मेहनती काँधको दरिलो आडमा उभ्याइदैगरेको भरेड. र
थपिदैगरेका केही खुड्किलाहरु
भत्किसकेको पुरानो पर्खाल र उज्यालिदैगरेका अनुहारहरु
यता अर्धविरामको सुविधाजनक विश्रामगृह र उता
मूलबाटो जोड्ने अधकल्चो गोरेटो
थुपारिएको छ यौटा कुनामा
टुप्पामै पुगेर मन्दिरमा चढाउन वोकिएको फूलपाती
कोरिन वाँकी कविताका अपूरा र अघूरा पड.क्तीहरु
मात्र रड.हरुको थुप्रोजस्तो देखिने कुनै कलाकारको प्रस्टिन वाँकी चित्र र
सेतो चकको डल्लाभित्रै पोकोपरेकोे लेखिन वाँकी साउअक्षरहरु
हिड्नेहरुकालागि बाटो कहिले विझाउदैन
हिंउँ थुप्रदैगर्छ बाटामा
जुका लाग्दैगर्छ पाइलामा र
बादल मडारिदैगर्छ आकाशमा
छरपस्ट नभइदियोस्
नयाँ नक्सा कोर्न उकालिएको चित्रकारहरुको यात्रा
नकुजियोस् त्यसै तुइन वनाउन सिपालु प्राविधिकहरुको ज्ञान र
खीया लागेका भुत्ते औजार नवनिदिउन्
अरनिको व्यूँझाउने कलाकारहरुको सीप
समय दिगन्त यात्रीहरुको पर्खाइमा छ र निम्त्याइरहेछ शान्त, समृद्ध विश्राम
गोग्राहा ३, विराटनगर