19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खाते

कथा राजु शर्मा May 25, 2012, 5:13 am

पांच सात जनाको समूह भित्र माईलो , कान्छो ,रामे , स्यामे , काले , मदन र भुन्टि थिए । माईलो र भुन्टिको नाता साख्य दाजु बहिनीको थियो । पहाडबाट राजधानी छिरेका थिए ति दुई दाजु बहिनी । केहि साल पहिले आएको साउने झरीले उनीहरुका घर खेत चिप्लेटी खेलेर लडे । दुई मुठ्ठि अन्न उब्जनी हुने जग्गा पनि पहिरोले स्वात्तै निल्यो । मातृत्वको बात्सल्यताबाट पनि वन्चित बन्नु पर्यो । त्यहि पैहिरोमा परेर घर खेत सगैं आमा पनि बितिन् । न समाउने हांगा बाकि रहयो......, न त टेक्ने जमिननै फेला पर्यो......। धन्य बाबु बांचेका थिए.....।

माहिलो १३ बर्षमा भर्खरै टेकेको थियो , भने भुन्टि ११ बर्षमा हिडदै थिई । जसो तसो दःुखजिलो गरेरै भए पनि बाबु आमाले माईलो र भुन्टिलाई नजीकैको सरकारी स्कूलमा पढाउन पठाएकै थिए । माईलो छ कक्षामा पढथ्यो भने भुन्टी ४ कक्षामा पढ्थी । पढनमा माईलो अब्बल दर्जाको थियो भने भुन्टि पनि माईलोकै पछि लाग्दै थिई । गरीबको रमाईलो संसारमा साउने झरीले कैले नथामिने मुसलधारे पानि पारेर गयो । आफनो जन्मथलोमा केहि पनि बांकि नरहे पछि जीबिकाको लागि त्यहाबाट अनिहरु पलाएन भए ।

त्यताबाट पलाएन भएर उनीहरु तराई झरे । बाबु अलि आंटिलो थियो । त्यसैको प्रतिफल स्वरुप जोसले जांगर उमाल्यो । ज्याला मजदुरी गरेरै भए पनि केहि जोह गर्ने आंट जुरायो । माईलोले पनि बाबुको काधमा कांध मिलायो । दुबै बाबु छोरा दिन भरीको ज्याला मजदुरीमा कार्यरत हुन्थे । दिन भरीको कमाईले सांझ बाबु , छोरा , छेरी मिठा मिठा कुरा गर्दै सुखि संसारमा जिउथे । उनिहरुको सुखि परिवारमा अलि कति भए पनि उषाको लाली चडन थाल्यो ।

आमाको अभाबमा बाबुमा सुसुप्त अबस्थामा मौलाएको पत्नि बियोग छदै थियो । पत्नि बियोगको छटपटि टुहुरा छोरा छोरीको सामुन्ने छोपेर राख्ने प्रयत्न गर्दा गर्दै पनि कैल कांहि त छता छुल्ल भएर पोखि हाल्थ्यो । उस्मा क्रमशं नैराश्यताको लक्षयणहरु देखा पर्न थालि सकेको थियो । कहिले काहि नैराश्यताको लक्षण छोरा छोरी प्रति खनिएर प्रकट गर्दथ्यो । अलि कति हलुका महसुस हुन नजिकैको भट्टि पसल भित्र छिथ्र्याे । रक्सीको सेबनलाई नैराष्यता भगाउने औषधिको रुपमा प्रयोग गर्न थाल्यो । नशाको परीभाषानै नशाबाट भएको हुनाले होला....? उस्का शरिरका नशाहरुमा नशााको लतले नजांनिदो गरी अठयाउदै लान थाल्यो । यसरी नशाले उस्लाई यकदिन आफनो वशमा पार्न सफल भयो ।

फलस्वरुप उस्ले छोरा छेरीको पालन पोषणमा तेती ध्यान दिन सकेन वा दिन चाहेन्.......? काम गर्ने जांगरमा पनि हस आउन थाल्यो । यो क्रम झन झन बढन थाल्यो फलस्वरुप उस्ले छोरा छोरी प्रति खुलेर कुरा गर्न पनि छाडयो । बेलुका अबेला सम्म भट्टी पसलमा विताउन थाल्यो । बजारकै एक छेउमा सुन्तलिको भट्टि पसल छदै थियो । त्यही भट्टी पसल उस्को गन्तब्य बन्यो ।

सुन्तली आफना दुई संन्तानका साथ भट्टी पसलबाट्टै गुजारा चलाई रहेकी थिई । सुन्तलीका पति सुन्तलिबाट टाडा तर्कि सकेका थिए । जागिरको सिल सिलामा सुन्तलीका पति यस जिल्लामा खट्टिएर आएका थिए । सांचो घर त कहां.... हो थहा भएन् । तराईको कुनै एउटा जील्ला हो रे..... भन्थ्यो । त्यसताका सुन्तली भर्खरै १६÷१७ बर्षकी लक्का जवान थिई । पहाड मुलकी १६।१७ वर्षकी लक्का जवान केटी प्रति मदेश मुलको अध बैशें पुरुष आकर्षीत भयो ।

सुन्तलीको बाबु आमाको भात बेच्ने होटल थियो । जील्लामै नाम चलेको होटलको छोरीको रुपमा सुन्तली चिनिन्थी । जील्ला भरीको कर्मचारी , बिद्यार्थी , बटुवा , सबै सुन्तलीकै बाबुको होटलमा खाना खाने गर्दथे । सुन्तलीका बाबु महिनाबारीमा खाना खुवाउथ्यो । उस्का नियमित ग्राहक भनेकै कर्मचारीहरु थिए । यसरी सुन्तलीको लोग्ने पनि उसैको बाबुको होटलमा खान खाने गर्न थाल्यो । खाना खान आंउदा जांदा सुन्तलीको हिम चिम बडयो । मायां पिरती बस्यो ।

तराई मुलको जागीरे केटो र पहाड मुलकी तरुनी केटी बिच गहिरो प्रेम बस्यो । केटो कोठा लिएर छुट्टै बसेकै थियो । त्यसैले सुन्तलीको आउ जाउ बडन थाल्यो । अंकुरण बनेर टुसाएको प्रेमको मुना एकान्तमा झयाङिदै बडन थाल्यो । दुबै बिच शरीर साटा साट हुन थाल्यो । रात पनि सुन्तली उतै बिताउन थाली । मायांको अंकुर देखिने गरी टुसायो । क्रमश त्यो अकुरले बृहत रुप धारण गर्यो । गांउ घर त नहो....! हल्ला फैलन कति समय लाग्छ...... र.....? त्यसमाथि झन बाहिरी रुपमै प्रकट भएको मायाको चीनोलाई लिएर टिका टिप्पणी हुन थाले । गाउ घरमा निकै चर्चा परीचर्चा हुन थाल्यो । गाई गुई गाई गुई हल्ला खल्ला मचियो । सुन्तली दुई जीउ भएको कुरा सर्बत्र फैलियो ।

सुन्तलीको बाबुले आफनो छोरीको चाहना अनुशार त्यही केटो संग सुन्तलीको बिबाह गरीदिने निर्णय लिए । उस्ले पनि ईन्कार गर्न सकेन् । फल स्वरुप दुबैको परम्परा अनुशारै बिबाह सम्पन्न भयो । सुन्तली दुलही बनेर सदाको लागी बिदा भई र उस्को स्वास्नी बनेर भित्रिई । यसरी सुन्तली उस्को स्वास्नी र उ सन्तलीको लोग्ने बन्यो ।

समयको घट्ट घुम्न छोडेन् । त्यो आफनो गतिमा अबिरल घुमिनै रहयो । सुन्तलीले एउटा घुतुमुने छोरा जन्माई । त्यसैको केहि बर्ष पछि अर्को पनि छोरानै जन्माई । दुई छोराहरुका साथ सुन्तली र उस्को लोग्ने खुसीले जीबन गुजारा गरीरहेकै थिए । भित्र के भईरहेको थियो कुन्नी ....? बाहिर त खुसिनै देखिन्थे । उस्को जागिर छदै थियो । आम्दानीको श्रोत भएकोले जेन तेन जीबन धानिएकै थियो । उनिहरुको पारीवारीक बाताबरण राम्रै संग बितेकै थियो ।

एक दिन अचानक त्यो केटो गाएब भयो । कहां गयो ...कहा गयो ? कसैलाई पत्तो नै भएन् । सोध खोज गर्दा पनि फेला परेन् । उस्को बास्तबिक ठेगाना उस्ले भने बमोजिम थिएन् र त उस्ले भने बमोजीमको घर र ठेगानामा सम्पर्क गर्दा पनि उ फेला परेन् । सुन्तलीको बिजोग भयो । कैसैलाई बिश्वास गर्दाको परीणाम स्वरुप उ बर्बाद भई । उ एक्लै थिईन् उस्का साथमा नाबालक दुदे बालक पनि थियो । सबैको लालन पालनको बोझ उस्मा आई पर्यो । बिकल्पको रुपमा उस्ले भट्टी पसल सुरु गरी । भट्टी पसलको आम्दानीबाट दुई छोराहरुको लालन पालनमा कुनै कमि हुन दिईन् । यसरी उस्ले आफनो जीबिका एउटा भट्टी पसल संचालन गरेर चलाउन थाली ।

