अरुलाई सताएर मजा लुट्नेहरु छन् यहाँ
नराम्रो काममा मात्रै जुट्नेहरु छन् यहाँ
विना कसुर विना कारण, सोझा मान्छेलाई
दादा बनी सबका सामु कुट्नेहरु छन यहाँ
अपराधीलाई दण्ड छैन, न्याय खोज्न का’ जानु
जेलै परे फोनकै भरमा छुट्नेहरु छन यहाँ
केही गरौ सबै मिलि भनी कोहि आए भने
भित्र भित्रै आफै भित्र फुट्नेहरु छन यहाँ
फुर्सदमा केहि नयाँ गरौ कसैसँग सोच छैन
चौतारीमा तास खेल्दै, गफ चुट्नेहरु छन यहाँ
चित्लाङ्ग – २ मकवानपुर
हालः सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही