै सीमित गर्ने तर पुरुष भने आधुनिक सक्रिय कर्ताका रूपमा देखिने परम्परा छ । पुरुष बाहिरिया आक्रमणबाट घरलाई बचाउने र आय आर्जन गर्ने व्यक्तिका रूपमा पनि चिनिन्छ तर नारीको घरेलु श्रमको मूल्य गर्ने परिपाटी रहेको छैन । यसो भए पनि राष्ट्रिय स्वतन्त्रता सङ्ग्रामका बेलामा नारीहरू पुरुष जस्तै घर बाहिर निस्केर आन्दोलनलाई सशक्त रूपमा अगि बढाए । त्यस समयको नारीहरूको पुरुषोचित व्यवहारको निन्दा नभई उल्टै प्रशंसा भयो तर स्वतन्त्रता प्राप्ति पछि भने नारीलाई घर, चुलो र भान्सामा नै सीमित गरियो भन्ने पार्था चटर्चीको यथार्थपरक विश्लेषण छ (पृ.२३५) । नारीहरूले औपनिवेशिक र पितृसत्तात्मक दुवै किसिमको शोषण र दासता खप्नु परेको थियो तर सन् १९६० को पछिल्लो दशकबाट उठेको नारीवादी आन्दोलन पछि नारी शोषणका अनेक रूप सार्वजनिक हुन थाले । नारीले गर्ने घरेलु श्रमको मूल्य गर्ने हो भने संसारको दुई तिहाइ श्रम नारीले नै गर्ने, संसारको पचास प्रतिशत खाद्यान्न नारीले नै उत्पादन गर्ने तर संसारको पाँच प्रतिशत भूभाग मात्रै नारीको स्वामित्वमा रहेको र संसारकै आयको दश प्रतिशत मात्र नारीको हात पर्ने गरेको तथ्यहरू देखिन थाले (पृ.२३६) ।

उपनिवेशको अन्त्य हुँदै गए पछि नारी घर बाहिरको काममा पनि लाग्न थाले तर सामाजिक सङ्कीर्ण सोंचका कारण उनीहरूले धेरै व्यवहारिक जटिलता पनि नव्यहोरी सुख पाएनन् । जुलिया क्रिस्टेवाले यस पक्षलाई निकै गहिरिएर नियालेको पाइन्छ (पृ.२३६–३८) । सीमान्तकृत समुदायका नारी (काला, खैरा, समलिङ्गी) हरूका पीडा अझ पेचिला छन् ।

विशेषतः सन् १९७० र १९८० को दशकमा नारी स्रष्टाको रचनाहरूको छानविन गर्ने, नारी भाषा पुरुषको भन्दा शरीरको विशिष्ट अनुभूतिसँग जोडिएको र तरल रहेको देखाउने जस्ता काम हेलेन सिक्सु र जुलिया क्रिस्टेवाहरूले गरे तर निर्माणवादी नारीहरू (जुडिथ बटलर, शोवाल्टर र स्पिवाक) ले भने कुनै पनि नारी जन्मदै नारीत्वका गुण लिएर नजन्मने त्यो त पितृसत्ताको नियम उपनियमहरूको जालोद्वारा नै निर्मित हुने जनाए (पृ.२४३) । तात्त्विकवादी ९भ्ककभलतष्बष्कित० र निर्माणवादी ९ऋयलकतचगअतष्खष्कत० नारीहरूको दृष्टिकोणको अन्तर समलिङ्गीका बारेमा पनि रहेको छ । एउटा जन्मतः मानिसमा समलिङ्गी र विपरीत लिङ्गी सोच हुने ठान्छ भने अर्को समाजमा रहेका विपरीत लिङ्गी सांस्कृतिक तथा भाषिक नियमहरूलाई आत्मसात गरेरै मात्र विपरीत लिङ्गी बन्छ, जसले त्यसलाई स्वीकार्र्दैन र विद्रोह गर्छ ऊ समलिङ्गी बन्छ भन्ने ठान्दछ । सन् १९८० पछि नारीवादी विचार धारा झन् धेरै विस्तारित भए । राष्ट्रियता, वर्ग, जाति, लैङ्गिक चाहना, शिक्षा, संस्थागत संलग्नता जस्ता भिन्नताले नारीका समस्या र अनुभव फरक फरक देखिन थाले । समलिङ्गीमा पनि पुरुष समलिङ्गी, नारी समलिङ्गी, त्यस भित्रका पनि पुरुष स्वभावको र नारी स्वभावकोमा अझ फरक फरक समस्या र अनुभूति रहे । यस्ता समलिङ्गीमा वर्ग, वर्ण, जाति, क्षेत्र, सम्प्रदाय जस्ता कुराले पनि केही न केही भिन्न प्रभाव पारेको हुन सक्छ । ट्रान्सजेन्डर ९त्चबलकनभलमभच० वा तेस्रो लिङ्गी, द्वैत लिङ्गी ९द्यष्कभहगब०ि र सन्दिग्नतावादी ९त्तगभभच० हरूका अझ फरक समस्या र अनुभूतिहरू छन् । एकै व्यक्तिका परिवर्तनशील इच्छाहरूले वा शल्यक्रियाद्वारा लिङ्ग परिवर्तन गर्ने प्रवृत्तिले नारी र पुरुष सम्बन्धी विरोधाभासी संरचना र सोंचमा फेरि थप प्रश्न जन्मिएका छन् । यौनिकतालाई परिभाषित पुनः नयाँ किसिमले गर्नु पर्ने देखिएको छ। समलिङ्गी, विपरीत लिङ्गी जस्ता विभेदमा अल्झिनुभन्दा पनि वयस्क व्यक्तिहरू आपसी समझदारीमा आŠना साथी खोजेर यौनक्रीडाबाट आनन्दित हुन्छन् भने त्यसलाई समाजले कुनै नाकनिक बिना स्वीकृति दिनु पर्ने परिस्थिति बन्दै गएको राय उप्रेतीको छ ।

२.९ फरक क्षमताको अध्ययन

पछिल्ला दुई दशकमा “अपाङ्गता वा फरक क्षमताको अध्ययन” भन्ने नयाँ विषय देखिएको छ । शारीरिक वा मानसिक काम गर्न नसक्नेलाई फरक क्षमता वा अपाङ्गता मान्ने र त्यसको कला, साहित्य र संस्कृतिमा के कस्तो चित्रण भएको छ≤ शारीरिक वा मानसिक मापदण्डका कारण सामाजिक अपेक्षा अनुरूप काम गर्न नसक्ने व्यक्तिलाई समाजले कसरी हेर्छ≤ त्यस्ता व्यक्ति स्वयम् आफूलाई कसरी हेर्छन् जस्ता कुराको अध्ययन यसमा गरिन्छ ।

