पापिनीको तस्वीरलाई सुम्सुम्याई छोएँ कति ?
तस्वीरलाई काखी च्यापी कल्पनामै सोएँ कति?
निदरीमा झस्काउने विपनीमा याद आउने,
उसकै यादमा बौरिएर आफैलाई खोएँ कति ?
मन्दिरमा हात जोडी सँगसँगै कसम खा’को,
पलपल याद आउँदा अनायासै रोएँ कति ?
नसम्झेको दिन छैन,नरोएको रात छैन,
आँसु पुछ्ने बहानामा सिरानीलाई धोएँ कति ?
रोल्पा