14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बी पी कोइरालाका प्रमुख साहित्यिक मान्यताहरू

व्यक्तित्व / कृतित्व डा. विष्णुप्रसाद पौडेल May 25, 2012, 12:21 am
डा. विष्णुप्रसाद पौडेल
डा. विष्णुप्रसाद पौडेल

सार

प्रस्तुत लेख विश्वेश्वर प्रसाद कोइराला (१९७१–२०३९) ले विभिन्न समयमा आफ्ना लेख, अन्तर्वार्ता आदिमा मूल तथा प्रासङ्गिक रूपमा प्रकट गरेका कला साहित्य सम्बन्धी मान्यताहरूको आ“कलनमा केन्द्रित छ । यस अनुसार कोइराला आफ्नो साहित्यिक लेखनमा वैचारिकता, जीवनप्रतिको आस्था, निर्वाध स्वतन्त्रताको चाहना, रचनात्मक विद्रोह, मान्छेका आन्तरिक पक्षको उद्घाटन, अस्तित्ववाद, राजनीतिक पक्षधरताको नकार, यौनप्रतिको उदार दृष्टि, भाषाशैलीप्रतिको सचेतता, समन्वयवादी सोच, उत्तर आधुनिकतावादी चेतना र कला साहित्यको विशिष्ट सामथ्र्यको पक्षधरतालाई महत्त्व दिने चिन्तकका रूपमा चिनिएका छन् ।

१. विषय प्रवेश

बनारसमा दस कक्षा पढ्दै गरेका विश्वेश्वर प्रसाद कोइरालाको पहिलो साहित्यिक रचना ‘वहा“’ नामक हिन्दी भाषाको लघु कथा हो । यसको परिमार्जन र प्रकाशनमा शान्तिप्रिय द्विवेदीले सहयोग गरेका थिए । यो प्रेमचन्दद्वारा सम्पादित बनारसबाट निस्कने ‘हंस’ पत्रिकामा १९८७ साल माघमा प्रकाशित भएको थियो (कोइराला, २०४० ः १५४) । यसपछि कलाकत्ता, पटना, इन्दौर र इलाहावादबाट निस्कने क्रमशः ‘विशाल भारत’, ‘हिमालय’, ‘वीणा’ र ‘भविष्य’ जस्ता पत्रिकाहरूमा पनि कोइरालाका हिन्दी भाषाका रचना प्रकाशित हुन थाले । त्यो देखेर सूर्य विक्रम ज्ञवालीले कोइरालालाई पत्र लेखी नेपाली भाषामा लेख्न अनुरोध गरेका थिए (चटर्जी, २०५१ ः १०६) । त्यसपछि १९९२ सालमा काठमाडौँबाट निस्कने ‘शारदा’ पत्रिकामा कोइरालाको पहिलो कथा ‘‘चन्द्रवदन’’ प्रकाशित भएको हो । यस कथाले नै कोइरालालाई नेपाली कथा परम्परामा मनोवैज्ञानिक लेखनको नया“ मोड सिर्जना गर्ने कथाकारका रूपमा स्थापित गर्यो । यही क्रममा कोइराला साहित्यका विभिन्न विधामा सक्रिय रहे पनि यिनले विशेष ख्याति आख्यान (कथा र उपन्यास) विधामै आर्जन गरे ।

आधुनिक नेपाली आख्यान साहित्यमा कोइराला र पारिजात अत्यन्त चर्चित नाम हो । प्रजातन्त्रवादी र वामपन्थी धारका नामका कारण पनि यिनका कृतिहरूको अनेक कोणीय शोध र समालोचना हु“दै आएका छन् । यिनका रचनाका बारेमा चलन चल्तीकै कोणबाट समालोचना गर्नु भनेको अब पिठो पिस्नु जस्तो स्थिति बनेको छ । त्यसैले पनि कोइरालाका बारेमा यहा“ केही फरक सन्दर्भको चर्चा गर्न खोजिएको छ ।

प्रस्तुत लेख कोइरालाका कृतिहरूमा मूल वा सान्दर्भिक बनेर प्रकट भएका साहित्यक मान्यता र साहित्यस“ग सम्बन्धित जीवन दृष्टिको चर्चामा केन्द्रित छ । यस चर्चाको मुख्य आधार सामग्री कोइरालाले विभिन्न समयमा दिएका अन्तर्वार्ता, फुटकर लेख, दैनिकी र ‘आफ्नो कथा’ बनेका छन् ।

२. विषय विस्तार

२.१ कोइरालाका साहित्यिक मान्यता

कोइराला राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवन पद्धति, कला, साहित्य, आर्थिक, राजनीतिक, वैचारिक जस्ता परिवेशप्रति सचेत स्रष्टा हुन् । यिनका छिरलिएर रहेका साहित्यिक मान्यताहरूलाई सीमित बु“दामा समेटेर तल क्रमशः चर्चा गरिन्छ ।

२.१.१ वैचारिकता

‘‘आठ कक्षामा पढ्दादेखि नै म युरेपेली लेखकहरूका पुस्तकहरू पढ्ने गर्थे’’ (चटर्जी, २०५१ ः १०७) भन्ने कोइरालाले आफ्नो वयस्क जीवनमा पश्चिमी र पूर्वीय लेखकहरूका महत्त्वपूर्ण कृतिहरू पढेको पाइन्छ । जेल जीवनको सदुपयोगले पनि यिनलाई पढ्ने परिवेश प्रदान गरेको थियो । यिनी प्रशस्त अध्ययन, ग्रहण र चिन्तनले नै व्यक्तित्व निर्माणमा सहयोग पुग्ने ठान्थे । टिकाउ साहित्यका लागि अध्ययन चिन्तन, गम्भीर अनुभव र साधनाशीलता अनिवार्य ठान्ने यिनले समकालीन नेपाली साहित्यमा यही कुराको अभाव खट्किएको जनाएका छन् (विश्वदीप, २०५८ ः ४२) । लेखनको सङ्ख्या र आकारमा नभई गुणमा बढी ध्यान दिनु पर्ने, विचार परिपाक नभई लेख्न हतारिन नहुने, प्रबल संवेदना हुर्केर तीव्र छटपटी अनुभव हुन थालेपछि मात्र लेख्ने काम गर्नु पर्ने र लेख्दा लम्बेतान नभई सारभूत कुरा वा घनत्वपूर्ण कुरा मात्रै लेख्नु पर्ने राय कोइरालाको छ (अधिकारी, २०५८ ः ६२) । विचार र संवेदनाको घनत्वशून्य लेखनमा अल्झेका लेखकहरूप्रति कटाक्ष गर्दै यिनले भनेका छन् ‘‘आज भोलि धेरै लेखकहरू एक दुई पटक रजस्वला बन्द हु“दैमा लौ म त गर्भवती भए“ भनी हौसिने युवतीले झै“ अलिकति केही घटित भयो कि त ठेलीका ठेली लेख्न बस्छन् ।’’ (अधिकारी, २०५८ ः ६२)

आफ्नो साहित्य सिर्जना विचार सम्प्रेषणका निम्ति हुने, विषय वस्तु त विचार प्रस्तुत गर्ने पृष्ठभूमिका रूपमा मात्रै रहने वा धारणाको परिपोषक मात्रै हुने राय यिनको पाइन्छ (पराजुली, २०५८ ः १८) । यदि सर्जक आफ्नो विचारमै स्पष्ट छैन भने उसको लेखन शैली पनि निकै दुरुह हुन सक्ने कुरा योगी अरविन्दको ‘सन्ध्यालाप’ श्रवण वा भावनका क्रममा यिनले जनाएका छन् (कोइराला, २०५४ ः १०६) । त्यस्तै कालिदासका नाटकहरू पढ्दा नारीका बाह्य स्थूल वर्णन जसको कम्मर बाहेक सबै ठूला ठूला भनेर बयान गरिएको छ तर कृतिलाई विचारले बुन्ने काम भएको छैन भन्ने यिनको आलोचना पाइन्छ । ‘विक्रमोर्वशी’ नाटकका सन्दर्भमा स्पष्ट भनिएको छ–

कालीदासमा भाषाको लालित्य बाहेक विशेष नाटक सम्बन्धी दक्षता या चरित्रमा विचारको उद्घाटन, नया“ घटनाक्रमको उत्कन्ठा मुक्त अनिश्चयता ९क्गचउभलकभ० पाउ“दिन“ । ....... विभिन्न ब्अतष्यलक लाई स्वाभाविक ढङ्गबाट दर्शाउने प्रयत्न गरेका क्रियाहरू छैनन् र जुन विषय यसमा निरूपित भएको छ त्यसमा स्वाभाविकतासम्म पनि छैन, किनभने ......। (कोइराला, २०५४ ः १३५–३६)

माथिको उद्धरणले साहित्यिक कृतिमा वैचारिकताको आवश्यकतालाई मात्रै सङ्केत नगरी नाटकको आधारभूत कलात्मकताका आधारलाई पनि सङ्केत गरिएको छ । यसले कोइरालाको समालोचकीय अन्तर्दृष्टि पनि कति बलियो रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

‘‘स्कूलमा पढ्दा अध्यात्ममा भावुक रहस्यवादी, साहित्यमा छायावादी रोमाञ्चवादी र राजनीतिमा गान्धीको आदर्शवादी थिए“ म’’ (कोइराला, २०४० ः १६२) भन्ने कोइराला पछि आध्यात्म विमुख भौतिकवादी, साहित्यमा अस्तित्ववादी, मनोविश्लेषक र मानवतावादी अनि राजनीतिमा समाजवादीका रूपमा स्थापित हु“दै गएको पाइन्छ । निश्चय नै कोइराला कतिपय ठाउ“मा अध्यात्म चिन्तनप्रति एकदमै रुखो ढङ्गमा विमति जनाउ“छन् । किनभने त्यहा“ जीवनमा निहित समस्याको समाधान जीवन शेषद्वारा गर्न चाहिएको छ र त्यो भनेको कपाल दुखेको औषधी शिरच्छेदन गर्नु जस्तो हो भन्ने यिनको आक्षेप छ (कोइराला, २०५४ ः १२१) अर्थात् मानव जीवनका समस्याको समाधान जीवनलाई समाप्त वा निषेध गरी नभई जीवन मूलक समाधान खोज्नु पर्ने तर्क यिनको छ तर यस किसिमको समाधान अध्यात्मले दिएन भन्ने व्यवहारिक आलोचना यिनले गरेका छन् । त्यस्तै गीताको निष्काम कर्मको अवधारणाप्रति र सन्यास दर्शनप्रति यिनको तिखो विमति रहेको छ (कोइराला, २०५४ ः २०५–७) । ‘‘बा“च्नका लागि दर्शन चाहिएको छ, मर्नका लागि होइन’’ (कोइराला, २०५४ ः २०७) भन्ने यिनले परलोकको न्याय सम्पादनमा आधारित कुनै पनि विचारप्रति सहमति जनाउ“दैनन् तर पनि कतिपय अवस्थामा विज्ञानका पनि टड्कारा सीमा देखिने हु“दा अध्यात्म वा नियतिप्रति रुखो विमति जनाउन नसकिने यिनको आशय पनि पाइन्छ । जस्तै–

मलाई एक प्रकारको अध्यात्मवादी नै ठान्नुस् । प्रकृतिमा भएका केही त्यस्ता तत्त्वहरूको वैज्ञानिक व्यवस्था वा विश्लेषण गर्न सकिन्न भन्नेमा म विश्वास राख्दछु । तपाई समग्र रूपमा यसको अध्ययन गर्न सक्नु हुन्छ तर अंश अंशमा यसलाई बुझ्न कठिन हुन्छ । सबभन्दा ठूलो समस्या के हो भने मानव मस्तिष्कको विचार धाराको यसै रूपरेखाभित्र रहेर मात्र ज्ञान हासिल गर्न सक्दछ । तर जसै तपाई यसलाई सोचाइको घेरामा पार्नु हुन्छ सत्यको अनुभूति स्वतः हराउ“छ । केवल तर्कशक्तिमा मात्र भर पर्ने हो भने मानिसको ज्ञान अपर्याप्त हुन्छ । (चटर्जी, २०५१ ः ११२)

चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियतिमाथि भर हुन्छ । अन्धकार रात्रिमा सर्पहरू भएका बाटोमा हि“ड्दा मृत्युभयले मलाई चिन्तित पाथ्र्यो तर म मरी नै हाल्छु भन्ने विश्वास मलाई हु“दैन थियो । क्यान्सरको रोगले मलाई पीडित हु“दा पनि मृत्युको सामीप्यको बोध हु“दा हु“दै पनि म वास्तवमा मर्दिन“ भन्ने विश्वास जबरजस्त किसिमबाट ममा जागि रह्यो । (कोइराला, २०५४ ः ११४)

यसरी हेर्दा कोइरालाको वैचारिकता निरन्तरको अध्ययन, चिन्तन र जीवनका भोगाइस“गै गतिशील र एक किसिमको द्विविधा वा अस्थिर स्वरूपको बनेर रहेको छ । यसो हुनुको तात्पर्य कोइरालाले जीवनको बहु आयामिकतालाई एक विचार वा दर्शनले पूर्ण रूपमा व्याख्या गर्न नसकिने ठान्नु पनि हो । यिनी मानिस आंशिक रूपमा मात्र इतिहासको र आंशिक रूपमा इतिहासभन्दा परका तत्त्वहरूको उपज मान्दछन् । त्यस्तै मानिस बा“च्ने परिवेश वा समाज मानिस जन्मनुभन्दा अघि नै थियो । तसर्थ मानिसले समाज सिर्जना ग¥यो भन्नु पनि यथार्थ होइन भन्ने तर्क गर्दछन् (चटर्जी, २०५१ ः ११३) । कोइरालाको गान्धीवादी, माक्र्सवादी, फ्रायडवादी र अस्तित्ववादी बहु वैचारिकताले पनि उक्त कुराको पुष्टि हुन्छ ।