प्राचीन कालदेखि नै समाज र साहित्यमा लाटा, बहिरा, विकलाङ्गहरूलाई काम नलाग्ने वा निम्न स्तरका मानिसका रूपमा हेर्ने परिपाटी रह्यो । त्यसलाई दैवी श्राप वा दण्डका रूपमा हेर्ने, समाजको निम्ति ऊ एउटा घृणा वा हास्य पात्रका रूपमा रहने, पितृसत्तात्मक समाजको संरचनामा नारीलाई निम्न दर्जाको ठानिए भन्दा पनि तुच्छ ठानिने, तदनुरूप नै कला, साहित्य र संस्कृतिमा चित्रण गर्ने परिपाटी पश्चिममा के कस्तो रह्यो विभिन्न समालोचक र अन्वेषकहरूले त्यसका बारेमा के कस्तो अन्वेषण गरे भन्ने कुराको केही विस्तारमा यहाँ चर्चा रहेको छ । प्राचीन तथा मध्य कालमा पश्चिममा अपाङ्गता वा फरक क्षमता भएका मानिसलाई कतिपय ठाउँमा अन्धा केटालाई भिख माग्न लगाउने, अन्धी केटीलाई वेश्यावृत्तिमा लगाउने, रोमन सम्राट निरोकी श्रीमतीले अन्धो पागललाई आनन्द भोगका निम्ति पाल्ने, कतिपयले बहिरा, लाटा, पागल अन्धा नारीहरूलाई सैतानद्वारा सञ्चालित बोक्सी ठान्ने जस्ता नकरात्मक काम गरेको पाइन्छ । एरिस्टोटलले नै आŠनो ‘पोलिटिक्स’ पुस्तकमा अपाङ्ग वा अङ्गभङ्ग भएका शिशुहरू बाँच्न नपाउने कानुनको तर्जुमा गर्नु पर्ने राय राखेका थिए (पृ.२५९) । १७ औं शताब्दीको मध्यतिर युरोपमा पागलखाना निर्माण गरेर त्यहाँ पागल, अपाङ्ग, भिखारी, बेरोजगार, विद्रोही, वेश्या, सिलिफिसका रोगी, रक्सीवाज, लोग्नेले छोडेका श्रीमती, विवाह नहुँदै यौन सम्पर्क गरेका चेलीहरू एकै ठाउँमा राख्ने प्रचलन चल्यो (पृ.२६३) । १८ औं शताब्दीपछि विस्तारै परिस्थिति सकारात्मक मोडतिर लागेको बुझिन्छ । चिकित्सा विज्ञान र प्रविधिको विकासले अनि मानिसहरूको तीप्रतिको सकारात्मक सोचले अनि अपाङ्गता भएका व्यक्तिहरूमा विकसित आत्मबलले पनि हिजोको परिस्थितिमा धेरै परिवर्तन आएको छ तर पनि समाजमा उनीहरूलाई भिन्न, असामान्य, अस्वाभाविक वा कुसङ्केत ९क्तष्नmब० चरित्रका रूपमा लिने परिस्थिति अझै पनि छ । यस्तामध्ये नारीको अझ बढी दुर्दशापूर्ण स्थिति देखिन्छ । यिनै कुराहरूको कला, साहित्य र संस्कृतिमा के कसरी अभिव्यक्ति भएको छ भन्ने कुराको अन्वेषण गरिनु पर्ने आशय यहाँ प्रस्तुत गरिएको छ ।

२.१० परिचयको अध्ययन

मानिसको व्यक्तिगत, सांस्कृतिक र राजनीतिक परिचय पनि संस्कृति अध्ययनको प्रविधि मार्फत विश्लेषण गरिने एउटा मुख्य विषय मानिन्छ । व्यक्तिको परिचय उसको धार्मिक, सांस्कृतिक देश, भाषा, जाति, व्यवसाय र संस्थागत जस्ता कुराले दिने गर्छ । यी कुरा परिवर्तन भइ रहने हुँदा मानिसको परिचय पनि अस्थिर वा परिवर्तनशील हुन्छ । यसलाई तात्त्विकतावादी ९भ्ककभलतष्बष्कित० र निर्माणवादी ९ऋयलकतचगअतष्खष्कत० सैद्धान्तिक अवधारणाले भिन्न भिन्न रूपमा व्याख्या गरेका छन् । पहिलोले मानिसमा तात्त्विक, प्रकृति प्रदत्त अपरिवर्तनशील गुण हुन्छन्; यसले इतिहासको प्रवाहभित्र मानिस रहे पनि उसको अन्तर वा तात्त्विक स्वरूप अपरिवर्तन नै हुन्छ, स्त्री, पुरुष, समलिङ्गी, विपरीत लिङ्गी, हिन्दू, मुस्लिमी, नेपाली चिनियाँ जस्ता मानिसका विशेषता सोही आधारमा भएका हुन् भन्ने मान्यता राख्दछ । यसले परिचयका मापदण्ड निरन्तर रूपान्तरण हुने कुरा नकारी ती सबै पहिलेदेखि नै निर्धारित भएका तात्त्विक सत्यसँग सम्बन्धित तुल्याएर हेर्छ । तर दोस्रोले जुनसुकै मापदण्ड पनि प्रकृति प्रदत्त नभई ऐतिहासिक र राजनीतिक परिप्रेक्ष्यभित्र निर्मित भएको मान्दछ । इलेन सोवाल्टर र जुडिथ बटलहरूले नारी, पुरुष, समलिङ्गी विपरीत लिङ्गीका तात्त्विक विशेषताहरू, चाहनाहरू सामाजिक र ऐतिहासिक प्रक्रिया मार्फत गठन हुने मान्दछन् (पृ.२७८) । यी दुवै दृष्टिकोणका आआŠनै शक्ति र सीमा रहेको कुरालाई यहाँ केही विस्तारमा प्रस्तुत गरिएको छ ।

यसपछि आजको सञ्चार र भूमण्डलीकरणको समयमा राष्ट्र र राष्ट्रियताको खिइँदो परिचयका

बारेमा देखिएका तर्क वितर्कहरू प्रस्तुत गरिएको छ । कतिपय (अर्जुन अप्पादुराई)ले भूमण्डलीकरणको प्रक्रियाले सीमा रहित राष्ट्र वा अस्थानिक राष्ट्रको स्थिति विकास हुँदै गएको, व्यक्ति अब बहुराष्ट्रको नागरिक बन्न थालेको, समसामयिक विश्वमा वस्तु, बिम्व, मानिस विचार पैसा र प्रविधि देशका सीमा नाघेर विश्वभरि नै चलायमान हुन थालेका र भूराजनीतिक सीमाहरूमा बाँधिएका पारम्परिक राष्ट्रहरूको अन्त हुने बेला आएको जनाएका छन् भने कतिपय (नील लजारुस, प्रणव ज्ञानी र योगिता गोयल) ले केही सीमित मानिस वर्गीय, शिक्षा र संस्थागत विशेषताका कारणले विदेशमा प्रवेश सम्भव भएपनि सर्व सामान्यलाई त्यो सुविधा उपलब्ध छैन; भिसा आवेदन स्वीकृत हुनेभन्दा नहुने अत्याधिक हुन्छन्; त्यसैले राष्ट्र र राष्ट्रियताको सान्दर्भिकता अहिले पनि प्रशस्त छ भनेका छन् । जे होस् स्वदेश वा विदेशमा बसेर लेख्नेहरूको लेखनमा राष्ट्रियताको परिकल्पना के कसरी गरिएको छ, त्यसको अध्ययन पनि आजको समालोचनाको विषय हुन सक्छ । अबको कला, साहित्य र संस्कृतिमा हिजोको जस्तो एकाङ्गी स्वरूप नभई समावेशी स्वरूप हुनु पर्ने आकाङ्क्षा पनि यस शीर्षकमा पाइन्छ ।

२.११ आतङ्क, मानवता र अर्काका कुरा

वर्तमान विश्व नयाँ नयाँ भयावह समस्याले आतङ्कित बन्दो छ । यहाँ एकातिर ग्लोबल वार्मिङका कारण पर्यावरणीय सङ्कट चर्किदै गएको छ भने अर्कातिर आतङ्कवादको विश्वव्यापी सन्जालले मानिसको व्यक्तिगत स्वतन्त्रता कटौती हुँदै गएको छ । सञ्चारको उपयोग मानव समृद्धिका निम्ति मात्रै नभई विनाशका लागि पनि हुन थालेको छ । आणविक बम बनाउने फर्मुला समेत इन्टरनेटमा उपलब्ध छ । सन् २००१ सेप्टेम्बर ११ को घटना पछि आतङ्कवादी अलकायदाको र त्यसका विरुद्धको शक्तिराष्ट्र अमेरिकाको द्वन्द्वद्वारा निर्मित सन्त्रास विश्वभरि नै छाएको छ । आतङ्क धर्म, वर्ग, क्षेत्र, सम्प्रदाय, लिङ्ग, राष्ट्रिय स्वार्थ जस्ता अनेक नाउँमा सिर्जित भएका छन् । मृत्युपछि “जन्नत” प्राप्तिका निम्ति भनेर गरिने आत्मघाती आक्रमण सबैभन्दा भयावह देखिएको छ । अर्कोतर्फ आतङ्क र विद्रोहको सीमारेखा पनि धमिलिंदै जान थालेका छन्। समाजका सीमान्तकृत समुदाय आŠनो अधिकार प्राप्तिका लागि भन्दै अराजक र हिंस्रक बनेर प्रकट हुने, हिंसालाई हिंसाले नै अन्त गर्न खोज्ने जस्ता अनेकन परिस्थितिले उत्तर मानवतावादी युगको थालनी त भएन भन्ने चिन्ता लेखकमा पाइन्छ (पृ.३०८) ।

समाजमा “आफू” र “अर्को” को भाव निकै चर्केर गएको छ । “अर्काप्रति गरिएको हिंसा घुमिफिरी आफैतिर फर्किएर आउँछ” (पृ.३१०) भन्ने दूरदृष्टि देखिएको छैन । साध्य राम्रो छ भने साधन जस्तो (हिंसा) पनि प्रयोग गर्न सकिन्छ भन्ने साेंचले मानवता सङ्कटमा परेको छ किनभने गलत साधनबाट प्राप्त भएको साध्यको परिणति अन्ततः गलतै हुन्छ । मानिसले मानिसलाई मात्रै अर्को देखेन परन्तु प्रकृतिलाई पनि अर्को ठानेर यसको अनियन्त्रित विनाश गरि दिँदा आज मानिससँगै सबै जैविक प्रणालीमा सङ्कट परि रहेछ। सन् १९८० को दशकदेखि पर्यावरणीय समालोचनाले मानव र प्रकृति बिचको अन्तर सम्बन्धलाई साहित्यिक र सांस्कृतिक कृतिहरूमा कसरी देखाइएको छ भन्ने कुराको अध्ययन पनि गर्दै आएको छ । पर्यावरणीय नारीवाद ९भ्अययिनष्अब िँझष्लष्कm० मा पनि मानव र प्रकृति बिचको अन्तर सम्बन्धलाई केलाएको पाइन्छ। त्यहाँ पनि उपभोक्तावादी समाजका कारण मानिस प्रकृतिको अनियन्त्रित र अव्यवस्थित उपभोगमा लागेर अनेक प्राकृतिक विपदा निम्त्याइ रहेको, उसमा मानवीयता हराउँदै गएको, चिकित्सा विज्ञानको सफलताले गर्दा मान्छेका शरीरका अङ्ग प्रत्यङ्ग सहज प्रत्यारोपण सम्भव हुँदा मानिस झन् झन् संवेदनाशून्य वा यान्त्रिक बनि रहेको जनाइएको छ ।

यस शीर्षकको अन्त्यमा आधुनिकताको एउटा मुख्य अभिलक्षण वर्गीकरण हो भन्दै पश्चिममा यो प्रक्रिया १८ औं शताब्दीबाट सुरु भएको जनाइएको छ । वर्गीकरणले ज्ञानको विशिष्टता र व्यवस्थापनको उच्चतालाई स्थापित गर्छ । यसबाट इतिहासको गति र आधुनिकताको प्रवाह निर्मित भएको हुन्छ । तर यसको दुरूपयोग गरेर समाजमा भय, त्रास र अमानवीय भाव विकास गरिनु हुन्न भन्ने लेखकीय सद्भाव पनि यहाँ प्रकट भएको छ ।