त्यही सुन्तलीको भट्टी पसलमा माईलाको बाबुको आउने जाने क्रम बडन थाल्यो । स्वास्नीको अभाबमा पिल्सीएको मनको औषधी सुन्तली मलहम बनेर चियाई । लोग्नेले दिएको धोका र त्यसबाट जन्मीएको अन्यौल पूर्ण भविष्यको सहारा माईलोको बाबुमा देखि । त्यसैले होला......? दुबैको मन मिल्यो । दुबैको बेदना उस्तै थियो । बेदनामा एकरुपता भएकोलेनै मायांले झयाङीने मौका पायो । दुबैले एक अर्कालाई लोग्ने स्वास्नीको रुपमा रपान्तरीत गर्ने निधो गरे ।

माईलोको बाबुले दोस्रो पत्नीको रुपमा सुन्तलीलाई स्विकार्यो । दुःख जिलोगरेरै भए पनि सुन्तलीले सानो कटेरो जोडेकी थिई । त्यहि कटेरोमा उ आफनो भट्टी पसल संचालन गरेर जीबीकोपार्जन गर्दै आई रहेकी थिई । माईलोको बाबुको आफनो भन्ने केही थिएन् । एउटा पुरानो घरको तल्लो भागको कोठामा उ जीबिका चलाउदै आएको थियो । त्यसैले माईलोको बाबु सुन्तलीको कोठामा सर्यो । सुन्तली र माईलोको बाबुले एक अर्कालाई लोग्ने स्वास्नी स्विकारी सकेका थिय । त्यसैले उस्लाई सुन्तलीको कटेरोमा जान कुनै अप्ठयारो महसुस भएन् तर माईलो र भुन्टीको लागि त्यो सहज थिएन् । अरु सहारा पनि केहि थिएन् । अमिलो मन लिएरै भए पनि दुई दाजु बहिनी बाबुको पछि पछि लागेर कान्छी आमा सुन्तलीको कटेरोमा ओत लाग्न पुगे ।

केहि दिन त उनिहरु बिच त्यती मन मुटाब भएन् । सुन्तलीका दुई छोराहरु पनि माईलो र भुन्टीकै उमेरका देखिन्थे । एकै उमेरका बाल सखाहरु केहि दिन साथिको रुपमा खेल्दै बिताए । सुन्तलीले दःुखजिलै गरेर भए पनि छोराहरुलाई स्कूलमा भर्ना गरी दिएकी थिई । दुबै स्कूलमा रमाईलो गर्दै जान्थे , त्यो दूष्यले माईलो र भुन्टीलाई असहज बनाउथ्यो । बाल सुलभ बेदनाले छटपटी तुलाउथ्यो । उनिहरु बिगतलाई स्लाइड बनाएर नियाल्न थाल्थे । तर समयको चडकन सगैं उनिहरु बिस्तापित जिबन जीउन बाध्य बन्दै गैरहेका थिए । खाने बस्ने ठेगाना नभएका टुहुरा दाजु बहिनीका लागि स्कुलको सपना सजाउनु पनि तिनिहरुको लागि ठुलो भुल अर्थात महां भुल हुने पक्का थियो । त्यसैलेत तिनिहरुले सपना देख्न पनि छोडिसकेका थिए । अबत उनीहरुको दैनिक कामनै सुन्तलीको भट्टीको जुठा भांडा माज्नु र एक गांस खान पनि अनेक आरोप प्रत्यारोप सहनुमा मात्र सिमित हुन पुग्यो ।

दुई भिन्ना भिन्नै परिवार एक भएका थिए । सुन्तली र माईलोको बाबुको बिचमा गहिरो प्रेम बसेको थियो हाला...? वा दुबैलाई एक अर्काको आबश्यकता थियो होला...? त्यसैले दुबैको बास्तबिक जीबनमा तत्काललाई कुनै अबरोद देखिएन् । तर माईलो र भुन्टीको भने त्यस घर परीवार प्रति झिनो आशाको त्यान्द्रो बाबु मात्रै भए पनि बाकि छदै थियो । त्यहि आशा र भरोसामा ती दाजु बहिनी आंसु पिएरै भए पनि जेन तेन बांचेकै थिए । आशाको त्यान्द्र्रो त्यहि बाबु पनि कान्छी आमाको भै दिए पछि अब उनिहरुको आप्नो भन्नु त्याहां कोहि रहेन् । एउटा आशाको त्यान्द्रो बाबु पनि कान्छी आमाको भै दिए पछि उनिहरुको भबिष्यमा कालो बादल मडारीएर आयो ।

यस्तै बेदना र छटपटी लिएर कति दिन बांच्ने हो...? अन्दकार भबिष्यमा जता ततै प्रश्न चिन्हहरु मात्र देखा पर्न थाले । त्यसैले होला....? उन्मुक्तिको चाहना हुनु कुनै नौलो भएन् । त्यसकारणले पनि हुन सक्छ ? बेदना र पिडामा छटपटिएर दुई दाजु बहिनी जुनेली रातमा बाहिरी संसारमा पलाएन भए एउटा अन्यौल भबिष्यलाई लिएर । अब भबिष्यले कता डोर्याउने हो ..?

अन्योल भबिष्य लिएर पांच सात जनाको एउटा समुह भित्र माईलो र भुन्टी टुप्लुक्क चियाउन आईपुगे । माईलो भुन्टीलाई असाध्य मायां गर्दथ्यो । माईलोको आफनो भन्नु त्यही एउटी वहिनी त थिई । माईलो आंटीलो , खाईलाग्दो जोसीलो थियो । त्यसैले यो समुहको नाईके माईलोनै भयो । माईलोको नेतृत्वमा यो समुहले कैंयौं बटुवाहरुको खल्ती रीत्यायो । कैंयौं पसल बाहिर राखीएका सामानहरु चोर्न भ्यायो । समाजमा यो समूह खातेको नामबाट परिचित हुन थाल्यो । सडक , पाटी , पौवामा रात बिताउने यो समूह समाजको लागि टाउको दुखाई साबित भएर देखा पर्यो । अनेक बेदना र छटपटि लिएर समाजबाट तिरस्कार भएका यीनिहरुका आफनै नियम र कानूनहरु हुन्थे ।

एकदिन एउटा भलादमी जस्तो देखिने अंग्रेज गोरा आएर माईलोलाई लिएर गयो । अब यो समुहको नाईकेको रुपमा काले देखा पर्यो । कालेको नेतृत्वमा यो समुहले समाजमा छुटटै पहिचान बनायो ।

अब भुन्टीको रेख देख सम्बन्धी सम्पूर्ण अभिभारा को जिम्मेवारी कालेमा सर्यो ।

दुईचार दिनको पर्खाई पछि माईलो पुन देखा पर्यो । सफा लुगा , सुग्घर अनुहार , आकर्षक चेहेरामा उ रुपान्तरित भएर देखा परेको थियो । हंसिलो , रसिलो र निकैनै खुसि देखिन्थ्यो । गोरेले निकैनै मायां गर्ने कुरा बताउथ्यो । जिबनको सुरुवात सगैं मायां सगं आत्मासाथ गर्न पाउदा उ निकै खुसि देखिएको थियो । मिठो खान राम्रो लाउन सुबिस्ता संग बाक्लो डनलपमा सुत्न पाएकोमा उ गौरवान्वीत भएको थियो । उ आफनो समुहलाई क्रमस गोरेको संप्र्कमा लेराउने बचन बारम्बार दिरहन्थ्यो । यसरी गोरेले लगेको करिब एक महिना सम्म माईलो निकै हसीलो रसीलो रुपमा समय समयमा समुहमा देखा परी नै रहयो ।

एक पल्ट माईलो धेरै समएसम्म हरायो । समुहले माईलोको अनुपस्थीतिमा अभाब महसुस गर्यो । खासगरि बहिनी भुन्टी निकैनै निन्याउरो मुख लगाएर छटपटाउन थालि । पुन घाम झुल्के सरि माईलो समुहमा देखा पर्यो । तर पहिले जस्तो हसिलो र रसिलो भएर उ देखा परेको थिएन् । शरिर सुकीला लुगाले ढाकेको भएता पनि मन अस्वस्त भएको महसुस हुन्थयो । अनुहार निन्याउरो देखिन्थ्यो । भित्र अनगिन्ती पिडाहरु उकुसमुकुसिएर निसास्सीरहेका जस्ता लाग्दथे । बाहिर खुलेर हांस्ने प्रयत्न गर्दा गर्दै पनि उ समालिन सकेको थिएन् । समुहका प्रत्येक सदस्यले उस्को गाम्भिर्यतालाई नजिकैबाट नियालिरहेका थिय । सबैका अन्तर मनमा शंका उपशंकाका बादल मडारिरहेको थियो । अनायास उस्को आंखा रसाउन थाल्यो । उस्ले कैयौं प्रयत्नको बावजुत पनि बेदनालाई लुकाई राख्न सकेन । हुनत उस्लै अनेकौं साना ठूला मझौला दुख कष्ट र पिडाहरु थेग्दै आई रहेकै हो ता पनि यो पिडा उस्को लागि पनि अलिकति फरक र भिन्न अप्राकृतिक जस्तो लाग्यो र त उस्लाई पचाउन मुस्किल पर्यो । त्यसैले उस्ले आफनो समुहलाई समयमै सजक गराउन चाहयो ।

“साथिहो अब म यस पछि तिमिहरुलाई भेटन आउन सक्तिन होला ? बैनि भुन्टीको हेर बिचार सबै मिलेर गर । कुनै पनि गोरेले जस्तो सुकै प्रलोभन देखाएर लैजाने प्रयत्न गर्दा पनि उ संग नजानु । जस्तै गरि फकाए पनि नफक्कीनु । बाहिर सफा सुग्धर गोरा देखिएता पनि भित्रमैला धृणित काम गर्ने हुदारहेछन् । गोरेहरु हामिजस्ता केटाहरुलाई लगेर अप्राकृतिक यौन संम्पर्क राख्दा रहेछन् । सुरुमा मिठा मिठा खान दिएर राम्रा राम्रा लुगा लाउन दिएर फकाउदा रहेछन् । अनि पछि के के गर भन्दै पिडा र यातना दिदा रहेछन् ।” उस्को गला अबरुद्ध भएर आयो ।

उ त्यहां अडिरहन सकेन त्यसैले त्याहांबाट पलाएन भयो ।

अबत पूर्ण रुपमा भून्टिको हेरबिचार गर्नु पर्ने सम्पूर्ण अभिभारा समूहको नाईके भएको नाताले कालेमा बिस्तापित भयो ।

समय आफनै गतिमा अगाडि बढदै गयो । समुहका सम्पूर्ण सदस्यहरु क्रमश किशोरा अबस्था पारगरि युबा अबस्थामा परिणत भै सकेका थिए ।

बाताबरणमा बशन्त लटरम्म फूलि सकेको थियो । भुन्टी पनि खाते भएर के भयो त......? उस्मा पनि जवानी निखारिदै जान थाल्यो । उ झन झन राम्री देखिदै गैरहेकी थिई । शरिरभरि यौबनका निशानाहरु प्रस्टरुपमा चियाउदै थिए । प्राकृतिकरुपमा उ कल कलाउदी भर्खरै फर्कदै गरेको कोपिला देखिन्थी । भुन्टीलाई अब आश्रयको खांचो पर्दै गैरहेको थियो । त्यसैले उस्का आंखाहरु धुम्न थालि सकेका थिए ।

माईलोले सुम्पिएर गएको नासो कालेलाई थेगेर थेग्न गारो पर्दै गैरहेको थियो । हुनपनि खुला आकाशमा न खाने ठेगान छ । न त सुत्ने विच्छयौना छ । न बस्ने ठेगान न खाने ठेगान । कालेको कांधमा स्वभाबिकरुपमा स्नेहको बोझ बढदै गैरहेको थियो । समूहकै एउटा केटो मदन भुन्टीलाई औधि मन पराउथ्यो । भुन्टी पनि मदनलाई मन पराउथी । खुल्ला बाताबरणमा आकाशको छहारीमा भुन्टी र मदनले आफुलाई एक अर्काबाट अलग राख्न सकेनन फल स्वरुप उनिहरुले अफनो शरिर साटा साट गरि सकेका थिए । यौबनमा शरिर साटा साट गर्ने क्रम तिब्ररुपमा बढदै गैरहेको थियो । फल स्वरुप स्वभाबिकरुपमा भुन्टीको शररि फुल्दै आयो । समुह भित्रैबाट अनेक टीका टिप्पणीहरु हुन थाल्ये । भुन्टी दुई जीउकी भैदिई । त्यसैले एक दिन मदन र भुन्टी समूहबाट पलायन भए । कता गए कसैलाई पत्तो भएन् । पुन एउटा खातेले जन्म लिने पक्का भयो । शायद त्यहि खातेको भबिष्य सुनिस्चित गर्न ति दुई जोडि पलाएन् भए की.......?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।