19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कामना

कविता रीता खत्री May 21, 2012, 7:54 am

अनुहारमा

मुस्कान हराएपछि

के अर्थ रहन्छ र सौन्दर्यको

धेरै टेके

तिम्रा कोमल पाइतालाहरूले

का“डाको सडक

अब हामी साटौं हाम्रो यात्रा

तिमी फूलहरूमा हिंड्नू

म काँडाहरूमा हिंडूंला

नलागोस्

तिम्रो जीवनको सुन्दर जूनमा

कुनै ग्रहण

पीरमा नदुखुन्

तिम्रा कमजोर मुटु

आ“खामा आ“सु होइन

ओठमा मुस्कान रोप्नु तिमी

तिमी खुसीको डुङ्गा चढेर पुग्नु

जीवनको पारि किनारा

म तरु“ला दुःखको लामो समुद्र

तिमी नगाउनू

जीवनको कुनै उदास गीत

नसुन्नु कुनै शोक सङ्गीत

पीरको बा“सुरी म बजाउ“ला ।

मेरा लागि टाढा छ धेरै टाढा

पूम्लको सहर

घामको सहरजूनको सहर

त्यही सहरमा हराउनु तिमी

का“डाको सहरमा मौन उभिएर

हेरिरह“ुला

तिम्रो मोनालिसा अनुहार ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।