२.१२ उपसंहार

यसमा यस अघि चर्चा गरिएका पश्चिमी विषयहरूलाई सङ्क्षेपमा हेर्न खोजिएको छ । यस क्रममा प्राचीन कालमा एरिस्टोटलको विरेचन ९अबतजबचकष्क० सिद्धान्त, मध्ययुगका नैतिक सिद्धान्तहरू, पुनर्जागरण कालदेखि बिसौं शताब्दीसम्म आइ पुग्दा स्वच्छन्दतावाद र यथार्थवाद, बिसौं शताब्दीको पूर्वाद्र्धमा नव समालोचनावाद, रुसी रूपवाद, आधुनिकतावाद, घनवाद, अभिव्यञ्जनावाद, भविष्यवाद, संरचनावाद, अस्तित्ववाद र माक्र्सवाद आए । बिसौं शताब्दीको उत्तराद्र्धमा उत्तर आधुनिकतावाद, नारीवाद, उत्तर संरचनावाद, उत्तर संरचनात्मक माक्र्सवाद, उत्तर औपनिवेशिकवाद, विश्वव्यापीकरणको अध्ययन, परिचयको अध्ययन, पर्यावरणीय समालोचना, फरक क्षमताको अध्ययन र सांस्कृतिक अध्ययनहरू आए । उत्तराद्र्धका सबै र पूर्वाद्र्धका नव समालोचना, रुसी रूपवाद र संरचानावादको यहाँ विवेचना गर्ने काम भएको छ । पूर्वाद्र्धका यहाँ चर्चित सिद्धान्तहरू कृतिपरक छन् भने उत्तराद्र्धका ऐतिहासिक र राजनीतिक विषयसँग बढी सम्बन्धित छन् । उत्तराद्र्धमा सन्त्रासको अध्ययन ९त्चबगmब क्तगमष्भक० र अराजकताको सिद्धान्त ९ऋजबयक त्जभयचथ० जस्ता अन्य सिद्धान्त पनि आएका छन् तर तिनको चर्चा यहाँ गरिएको छैन ।

सामाजिक आधारले नै सैद्धान्तिक अधिरचना निर्मित हुने मान्यता अनुरूप यहाँ चर्चित सिद्धान्तहरू सामाजिक मान्यता र ऐतिहासिक परिवेशद्वारा निर्देशित ठानिएको छ । माक्र्सवादी, नारीवादी, उत्तर औपनिवेशवादी, अश्वेत, समलैङ्गिक, फरक क्षमता जस्ता आन्दोलनले संसारभरि राजनीतिक सचेतना बढाएको र कला साहित्य र संस्कृतिमा पनि ती स्थापित हँुदै गएको ठानिन्छ । यिनले वर्गीय, लिङ्गीय, राष्ट्रिय संस्कृतिको, वर्णको, यौन सम्बन्धी अपाङ्गका न्यायका पक्षमा आवाज उठाएका छन् । पर्यावरणीय सिद्धान्तले मानव केन्द्री चिन्तनलाई अझ विस्तार गरी प्राणी केन्द्री तुल्याएको छ । परवर्ती सिद्धान्तहरू मूलतः लोकतन्त्र र सामाजिक न्यायका पक्षमा केन्द्रित देखिए पनि कतिपय पछिल्ला राजनैतिक परिस्थिति अराजक र सन्त्रासका स्रोत पनि बनि रहेका छन् । आधुनिकताको वर्गीकरणको मान्यता ज्ञानको विशिष्टीकरण र व्यवस्थापनको उच्चतातिर केन्द्रित नरही अर्को वा शत्रुताको भाव विकास गर्नतिर लागेको र अनियन्त्रित पर्यावरणको विनाशले मानिसको मात्रै नभई प्राणीहरूकै अस्तित्व सङ्कटमा पर्न थालेको छ । उत्तर मानवताको आशङ्का बढ्दो छ । त्यसैले हाम्रा विचार सिद्धान्त र सिर्जनाद्वारा आशङ्कित नकारात्मक परिस्थितिप्रति बेलैमा चनाखो रहनु पर्ने अपेक्षा पनि यहाँ गरिएको छ ।

