19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत जी.बी. आचार्य May 16, 2012, 9:17 pm

संसारको अग्लो हाम्रो शीर सगरमाथा

विश्वभरी राजगर्ने बीरताको गाथा

कता गयो आज सुस्ता च्यातिएर दुख्ता

खोस्रिएको मुटु लिई मातृभूमी रुँदा

कारगिलमा बग्ने चिसो रगत नेपालीको

अरब गई दास बन्ने कहिले हुन्न निको

दासताको भारी बोकी कहिले सम्म बाँच्ने

हाम्रो छाति चिथोर्न बिस्तारबादी नाच्ने

अझै सीता पोलिदैछन् दाइजो नल्याएर

आँखा घोची फुटाइदैंछ बोक्सी बनाएर

देशमा लगि चेलि बेच्ने ठूला बन्दैछन्

भ्रष्टाचारी हरु लोकतन्त्र भन्दैछन्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।