कोइरालाका रचनामा विचारको प्रबलता रहे पनि उनी भावनाशून्य विचारका पक्षमा भने रहेका छैनन् । ‘‘जहा“ भावना शुष्क छ, त्यहा“बाट साहित्यको स्रोत फुटेर निस्कन सक्तैन ।’’ (कोइराला, २०५८ग ः १५०) भन्ने यिनको स्पष्ट कथन रहेको छ । त्यस्तै आधार रहित तर्कलाई पनि यिनले अन्धाको लठ्ठी जस्तो कहिले काही लाग्ने तर धेरै जस्तो नलाग्ने ठानेका छन् (कोइराला, २०५४ ः ९) ।

२.१.२ जीवनप्रतिको आस्था

बाच्नका लागि दर्शन चाहिएको छ मर्नका लागि होइन भन्ने र जेलमा लामै समय निराशाजनक स्थितिमा थुनिए वा क्यान्सर जस्तो डर लाग्दो रोगले लामै समय थलिए पनि जीवनप्रति आशावादी भइ रहने, आशाकै तन्तुमा अल्झिएर दुःख बिर्सने प्रवृत्ति कोइरालामा पाइन्छ । ‘‘कष्टमय जीवन दुःखी होइन, जीवनबाट आशाको लोप दुःख हो ।’’ (कोइराला, २०५४ ः ८०) भन्ने कोइराला रुसमा जारको समयमा जेल परेका मानिस भविष्यप्रति आशावादी थिए र यातना सहन सक्थे तर स्टालिनको समयमा त्यो आशा नरहेर यातना सहन नसकी समाप्त हु“दै गएको जनाउ“दछन् (कोइराला, २०५४ ः १८५) । साहित्यमा कोइरालाका कृतिले प्रस्तुत गरेको अस्तित्ववादी र मानवतावादी चिन्तनले पनि जीवनप्रतिको यही आस्थालाई नै प्रस्तुत गरि रहेको पाइन्छ ।

‘‘मलाई व्यक्तिगत रूपले पनि हत्या अत्यन्त जघन्य कुरो जस्तो लाग्छ’’ (कोइराला, २०५४ ः ९) भन्ने कोइराला क्रान्तिमा कतिपय अवस्थामा हिंसा आवश्यक भए पनि त्यो अत्यन्त सीमित हुनु पर्ने ठान्दछन् । ‘‘क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नु हुन्न सजिलो छ भनेर’’ (कोइराला, २०५४ ः ४३) भन्ने यिनको स्पष्ट कथन छ ।

२.१.३ स्वतन्त्रताको चाहना

कोइरालाको राजनीतिमा प्रजातान्त्रिक प्रणाली र साहित्यमा अस्तित्ववादी जुन दृष्टिकोण रहेको छ । त्यसैले यिनी स्वतन्त्रतामा प्रबल पक्षधर हुन् भन्ने पुष्टि हुन्छ । साहित्यमा यिनले व्यक्ति स्वतन्त्रताको प्रबल वकालत गरेका छन् । जस्तै– ‘‘प्रत्येक व्यक्तिको आआफ्नै अस्तित्व र महत्त्व छ । त्यसैले प्रत्येकले आआफ्नो इच्छा, आकाङ्क्षा, दुःख, सुख, विचार आदिमा आफैले निर्णय गर्नु पर्छ । एउटाका अवस्थामा अर्काले विचार गरि दिन सक्तैन । के गर्नु नगर्नु प्रत्येकले आफैले सोच्नु पर्छ । मैले बुझेको अस्तित्ववाद यही हो ।’’ (क्षेत्री, २०५८ ः २९) व्यक्तिगत जीवनमा पनि यिनी कसैको हस्तक्षेप वा पराधीनता स्वीकार्न कत्ति चाहन्नन् । कपाल काट्न बस्दा व्यहोर्नु पर्ने अर्काको खटनप्रति पनि यिनको पीडाबोध प्रकट भएको छ (कोइराला, २०५४ ः २९) । व्यक्ति आफ्नो निर्णयले नै परिपक्व बन्दै जान्छ, भलै त्यो गलत नै किन नहोस्, दुखसुख, मर्यादा अमर्यादा खपेर नै व्यक्तिको दृढ चरित्र निर्माण गर्ने हो भन्ने राय यिनको रहेको छ (कोइराला, २०५४ ः ९८) ।

व्यक्ति जीवनमा भन्दा अझ कला साहित्यमा यिनले निर्वाध स्वतन्त्रताको वकालत गरेका छन् । जस्तै–

–‘‘राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुल्ला ।’’ (अधिकारी, २०५८ ः ६३)

–कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ, उसलाई हि“डि सकेको बाटोमा खुट्दा हाल्न मन लाग्दैन, आफूले हि“ड्ने बाटो आफै बनाउन चाहन्छ, समाजभन्दा व्यक्तिलाई महत्त्व दिन्छ, जे कुरामा पनि ऊ मानिस पक्षलाई समर्थन गर्छ, नियम कानुन व्यवस्था या कुनै प्रकारको अङ्कुश पनि कुनै धर्म, वाद, रीतिस्थितिको नाउ“मा ऊ सहन सक्दैन, खतराको उसलाई आकर्षण छ, भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अ“गाल्छ । ............ म राजनीतिमा समाजवादी हु“ भने साहित्यमा अराजकतावादी । (श्रेष्ठ, २०५८ ः ३८)

माथिका कोइरालाका कथनले यिनी कला साहित्यमा निर्बन्धता वा पूर्ण स्वतन्त्रताका पक्षधर देखिएका छन् । यसलाई पढेर कतिपयलाई लागेको छ कोइराला साहित्यमा साच्चिकै अराजकतावादी वा उच्छृङ्खल नै हुन् तर यथार्थ त्यस्तो छैन । यिनको चाहना कला साहित्यकर्मीहरू आफ्नो ब्रम्हले देखेको कुरा कुण्ठित नभई भन्न सकुन् भन्ने मात्रै हो । यसलाई गलत अर्थ नलगाइयोस् भन्ने तात्पर्यमा यिनले ‘कला, कलाको दायित्व र मानव जीवन’ लेखमा भनेका पनि छन् – ‘‘साहित्यकार स्वतन्त्र हुनु पर्छको अर्थ ऊ उच्छृङ्खल हुने भन्ने होइन, मात्र आफ्नो नया“ अनुभूति, उसको अन्तर्चेतनाको नया“ प्राप्ति, उसको मनोभावनालाई, खोजलाई, पाठकले ग्रहण गर्न योग्य बनाएर ऊ सामु राख्न सकोस् ।’’ (कोइराला, २०५८ख ः १५५) भन्ने हो । त्यसैले निर्वाध स्वतन्त्रता वा अराजकताको तात्पर्य सर्जकलाई रचनात्मक विद्रोहको छुट भन्ने बुझिन्छ किनभने कोइराला परम्परित पाठकभन्दा लेखक धेरै टाढा पुग्न सक्नु पर्ने, उसले पाठकलाई नया“ ठाउ“ र नया“ सोच दिनु पर्ने ठान्दछन् ।

२.१.४ रचनात्मक विद्रोह

‘‘प्रचलित मान्यता विरोधी स्वभाव नभएको मानिसले विकासै गर्न सक्दैन ’’ (चटर्जी, २०५१ ः ११०) भन्ने कोइराला कुनै पनि सर्जकको सिर्जना रचनात्मक विद्रोहले भरिएको हुनु पर्छ भन्ने ठान्दछन् । ‘‘मान्छे विविध कोणबाट हेरिनु पर्ने विषय’’ (अधिकारी, २०५८ ः ६३) भएको हु“दा उसको रहस्यलाई अनेक कोणबाट उजागर गर्न सक्नु कला साहित्यको धर्म हो । मान्छे भनेको बाहिरी स्वरूप नै होइन, त्यो त मान्छेको गौण कुरा हो । मुख्य कुरा त उसको अन्तर व्यक्तित्व हो । कोइराला मान्छेका तिनै अन्तश्चेतना वा भित्री स्वरूप उद्घाटित गर्न आफूले साहित्य लेखेको जनाउ“दछन् । आफ्ना पात्रहरूका माध्यबाट समाजमा भित्रभित्रै सलबलाएर रहेका रहस्यमय कुण्ठालाई निर्भीकता पूर्वक व्यक्त गरेको यिनी ठान्दछन् (अधिकारी, २०५८ ः ६२) । ‘‘साहित्य यदि जीवनको प्रतिबिम्ब हो भने यसमा उस्तै व्यापकता अपेक्षित छ, जस्तो जीवनमा’’ (कोइराला, २०५८ग ः १५२) भन्ने भनाइबाट पनि परम्परित लेखनप्रतिको कोइरालाको असन्तोष झल्कन्छ । त्यस्तै कलालाई हि“डि सकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन, ऊ आफूले हि“ड्ने बाटो आफै बनाउन चाहन्छ जस्ता भनाइले पनि त्यसको टड्कारोपन वा रचनात्मक विद्रोहको तीव्र आकाङ्क्षा बुझ्न सकिन्छ । यसको थप पुष्टि परम्परित नेपाली लेखनमा यिनले ल्याएको नया“ धारा वा प्रवृत्तिबाट पनि हुन्छ ।

२.१.५ मनोवैज्ञानिकता

‘‘मैले मान्छेका अन्तश्चेतना, भित्री स्वरूपलाई उद्घाटित गर्न कलम चलाए“ ।’’ (अधिकारी २०५८ ः ६२) भन्ने कोइराला आधुनिक नेपाली कथा साहित्यमा मनोेवैज्ञानिक धाराका प्रवर्तकका रूपमा चिनिन्छन् । कला वा साहित्यले मानिसको अन्तर जीवनलाई उद्घाटन गर्ने क्रममै मनोवैज्ञानिक पाटोले प्रवेश पाइ रहेको हुन्छ । यो पक्ष निकै रोचक त हुन्छ तर यसको निरूपण पनि त्यत्तिकै जटिल हुन्छ भन्ने कोइरालाको राय छ । जस्तै–

मनको संसारमा बस्ने प्राणीहरू अत्यन्त रोचक हुन्छन्, यदि उनीहरूलाई अध्ययन गर्न सकियो भने । गाह्रो यस कुराको छ कि आफूलाई दर्शकको रूपमा छुट्टै राखेर आफ्नै मनका आफ्नै भावनाको सूक्ष्म रसबाट बनेका प्राणीहरूको कार्यकलापको चर्चा गर्नका लागि बढी दृढ अनुशासन र इमान्दारी चाहिन्छ । (कोइराला, २०५४ ः ३६–३७)

मनोवैज्ञानिक निरीक्षण भनेको आफैले आफ्नो अन्तर केलाउनु पनि हो । यो एक किसिमको आत्म साक्षत्कार हो । यसमा आफू उपस्थित भएर पनि नभए जस्तो गरी तटस्थ द्रष्टाचेतको अपेक्षा रहने कुरा यहा“ जनाइएको छ । वास्तवमा पात्रको यही मनोवैज्ञानिक पाटोको निरीक्षणले कृतिमा घनत्व आउने र कृतिका चरित्र पनि जीवन्त बन्ने राय कोइरालाको छ । अज्ञेयको ‘नदीको द्वीप’ उपन्यासको पठन पछि यिनले प्रस्तुत गरेको प्रतिक्रियाबाट पनि यसको पुष्टि हुन्छ (कोइराला, २०५४ ः ४१–४२) ।

२.१.६ अस्तित्ववादी दृष्टि

‘‘सात्र्रको अस्तित्ववादलाई मैले नेपालीमा प्रवेश गराए“ जस्तै लाग्छ ।’’ (चटर्जी, २०५१ ः १०८) भन्ने कोइराला आफूलाई अस्तित्ववादी लेखक अल्वर्ट कामु एक दमै मन पर्ने लेखक पनि मान्दछन् । त्यस्तै नित्सेको दर्शनबाट पनि औधि प्रभावित भएको ठान्दछन् (चटर्जी, २०५१ ः १०८) । यिनले साहित्यमा माग गरेको निर्बाध स्वतन्त्रताको पछाडि पनि यही अस्तित्ववादी दृष्टिचेतले समेत काम गरेको छ । व्यक्ति आफ्नै विवेक र आकाङ्क्षामा जिउन पाउनु पर्छ, एउटाका अवस्थामा अर्काले विचार गरि दिन सक्दैन भन्ने जस्ता यिनका धारणा र तदनुरूपका साहित्यका चरित्रका स्थितिले पनि यिनको साहित्यिक मान्यताको एउटा महत्त्वपूर्ण प्रकार अस्तित्ववादी दृष्टि निर्धारित हुन आउ“छ । यो चेतना यिनका उपन्यासहरूमा सबलता साथ प्रकट भएको मानिन्छ ।

२.१.७ राजनीतिक पक्षधरताको अस्वीकार

‘‘म राजनीतिमा एउटा व्यक्ति साहित्यमा अर्को व्यक्ति छु । तिनको कहिल्यै भेट भएको छैन ।’’ (शर्मा, २०५८ ः ६८) भन्ने कोइराला साहित्यमा प्रगतिशीलताका नाममा हुने राजनीतिक प्रभावलाई ठाडै नकार्छन् । ‘‘साहित्यमा प्रगतिशीलता’’ नामक लेखमा यिनले प्रगतिशीलताको वा प्रगतिवादको आवरणमा साहित्यलाई अनुभूतिहीन शुष्क, नवीनताशून्य, सङ्कीर्ण र आफ्ना रिस, इबी, कुण्ठा व्यक्त गर्ने साधन तुल्याइएको मान्दछन् । प्रगतिवाद एक किसिमको पलायनवादी मनोवृत्तिको उपज हो भन्ने यिनको राय छ (कोइराला, २०५८ग ः १४९–५२) । जीवनका अनेक सत्यमध्ये एउटा सत्य अर्थ हो तर त्यही अर्थबाट अरू सत्य समाधान हुने कुरा होइनन् । त्यसैले बहु आयमिक व्यक्तित्व भएको मान्छे र उसको समाजलाई माक्र्सवादी साहित्यले एउटा सा“घुरो कोणबाट मात्रै हेरेको हुन्छ र त्यो अधुरो, अपुरो हुन्छ भन्ने तथ्याश्रित अभिमत कोइरालाको पाइन्छ । त्यति मात्रै होइन मानिस पेटकै चिन्ताले मात्रै उत्प्रेरित हु“दैन, रोटीकै नाममा कुनै पनि मानव आन्दोलन आजसम्म भएको छैन । सन् १९१७ को रुसको समाजवादी क्रान्ति पनि रोटीका लागि नभई त्यसभन्दा उच्च कुरा समानताका लागि भएको थियो भन्ने कोइरालाको स्पष्ट अडान छ (चटर्जी, २०५१ ः ११३) । यस्तै यिनी मानिस आंशिक रूपमा मात्रै इतिहास र समाजको उपज हुने ठान्दछन् र माक्र्सले भने जस्तो मान्छेको सोचाइ पूर्व निश्चित वा आफू सम्बद्ध सामाजिक वर्गबाट निर्माण हुने कुरा पनि मान्दैनन् । यिनी मानिसमा स्वतन्त्र विवेक सामथ्र्य हुने ठान्दछन् र त्यो स्वतन्त्र विवेकलाई साहित्यकारले कुनै पनि मूल्यमा बचाएर राख्नु पर्ने देख्दछन् । त्यो विवेकले नै बहु आयामिक जीवनको प्रतिबिम्ब साहित्यमा आउन सक्छ, कसैले भोको पेटका बारेमा लेखेको छु भन्दैमा त्यो साहित्य प्रगतिशील हुने र अरू नहुने होइन । सेक्सपियर, गेटे, कालीदास जस्ता विश्व प्रसिद्ध साहित्यकारले पेटको आगो निभाउने साहित्य नलेखेकाले ती अप्रगतिशील हु“दैनन् भन्ने कोइरालाको विश्लेषण पाइन्छ ।

कोइराला साहित्यकारलाई समाजको तेस्रो आ“खा मान्दछन् । यसलाई अनुदार राजनीतिले सदा नियन्त्रण गर्न खोज्छ तर समाजका बौद्धिक र सचेत वर्गका रूपमा चिनिएका साहित्यकारले त्यसको अन्ध समर्थन गरेर राजनीतिमा तानाशाही प्रवृत्ति हुर्कन दिनु हुन्न भन्ने मान्यता यिनी राख्दछन् । कोइरालको थप भनाइ छ–‘‘कम्युनिस्टहरूको राजनीति विनाको साहित्य, साहित्य नै होइन भन्ने मान्यता छ । तर म यस कुराको समर्थन गर्दिन किनभने साहित्यकार भनेको समाजको तेस्रो आ“खा हो ।’’ (विश्वदीप, २०५८ ः ४४) प्लेटोका विपरीत कोइरालको भनाइ छ –‘‘साहित्यकारको आदर्शलाई राजनीतिले अनुसरण गर्नु पर्छ ।’’ (आचार्य, २०५८ ः ५३)

२.१.८ यौनप्रतिको उदार दृष्टि

‘‘यौन स्वच्छन्दतालाई म पापयुक्तता या कर्तव्य विहीनताको संज्ञा दिन सक्तिन“’’ (कोइराला, २०५४ ः ७२) भन्ने कोइरालाका साहित्यिक रचनामा प्रशस्त यौन मनोविश्लेषणको सन्दर्भ पाइन्छ । ‘‘यौनलाई लुकाएर राख्नुु हु“दैन, खुला छाडि दिनु पर्छ । खुला छाडि दिएको खण्डमा यसप्रतिको उत्सुकता घट्छ र कसैले पनि विकृत धारणा लिन सक्तैन ।’’ (विश्वदीप, २०५८ ः ४२) भन्ने कोइरालाको धारणा फ्रायडीय सोच अनुरूपकै रहेको छ । तर यसलाई कतिले अलि बढी उछालेर उच्छृङ्खल र अश्लील साहित्य निर्माताका रूपमा कोइरालालाई चिनाउने प्रयत्न पनि भएको थियो (भट्ट, २०५५ ः १७०) । त्यसप्रति भने कोइरालाको स्पष्ट विमति रहेको छ । यिनले भनेका छन् –‘‘मनोविश्लेषणका नाममा केवल यौनको प्रयोग गरी उच्छृङ्खल, अश्लील साहित्यको सृजनामा म विश्वास राख्दिन“ ।’’ (आचार्य, २०५८ ः ५६) त्यस्तै पेटको भोकभन्दा यौनको भोक स्वस्थ जीवनका लागि अपरिहार्य जस्तो बनेको हुन्छ । यसको चर्को दमनले झन् अनेक मानसिक जटिलता निम्त्याउ“छ अर्थात् ‘‘यौनक्षुधाको सन्तुष्टि रतिक्रियाबाट शान्त गरिएन भने प्रकृतिले ठूलो प्रतिशोध लिन्छ ।’’ (कोइराला, २०५४ ः ६३) त्यसैले यसको सहज निकास नै उचित समाधान हो भन्ने यिनको अभिमत रहेको छ ।

२.१.९ भाषाशैलीप्रतिको सचेतता

‘‘साहित्यमा भाषा र शैलीको अत्यन्त महत्त्वपूर्ण स्थान छ । विचारलाई भाषा र शैलीले, कलाकारलाई कुची र रङ्गले ओज दिए जस्तै प्रभावकारी बनाउन सहयोग गर्दछ ।’’ (कोइराला बन्धु, २०५८ ः ५७) भन्ने कोइराला आफ्नो भाषा शैलीप्रति निकै सचेत पाइन्छन् । बेलैमा संस्कृत ग्रन्थहरूको अध्ययन गरेर आफ्नो भाषा सुधार गर्नु पर्ने थियो भन्ने पछुतो यिनमा रहेको छ (कोइराला, २०५४ ः ९५) । फेरि संस्कृतको एकोहोरो मोहले आफ्नो भाषा क्लिष्टतर बन्ने हो कि भन्ने सतर्कता पनि पाइन्छ । आफू राजनैतिक कारण हिन्दुस्थानमा जन्मेर अनेपाली भाषिक परिवेशमा हुर्केको हु“दा नेपाली जन जीवनको स्थानीयतास“गै भिजेको स्थानीय रङ्गको भाषा र त्यसको सूक्ष्म भावबोध आफूले गर्न नसकेको वा आफ्नो भाषामा नेपाली समाजिक, सांस्कृतिक र स्थानीयपन भन्दा बाहिरियापन बढी देखिन सक्ने यिनले मानेका छन् । आफ्नो भाषा हृदय भन्दा मस्तिष्क र भावनाभन्दा बुद्धिले थिचिएको हु“दा साहित्यिक भावस“ग सहजै बग्न नसकेको, राजनीति र दर्शनको जस्तो शुष्कपनले भरिएको हुन सक्ने यिनको आफैप्रतिको निर्भीक र तार्किक विश्लेषण रहेको छ (कोइराला, २०५४ ः १३७–३८) । यो पुरै सत्य नभए पनि धेरै हदसम्म यिनका रचनामा देखिएको यथार्थ पनि हो (उपाध्याय, २०४० ः १९७) । आफैप्रति पनि यति तटस्थता साथ आलोचना गर्न सक्ने खुबी नेपालीका सारै थोरै लेखकमा पाइने गुण हो । आफ्नो भाषाशैलीका बारेमा मात्रै होइन कोइरालाले अरूका रचना र विभिन्न लेखोटमा रहेको भाषाशैलीलाई आलोचना र प्रशंसा दुवै गरेका छन् । ‘जेल जर्नल’ मा कालीदास, रवीन्द्र नाथ, तारिणी प्रसादहरूका भाषाशैलीको प्रशंसा गरिएको छ भने अज्ञेय, गुरुदत्त आदिका भाषाशैलीको शुष्क, क्लिष्ट र निरसताको आलोचना पनि गरिएको छ ।

२.१.१० उत्तर आधुनिक चेतना

पश्चिममा सन् १९६० बाट चर्चामा आएको उत्तर आधुनिक लेखन नेपालमा सर्व प्रथम इन्द्र बहादुर राईले लीला लेखन मार्फत भिœयाइएको ठानिने भए पनि कोइरालाका कतिपय अभिव्यक्तिमा त्यसको छनक स्पष्टै देखिन्छ । तर यस कोणबाट कोइरालाका कृतिहरूको अध्ययन विश्लेषण भएको खासै पाइन्न । कोइरालाको निर्बाध स्वतन्त्रताको चाहना, अस्तित्ववादी जीवन दृष्टि र मानव जीवनको बहुआयामिक स्वरूपको व्याख्या नै उत्तर आधुनिक निकटवर्ती धारणा हुन् । ती बाहेक ‘जेल जर्नल’ मा यिनले लेखेका –

अर्थहीन समाचारहरू केलाएर, मथेर आफूलाई चाहिने अर्थ झिक्नु पर्छ, पङ्तिहरूका मध्यमा लुकेको अर्थ छ भने त्यसलाई पत्ता लगाउन पर्छ । यो बडो गाह्रो जासुसी काम हाम्रा लागि भएको छ । (कोइराला, २०५४ ः ६)

सत्यका विभिन्न पक्ष हुन्छन् भन्ने व्यक्ति मात्र प्रजातन्त्रको सा“चो अनुगामी हुन्छ र यदि विभिन्न पक्षीय दृष्टिकोण भएको जीवन दर्शनमा त्यसको आस्था छ भने विरोधीको पक्षमा पनि सत्य होला भन्ने उसको विश्वास हुन्छ । (कोइराला, २०५४ ः १५४–५५)

माथिको पहिलो उद्धरणमा उत्तर आधुनिक पठनमा अर्थहरूको ग्याप भर्ने कुरा देखा पर्छ भने दोस्रोमा बहुसत्यको सोच रहेको छ । त्यस्तै जित्नेको मात्र इतिहास लेखेर हार्नेको इतिहासलाई ओझेलमा पारेको वा नव इतिहासवादी चेतना (कोइराला, २०५४ ः ११०), भाषा, धर्मका नाममा हुने अल्प सङ्ख्यकहरूको दमन, उत्पीडनप्रतिको विरोध (कोइराला, २०५४ ः १७९), ठाउ“ ठाउ“मा भएको गीताको विपठन वा निष्काम कर्मको धारणाको खण्डन (कोइराला, २०५४ ः २०४–२०७), ‘मोदिआइन’ उपन्यासमा गीताको विचारको पुनर्लेखन, मानिस ठुलो हुनु पर्छ (मानिस ठुलो दिलले हुन्छ– देवकोटा) का सट्टा मानिस ठूलो होइन असल हुनु पर्छ भन्ने मान्यता, गोराहरूको एकछत्र प्रभुत्वको विघटन र कालाहरूको उदय (कोइराला, २०५४ ः १७८), सानातिना कुराको प्राप्तिबाट पनि हुने जीवनको आनन्द (कोइराला, २०५४ ः १२), मान्छे न देवता न राक्षस हो भन्दै मान्छेमा दुवै गुणको संश्लेषण भएको हुन सक्ने सोच (चटर्जी, २०५१ ः १०९), मान्छेको जीवनको नित्य गतिशीलता वा परिवर्तनशीलताको पुष्टि, मान्छेले आफ्नो असीमित विकासको दायरा पार गरेर ईश्वरलाई पनि पछि पार्न सक्ने विश्लेषण (चटर्जी, २०५१ ः १०९) जस्ता कुरा उत्तर आधुनिक दृष्टिकोण अनुरूपका देखिएका छन् । यस बाहेक अझ साहित्यिक कृति निरन्तर विपठन वा विनिर्माण भइरहने उत्तर आधुनिक दृष्टिकोण निम्न कथनमा पनि भट्न सकिन्छ । जस्तै–

मेरो विचारमा साहित्यिक कृति तथा कलाकृतिको कुनै सर्वमान्य माप हुन सक्तैन ..........कला एक निरन्तर अद्भुत वस्तु हो । नया“पनलाई कसी लगाउन पुरातनमा कुनै माप छैन । नया“पनको कुनै मूल्याङ्नका लागि कुनै एउटा माप तयार हु“दा नहु“दै त्यो पुरानो भइ सक्छ ।(कोइराला, २०५८ख ः १५५)

यसरी खोजी गर्ने हो भने कोइरालाका कतिपय अभिव्यक्ति र सिर्जनामा उत्तर आधुनिक दृष्टि चेतना वा विनिर्माणको रचनात्मकता भेट्न सकिन्छ ।

२.१.११ अन्य

माथि चर्चा गरिए बाहेक पनि कोइरालाका विभिन्न साहित्यिक मान्यता प्रकीर्ण रूपमा अभिव्यक्त भएका भेटिन्छन् । जस्तै–

 फ्रायड, एडलर र युङ्को सामूहिक विचार ‘‘हामीले देखेका कुराको प्रेरणा स्रोत अर्को छ’’ ले मेरो साहित्य जीवनको विहानीमा प्रभाव पा¥यो ।’’ (पराजुली, २०५८ ः १६)

 ‘‘म प्रथम महात्म गान्धी र त्यसपछि कार्ल माक्र्स र अन्त्यमा सिङ्गमन्ड फ्रायडबाट प्रभावित भएको हु“ तर गान्धी र माक्र्सलाई साहित्यमा प्रयोग गर्न सकिंदैन किनभने उनीहरू सामाजिक छन् । फ्रायड मात्रै वैयक्तिक भएकाले मैले त्यही क्षेत्र चुने“ । बाहिरी क्रान्तिभन्दा भित्री क्रान्ति प्रबल हुन्छ ।’’ (क्षेत्री, २०५८ ः २८)

 ‘‘भित्री मानिस यथार्थमा मानिस हो । बाहिरी तत्त्व त केवल उसले भिरेको मुकुन्डो हो ।’’ (श्रेष्ठ, २०५८ ः ३७)

 साहित्यको ध्येय सुन्दरताको सृष्टि गर्ने, मानव अनुभूतिमा नया“ आयाम थप्ने, सत्यलाई सुन्दर बनाउने, भावनालाई परिष्कृत गर्ने, मानव स्वतन्त्रताको सम्मानलाई विस्तार गर्ने, सहानुभूति जगाउने र जीवनका अनिगन्ती सम्भावना देखाउने हो (श्रेष्ठ,२०५८ ः ३९) ।

 ‘‘समालोचना हुनलाई पर्याप्त ज्ञान र सीप हुनु पर्छ । समालोचना भनेको वास्तवमा साहित्यका राजहा“स हुन् । (विश्वदीप, २०५८ ः ४१)

 ‘‘म नेपाली भाषा र साहित्यको विकास चाहने लेखकहरूलाई व्याकरणको अधीनमा बसि नरहन अनुरोध गर्दछु ।’’ (विश्वदीप, २०५८ ः ४८) । (बढी नियमबद्धताले भाषिक सौन्दर्य सिर्जना गर्न सकिन्न तसर्थ व्याकरणिक विचलनतिर लाग्नु पर्ने तात्पर्यमा)

 ‘‘अनेकौँ विरोधाभासहरूको पुञ्ज नै मानव जीवन हो।’’ (आचार्य, २०५८ ः ५१)

 ‘‘सबै कुरा पूर्व निश्चित हुन्छन् भन्ने ऐतिहासिक नियतिवादमाथि विश्वास गर्ने हो भने हाम्रा सबै उद्यमहरू अर्थहीन अभ्यास मात्र हुन जान्छन् ।’’ (आचार्य, २०५८ ः ५८)

 ‘‘म मन्दिर जान्छु तर देवताबाट कुनै आशा गरेर जान्न । म आस्तिक पनि होइन, नास्तिक पनि होइन ।’’(आचार्य, २०५८ ः ५८)

 ‘‘भिक्टोरियाको सिक्का चल्न छाडि सक्यो तर सेक्सपियरको सेनेट अझ चल्दैछ लन्डनमा ।’’ (अधिकारी, २०५८ ः ६४) (राजनीतिभन्दा साहित्य उच्च र दीर्घ कालसम्म टिक्ने वस्तु हो भन्ने तात्पर्यमा) ।

कोइरालाले आफ्ना साहित्यिक रचनाहरू (विशेषतः उपन्यास) को सारभूत सन्दर्भ पनि प्रसङ्गवश औल्याएको पाइन्छ । स्वास्नी मान्छेको वास्तविक अस्तित्वको समस्यालाई ‘तिन घुम्ती’ मा, मानिस आफूले गल्ती नगरे पनि सजाय व्यहोर्न विवश छ भन्ने मानवीय नियतिलाई ‘नरेन्द्र दाइ’मा अर्कालाई समाप्त पारी आफू पनि समाप्त हुने विघटनकारी र निष्काम कर्मको सिद्धान्तप्रति असन्तोष व्यक्त गर्दै मान्छेले आफ्नो हैसियत नबिर्सी मान्छे भएर सोच्नु पर्छ भन्ने सोचलाई ‘मोदीआइन’ मा, शरीर पक्ष निस्क्रिय रहने शुष्क आदर्श र आदर्श वा लक्ष्य शू्न्य शरीरले व्यक्तिगत एवम् सामाजिक उन्नति प्रगति गर्न सक्दैनन्, तिनीहरू (आदर्श वा आत्मा र यथार्थ वा शरीर) बिच समन्वय हुनु पर्छ भन्ने कुरालाई ‘सुम्निमा’ मा र गीताको श्रीकृष्णको हिटलरी स्वभावलाई ‘हिटलर र यहुदी’ मा प्रस्तुत गरेको बुझिन्छ (पराजुली, २०५८ ः १८–२० र आचार्य, २०५८ ः ५२) । यस्तै ‘तिन घुम्ती’ की इन्द्रमायाको जैविक विकासलाई अस्तित्ववादका सन्दर्भमा हेरिएको र यसलाई समाजमा यौन विकृति नआओस् भन्ने अभिप्रायले प्रस्तुत गरिएको अनि ब्राम्हणहरूको रुढिवादका आडमा यौनलाई छोपिराखे झन् त्यसले विकृति बढाउने अभिप्राय ‘सुम्निमा’ मा देखाइएको छ । यस्तै कुरूप नारीको दमित तर शाश्वत आकाङ्क्षालाई ‘‘पवित्रा’’ कथामा अनि वयस्क नारी (कर्णेल्नी)को अनुर्वर पुरुष (कर्णेल) प्रतिको विकर्षण र उर्वर भाले (घोडा) प्रतिको आकर्षणलाई ‘‘कर्णेलको घोडा’’ कथामा देखाइएको छ (आचार्य, २०५८ ः ५२ र ५८–५९) । यस्तै भावपक्ष भन्दा निर्माण पक्षका दृष्टिले ‘नरेन्द्र दाइ’, मानवीय जिजीविषा र परम्परित शास्त्रीय धारणाभन्दा भिन्न सोचका दृष्टिले ‘मोदिआइन’ र कुरूप नारीका दमित कुण्ठाको चित्रणका दृष्टिले ‘‘पवित्रा’’ कथालाई कोइरालाले आफ्ना बढी मन पर्ने रचनाका रूपमा लिएका छन् । कोइरालाका यस्ता टिप्पणीले पनि यिनको समाज र जीवनलाई हेर्ने दृष्टि परम्परित नभई नवीन, आधुनिक र अत्याधुनिक अन्तरजीवनस“ग सम्बन्ध रहेको सहजै देखिन्छ । प्रस्तुत लेखमा यस अगि चर्चा गरिएका कोइरालाका साहित्यिक मूल्य मान्यताहरू यिनका साहित्यिक रचनामा पनि लागु भएको देख्न सकिन्छ । यसले पनि कोइरालाका साहित्यिक मान्यताहरू कोरा आदर्श मात्रै नभई व्यवहारिक रूपमै लागु भएका र हुन सक्ने देखिएका छन् ।