३. प्रस्तुतिगत मौलिकता

प्रस्तुत कृतिमा पृष्ठभूमिका रूपमा बिसौं शताब्दीका पूर्वाद्र्धका पाठ केन्द्र वा संरचनावादी सिद्धान्त प्रस्तुत गरिएको छ भने मूल विषयका रूपमा बिसौं शताब्दीका उत्तराद्र्धका उत्तर संरचनावादी वा उत्तर आधुनिकतावादी सिद्धान्त प्रस्तुत गरिएको छ । नेपाली समालोचनाका क्षेत्रमा वासुदेव त्रिपाठी, कुमार बहादुर जोशी, दयाराम श्रेष्ठ, अभि सुवेदी, ऋषिराज बराल, इन्द्र विलास अधिकारी, मोहन राज शर्मा, गोविन्द राज भट्टराई, कृष्ण गौतम जस्ता चिन्तकहरूले बेलाबेलामा पश्चिमी साहित्य सिद्धान्तहरू प्रस्तुत गर्दै आएका छन्। यी सबैका प्रस्तुतिमा आआŠना किसिमका विशेषता छन् । अघिल्ला अधिकांशले सिद्धान्तको मूल स्वरूप मात्रै प्रस्तुत गरेको पाइन्छ भने पछिल्ला गोविन्द राज भट्टराई, कृष्ण गौतम जस्ता चिन्तकहरूले सिद्धान्तलाई नेपाली साहित्यका सन्दर्भबाट समेत स्पष्ट्याउने प्रयत्न गरेका छन् । यही पृष्ठभूमिमा सञ्जीव उप्रेतीको प्रस्तुत कृति आएको छ । साहित्य सिद्धान्तको निरूपण गरिएका नेपाली भाषाका पूर्ववर्ती कृतिहरूभन्दा यो निम्न कुरामा भिन्न वा मौलिक छ–

क) यसमा विशेषतः बिसौं शताब्दीका उत्तरार्धमा देखिएका कला, साहित्य र संस्कृतिका सिद्धान्तहरू प्रस्तुत गरिएको छ । यो पश्चिमी सिद्धान्तलाई अपश्चिमी (मूलतः नेपाली) सन्दर्भले व्याख्या गरिएका कृतिहरू मध्येको पहिलो महत्त्वपूर्ण कृति हो ।

ख) यसमा पश्चिमी सिद्धान्तलाई अनुवाद गरेर प्रस्तुत गर्ने काम नभई त्यसको नेपाली कला, साहित्य र संस्कृति सापेक्ष सिर्जनात्मक व्याख्या गर्ने काम भएको छ । कुनै पनि सिद्धान्त फरक राष्ट्रमा जाँदा त्यहाँको फरक भाषा, संस्कृति, परम्परा आदिले त्यसलाई केही न केही भिन्न वा सांस्कृतिक अनुकूलन गरेको हुन्छ भन्ने मान्यतालाई आत्मसात गरी यसमा प्रस्तुत गरिएको छ । यस किसिमका पूर्व प्रयत्न हुँदै नभएका त होइनन् तर यति व्यापकता साथ देखिएको यो पहिलो कृति हो ।

ग) यो सिद्धान्त निरूपणमा केन्द्रित कृति हो तापनि यहाँ सिद्धान्तलाई बढी प्राविधिक र औपचारिकता साथ विस्तारमा प्रस्तुत नगरी त्यसका आधारभूत मर्महरूलाई निबन्धात्मक शैलीमा सङ्क्षेपमा प्रस्तुत गरिएको छ । सिद्धान्तलाई तदनुकूलका नेपाली साहित्यका कृति, नेपाली कला र समकालीन नेपाली समाजको परिस्थितिबाट स्पष्ट पार्ने काम पनि यहाँ भएको छ । यसको प्रस्तुति प्रवाहपूर्ण छ । सिद्धान्त निरूपण गरिएका कृतिका लागि यो धेरै महत्त्वपूर्ण प्राप्ति पनि हो ।

घ) यो मूलतः उत्तर आधुनिकतावादी सिद्धान्तको पक्षधर कृति हो । यसले आधुनिकताको निरन्तरताका रूपमा उत्तर आधुनिकतालाई लिएको छ । यसमा आधुनिकता र उत्तर आधुनिकताको विकासलाई विभिन्न चरणमा विभाजित गरेर हेरिएको छ । यस क्रममा समाज वा इतिहास र राजनीतिको पाटो गौण बनेका आधुनिकता (सन् १९५० को दशक) र उत्तर आधुनिकता (सन् १९७० को दशक) लाई यहाँ आलोचना पनि गरिएको छ । यस्तै उत्तर आधुनिकताका अन्य आलोचकलाई पनि आलोचना गर्दा एउटा चरण विशेषको स्वरूपलाई हेरेर समग्र स्वरूपलाई न नकार्न आग्रह गरिएको छ । यसपूर्व उत्तर आधुनिकताको एकोहोरो पक्ष वा विपक्षमा मात्रै धारण प्रस्तुत गर्ने एकाङ्गी परम्परालाई यसले वस्तुवादी ढङ्गमा रामै्रसँग निषेध गरी आŠनो सन्तुलित र मौलिक दृष्टिकोण प्रस्तुत गरेको छ । यसको दृष्टिकोण कला कलाका लागि भन्ने नभई कला जीवनका लागि भन्ने नै छ ।

ङ) यो पश्चिमी सिद्धान्त निरूपणमा केन्द्रित कृति भए पनि ती सिद्धान्तप्रति अन्धा आस्था व्यक्त गर्ने कृति होइन । पश्चिमी सिद्धान्तलाई अपश्चिमीहरूले कसरी हेरेका छन् भन्ने कुरालाई पनि यसमा महत्त्वका साथ हेरिएको छ । यसमा पश्चिमी ‘हेजेमनी’ बाट मुक्त भएर तिनलाई बुझ्ने र अपनै सन्दर्भ सापेक्ष व्याख्या गर्ने अनि आŠनो “वैकल्पिक” स्वरूप निर्माणमा अभिप्रेरित गर्ने काम पनि गरिएको छ । त्यसैले यसमा सिर्जनात्मकता वा आविष्कारका आकाङ्क्षा जताततै देखा पर्छ । पूर्व र पश्चिमका सिद्धान्त घोक्ने र घोकाउने तर आŠनोपन कतै प्रदर्शन गर्न नसक्ने नेपाली परिस्थितिमा यसको चिन्ता र आकाङ्क्षालाई सम्बद्ध सबैले आत्मसात गर्न सके भोलिका दिनमा नेपाली सैद्धान्तिक समालोचनाको मौलिक स्वरूप पनि अझ राम्रोसँग निर्माण हुँदै जाने विश्वास गर्न सकिन्छ ।

समग्रमा भन्दा एउटा नेपालीको छोरोले अंग्रेजी भाषामा राम्रो दखल बनाउनु, त्यसैका आधारमा पश्चिमी कला, साहित्य र संस्कृतिको सिद्धान्तलाई बुझ्नु र पचाउनु, त्यसलाई अपश्चिमेलीहरूले कसरी

बुझेका छन् भनेर गहिरो चासो राख्नु, नेपाली कला, साहित्य र संस्कृतिलाई पनि मजैसँग बुझेको हुनु अनि तिनैका सापेक्षतामा पश्चिमी पछिल्ला सिद्धान्तलाई स्पष्ट पार्दै नेपाली वैकल्पिक सोच निर्माणमा समेत प्रेरित गर्नु निश्चय नै यस कृतिका उत्पादक सञ्जीव उप्रेतीका खास प्रशंसनीय आधार वा सामथ्र्य हुन् । यिनको यस्तो सामथ्र्य वा सिर्जनात्मक उर्जाले नेपाली समालोचना साहित्यमा नयाँ सुवास छाएको छ र आगामी दिनमा अझ गहकिलो विचार प्रधान सिर्जनात्मक उत्पादन आउने छन् भन्ने आशा पनि जगाएको छ ।

सन्दर्भ सामग्री

अधिकारी, इन्द्र विलास (२०६१), पश्चिमी साहित्य सिद्धान्त, ललित पुर ः सा³ा प्रकाशन ।

उप्रेती, सञ्जीव (२०६८), सिद्धान्तका कुरा, काठमाडौँ ः अक्षर क्रियसन्स ।

गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौँ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।

भट्टराई, गोविन्द राज (२०६२), उत्तर आधुनिक ऐना, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।

.............................. (२०६४), उत्तर आधुनिक विमर्श, काठमाडौँ ः मोडर्न बुक्स ।

शर्मा, मोहन राज (२०६६), उत्तर आधुनिक पाठक मैत्री समालोचना, काठमाडौँ ः क्वेस्ट पब्लिकेशन ।

श्रेष्ठ, दयाराम (२०६६), अभिनव कथाशास्त्र, काठमाडौँ ः पालुवा प्रकाशन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।