३. उपसंहार

विश्वेश्वर प्रसाद कोइराला नेपाली राजनीति र साहित्यका क्षेत्रमा निकै चर्चित नाम हो । नेपाली आख्यान (कथा र उपन्यास) का क्षेत्रमा यिनको अर्थपूर्ण उपस्थिति रहेको छ । आधुनिक नेपाली कथामा मनोवैज्ञानिक धाराको आरम्भ गर्ने र पहिलो पटक अन्तर्राष्ट्रिय स्तरका नेपाली कथा लेख्ने कथाकारका रूपमा पनि यिनलाई लिइन्छ । उपन्यासका क्षेत्रमा पनि अस्तित्ववाद, मानवतावाद, नारीवाद र मनोविज्ञानको सघन प्रयोग, सांस्कृतिक समन्वय, परम्परित शास्त्रीय विचारको पुनर्लेखन जस्ता विशेषताहरू रहेका कुरा विभिन्न अध्ययनका निष्कर्षहरूले देखाएका छन् । तर प्रस्तुत लेख कोइरालाले विभिन्न समयमा प्रस्तुत गरेका अन्तर्वार्ता, स्वतन्त्र लेख, दैनिकी र आत्म कथामा देखिएका यिनका साहित्यिक मान्यतामा केन्द्रित छ । यस अनुसार कोइराला साहित्यक लेखनमा वैचारिकता, जीवनप्रति आस्था, निर्वाध स्वतन्त्रताको चाहना, रचनात्मक विद्रोह, मानिसको आन्तरिक पक्षको उद्घाटन वा मनोविश्लेषणात्मकता, वैयक्तिक पूर्ण स्वतन्त्रताको वकालत वा अस्तित्ववाद, निर्देशित साहित्य लेखन वा राजनीतिक पक्षधरताको नकार, यौनप्रति उदार दृष्टि, समन्वयवादी (शरीर र आत्माको) सोच, उत्तर आधुनिक चेतना, कला साहित्यको विशिष्ट समथ्र्यको वकालत, भाषाशैलीप्रतिको सचेतता जस्ता कुरा प्रयोग गर्ने स्रष्टाका रूपमा देखिन आएका छन् ।

कोइरालाका साहित्यिक कृतिहरूको प्रारम्भिक सर्वेक्षण गर्दा र यिनकै कतिपय आफ्ना कृतिमाथिका टिप्पणी पढ्दा यिनी आफ्नो बोली र व्यवहारमा धेरै निकट रहेको पाइन्छ तापनि कोइरालाकै साहित्यिक मान्यताका कोणबाट यिनका साहित्यिक कृतिहरूको मसिनो अध्ययन भने अझै पनि भएको पाइन्न । पिठो नपिस्ने सोचले कोइरालाका साहित्यिक कृतिमा कलम चलाउन खोज्नेका लागि यो पनि एउटा महत्त्वपूर्ण विषय देखिन आएको छ ।

मुख्य सन्दर्भ ग्रन्थ

अधिकारी, शिव, अन्तर्वार्ताकार (२०५८). ‘‘वी.पी. एक व्यक्ति दुई व्यक्तित्व’’, वी.पी. कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.६१–६५ ।

आचार्य, जयराज, अन्तर्वार्ताकार (२०५८). ‘‘विश्वेश्वर प्रसाद कोइरालास“ग लिइएको मौखिक अन्तर्वार्ता (सारांश)’’, वी.पी. कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.५०–५४ ।

उपाध्याय, केशव प्रसाद (२०४०). विचार र व्याख्या. ललित पुर ः साझा प्रकाशन ।

कोइराला, जीवन चन्द्र (सङ्कलक÷सम्पादक) (२०५८क). वी.पी. कोइरालाका छरिएका सामग्री. दोस्रो सं, काठमाडौँ ः मनिका कोइराला ।

कोइराला बन्धु, खेम, अन्तर्वार्ताकार (२०५८). ‘‘उपन्यास कथाभन्दा भिन्न छ’’ वी.पी. कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.५५–६० ।

कोइराला, विश्वेश्वर प्रसाद (२०४०). आफ्नो कथा. दोस्रो सं., ललित पुर ः साझा प्रकाशन ।

——————————————— (२०५४). जेल जर्नल. ललित पुर ः जगदम्बा प्रकाशन ।

——————————————— (२०५८ख). ‘‘कला, कलाको दायित्व र मानवीय जीवन’’,वी.पी.कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.१५३–५६ ।

——————————————— (२०५८ग). ‘‘साहित्यमा प्रगतिशीलता’’, वी.पी. कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.१४९–५२ ।

चटर्जी, भोला, अन्तर्वार्ताकार (२०५१). वी.पी.कोइराला एक क्रान्तिकारी व्यक्तित्व. अनुवादक–ज्ञानचन्द्र आचार्य, प्रह्लाद प्रसाद, रुद्र नेपाल र मुक्तिनाथ भट्टराई, काठमाडौँ ः साझा प्रकाशन ।

ढकाल, भूपति (२०५६). विश्वेश्वर प्रसाद कोइरालाका उपन्यासहरूमा विचार पक्ष. पोखरा ः अछरादेवी ढकाल ।

पराजुली, हरि प्रसाद, अन्तर्वार्ताकार (२०५८). ‘‘मलाई जति परेसानी परे पनि पराजयको अनुभव कहिल्यै भएन’’

वी.पी.कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.१४–२४ ।

—————————— (२०६१). विश्वेश्वर प्रसाद कोइरालाका कथा. तेस्रो सं., ललित पुर ः साझा प्रकाशन ।

पाण्डे, ज्ञानु (२०६२). विश्वेश्वर प्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद. काठमाडौँ ः नेपाली आख्यान समाज ।

भट्ट, गोविन्द (२०५५). गोविन्द भट्टका समालोचना. सम्पा. रविलाल अधिकारी, काठमाडौँ ः बगर फाउन्डेसन ।

लामिछाने, शङ्कर, अन्तर्वार्ताकार (२०५८). ‘‘विश्वेश्वर प्रसाद कोइरालास“ग केही क्षण’’ वी.पी.कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.३०–३६ ।

विश्वदीप मासिक, अन्तर्वाताकार (२०५८).‘‘समालोचक भनेका साहित्यका राजहा“स हुन्’’ वी.पी.कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.४१–४९ ।

शर्मा, कुवेर, अन्तर्वार्ताकार (२०५८).‘‘विश्वेश्वर प्रसाद कोइरालास“ग विशेष अन्तर्वार्ता’’, वी.पी.कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.६६–७१ ।

श्रेष्ठ, केदार लाल, अन्तर्वार्ताकार (२०५८). ‘‘कला प्रगतिशील या अप्रगतिशील हु“दैन’’ वी.पी. कोइरालाका छरिएका सामग्री.जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौँ ः मनिका कोइराला, पृ.३७–४० ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।